Sunday, May 13, 2012

कविता : याद

माया र यादमा सारै पिल्सियेछ मन
बिर्सन खोज्छु बल्जिंछ झन् झन्
सम्झेर रसिलो चोट  कति पटक जीवनलाई निचोरेर पछार्छु
मीठो हिजो खल्लो आज अनि तितो भोलि बनौछु
हरेक कथाको एउटा व्यथा अनि हरेक व्यथाको एउटा कथा यहाँ
सुन्यौ कि सुनेनौ तिमीले तिम्रो मेरो गाथा गाउँछु  आजकाल जहा-तहाँ
आसुले तिम्रो तस्बिर मुटुबाट पखाल्न खोज्छु
तर तस्बिरमाथि जमेका धुलो मात्र पखालिदारहेछ
हरेक पल हरेक क्षण तिम्रै यादमा सारै पिल्सियेछ मन
बिर्सन खोज्छु बल्जिंछ झन् झन् ||

-आ'बिष'

Thursday, May 10, 2012

लघु-कथा : एउटा ठुलो हतियार

लघु-कथा

त्यो मुजा पर्या अनुहारमा जति पाउडर र के के जती ति किरिम घसे पनि ति मुजा लुक्ने हैनन हेर्नीले हेरिसके बाबै तिम्लाई , एक चुप्पा मोइ खाँदा पनि मुखै भरी ओठैभरी सेतो लाग्छ जिब्रो नै अमिलो हुने गरेर। तिम्लाई थाहैछ मलाई तिमी काली-काली , बुढी-बुढी , त्यो खप्टेको दाँत र त्यो रेसाएको छालामा पनि देखिने खोपिल्तो परेको गालामै कती हिस्सी लाग्छ भनेर तैपनी किन यो दशपत्र अनुहारमा दल्छे ।

हैन कस्लाई देखौनु छ , अझै कतिलाई मार्ने बिचार  बिचरा ति सोझा-साझा , फेरी कयौ धल्ने भये आज एसरी नदल न किरिम्-सिरिम ।

उ मक्ख थिएए तर मेरो मनमा मकेअप धेरै नगरोस र पार्टिमा झट्टै निस्किन पाउँ भन्ने थियो । मेरो कुरालाई कानमा तेल हलेर सुने-नसुने झै गर्दी उस्ले अनी पहिले झै बिस्तारै आफ्नो काजकृयामा ब्यस्त रही ।

एतिकैमा मैले झसङ्ग सम्झे र उस्लाई सुनाएँ 'म अर्को हफ्त बिहीवार २ हफ्तको लागि सिङगापुर जाँदैछु , श्रीमती पनि लान पाईन्छ , जन्छेस ?' उस्ले फरक्क फर्केर मलाई हेरी ।

माथिल्लो ओठमा मात्र लिपिस्टिक लगएकी र कपाल छोडेकी भएर उ बिछट्टै राम्री देखिएकी थिई , उमेर दश-पत्रले ढाकिसकेको थियो अगिनै ।

उस्ले हत्त न पत्त सोधी 'सपिङ गर्न टाइम पाईन्छ, मैले हिजो मात्र नयाँ लिपिस्तिक र त्यो प्रिया छ नि के त त्यो सेरिअलको तेस्ले लगाको फाउन्डेशन सिङापुरमा मात्र पाईन्छ भेनेर गृह-लक्ष्मी पत्रीकामा पढेको मलाई त्यो किन्दी..... " भनेर उ टक्क रोकिई ।

मैले झोक्किदै भनें 'सुंगुरलाई स्वर्ग जान्छस भन्दा त्याँ गु पाईन्छ भन्या जस्तो , आफु चैं बुढीको मायामा उसँग समय बिताउँ न त भनेर लागेको यो आईमाईको जात सपिङ र मके-अप मै अद्क्याछ ।'

उु त कुना फर्केर सुक्क सुक्क गर्न थालिहाली । अनी किन चाउरिस मरिच आफ्नै पिरोले भन्या जसरी आफ्नो बचन र नजर कुनामा फ्याकेर उश्को श्रिङारपटार सकिने प्रतिक्ष्या गरेर घोस्सिएर बसें । म माथि आज फेरी ठुलो हतियार प्रायोग भयो । एउटा ठुलो हतियार ।

- आ'बिष'

Wednesday, May 9, 2012

म एउटा आधा मान्छे

म एउटा साधा मान्छे,म एउटा आधा मान्छे
अस्तिन कहिले पो हो सानो माया रोपिरहेथें
जल-मल हालेर माया-साथ छरेर हुर्कैसकेथें
झार-पात पन्छाउँदै तेस्लाई गोडीरहेथें
मौलाउँदै पलाउँदै हुर्‍केको आँफैले देखेथें
एक्कासी एक बिहान त्यो मायाबोट देखिन
हत्तासीएँ निस्सासिएँ
सेलाएको त्यो शरीरलाई च्याप अन्गालोमा बधें
भुक्लुक्क त्यहीं ढले अनी आफैलाई भेटिंन
म एउटा साधा मान्छे,म एउटा आधा मान्छे ।।

किताबमा छ रे ढुङ्गामा छ रे ईश्वर
अबिर दलेको ढुङ्गालाई सोधें
बन्द गरेको किताबमा खोजें
पीडितलाई पिडा थपिन्छ किन
चोखो माया जोखिन्छ किन
किताबले केही भन्नै सकेन
पथ्थर केही बोल्दै बोलेन
म एउटा साधा मान्छे,म एउटा आधा मान्छे ।।
-आ'बिष' (1-21-11)

मुक्तक : रोइबसेको छु


मसँग के छैन त्यो सम्झी रोइबसेको छु
आफ्नो सपना-लक्ष्य आँसुले धोइबसेको छु
पखलिएर मातोमा मिलिसकेको आश खोजी बसेको छु
मसँग के छैन त्यो सम्झी रोइबसेको छु ।।
-आ'बिष'

म त्यस्तो देश को नागरिक हो

म त्यस्तो देश को नागरिक होजहाँ आदेश को पालन गरिन्नन
जहाँ बुद्ध को बचन् पालन हुन्नन
जहाँ मान्छेले मान्छेलाई छुन्नन
जहाँ दाइले भाईलाई लूट्छन
जहाँ बुढाले बुढी कुट्छन ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ आफ्नोहरुले आफ्नोलाई सिलौटोमा पिन्छन
जहाँ बाबुले बम्बैमा आफ्नै छोरी बेच्छन
जहाँ दिनभरीको भोक रक्सी सँग पिउछन
जहाँ बिदेशिसँग हरेकदिन हाथ फैलाए माग्छन ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ बाबु-आमालाई मिल्छ ब्रिध-आश्रमको चिसो छिडी
जहाँ छ्याङ चुरोट र गान्जामा भूलेकोछ नयाँ पिडी
जहाँ सबलाई पाप धुन धाउनुपरेको छ पाशुपतको सिडी
जहाँ सबैलाई चाडनुपरेको छ मोटरबाइक र गाडी ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ हरेक मान्छे राजनीतिमा हुन्छ
जहाँ पिउन-हाकिम एक्कै भत्तिबाट निस्कन्छ
जहाँ घुस् बिना हजुरको फाइल पिउनकै टेबलमा अड्कन्छ
जहाँ कुरै नबुझी जनता तेस्सै भड्कन्छ ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ ढुङ्गालाई भगवान पुज्ज्छन
जहाँ सिधाकुरोलाई घुमाएर बुझ्छन
जहाँ नभएको कुरो बनाएर बेच्छन
जहाँ फाईदाकोलागी माया लाउछन ।।।

सचिकै सरापेकी रहिछन सतिले
छोडेन पिछा देशको दुर्गातिले
तैपनी बाँकी छ आझै केही आश
गरुन लक्ष्मीले मेरै देशमा बास
दुर्गातिलाई फ्यकेर मेरो देशमा प्रगती आओस
झगडालाई त्यागेर मेरो देशमा शान्ती छाओस
केही गरुँ आबत जाग हे जनता
चुप्प लाग्ने कती दिन तिमी आँफै भनत ।।।

आ'बिष'

This was my Nepal.........


This is my Nepal now.........



Where is Nepal that we loved....that we asked for....???

कोही नेपाली भएनन

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन्

हरेक मान्छे धनको धनि देश कंगाल नै रह्यो
हिजोका हामी-हाम्रो आज म - मेरो मात्र भयो

रगतले सजाएको सपना नै कौडीमा बेचीएछ  
आमाको छातीमा हात हालेर सिमाना फेरी मिचीएछ

खेत-बारी मैदान बन्न हतारो गर्दैछन
जोत्ने ति हातहरु सपना बोकेर हराउदैछन्

यहाँ ब्वाँसाहरु खेल खेल्न मै ब्यस्त अनि मस्त छन्
शायद अमुक निर्धा भेडाहरु हेर्न मै अव्यस्थ छन्

चारै दिशा घुमी घुमी कचौराहरु तेर्सिरहेछन
मन्दिरको कमाई याद रहे भगवानलाई त बिर्सिरहेछ्न

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन् ||

-आ'बिष'

कविता : जिउनै छाडिदिन्छु

ऊ मलाई उस्को सामु नआउ भन्छे
उश्ले अब त मलाई पराया ठान्छे
किन हो उ मलाई जड्याहामा गन्छे
उस्लाई के थाहा म उस्कै मायामा पिउदै छु
म उस्कै अभाबमा जिउदै छु
एक फेर नपिउ भनेर त हेर
एक फेर नजिउ भनेर त हेर
म पिउनै छाडिदिन्छु म जिउनै छाडिदिन्छु ||

-आ'बिष'
********************************O**********************************