Monday, April 28, 2014

कथा : मेरो छोरो आउँछ

"आमा ए आमा ! हैन कता हो के तपाईं ?"
  
"हँ , म माथि बुइङ्गेलमा छु हौ । माथि आईजो न"
  
"हैन एक्कै क्षण तल आउनुस् न के एउटो सल्लाह गर्नुछ "
  
"हैन किन मर्न आँट्या होला यो यस्सो भण्डार सफा गरम भनेको टिक्न दिने भये पो , गएर आफ्नै बुढीलाई कचकच गर्नु नि" भन्दै आमै फत्फताउदै तल पिंढीमा ओर्लिन 
  
अनुहारमा बर्षौँको कठिन पेरिश्रम र जिन्दगी अनी घर बुहार्तनको बोझले थिचिएर मुजा मुजा परेका, चिम्सा आँखा , आँखा माथि बाक्लो चस्मा जस्को एकपट्टीको कान माथि अड्काउने फक्ल्याटा चोईटीएको र डोरीले बानेर अड्काको । नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारेकी । बुढाको स्वर्गे हुँदा पनि यिनले यि दुई गहना त्यगेकी थिईनन् । सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको संघर्ष प्रेसित गर्थ्यो । जती नै दु:ख सहे पनि सन्तानका अघी ओठमा मुस्कान नै राखेकी थिईन । 
  
"हैन के आमै कुरो तपाईं सँगै गर्न पर्ने भएर पो त बोलाको" छोरोले भन्छ 
  
"ल भन के कुरो हो त्यस्तो"

Sunday, April 27, 2014

कविता : पैसाको संसार

पैसाको संसार

~अप्सरा गिरी भारती~

मरिहत्ते गरेर मर्ने बेलासम्म सम्पत्ती कमायो
आखिर सब छोडेरै जाने हो
त्यसो भए किन अरुलाई सकेको मद्दत नगर्ने
आखिर मरेर के नै लाने हो ।।

Friday, April 25, 2014

कविता : मनका तरङ्ग

मसक्क मस्किन्छे 
मनका तरङ्ग 
उत्ताउला 
ति उत्कर्ष यौवनको 
साह्रै मात्तिएका 
असाद्धै असिद्धि 
देख्नै नहुने 
हाँसोको फोहोरा 
छुटी हाल्ने 
सुटुक्क मन बाँधिदिने 
डोह्र्यी हाल्ने 
पछि पछि 
कुनो आँखाको 
चिहाउँछ घरिघरि 
मुस्कान मन्द त्यो 
पलपल आँधीबेहेरी 
मस्तिस्क हुँडलिन्छ 
बटारिएर आउँछ 
भित्रैबाट लान्छ 
कता कता 
अन्ध समाज 
मन्द संसार 
लाग्छ 
लजालु अधर
रहलपहल समय 
रत्तिन्छ 
अलिकति आँतिन्छ
ढलपल जिन्दगि 
उठ्छ 
अनि बढ्छ 
भन्छ म पागल 
भन्छ म प्रेमी 
भन्छ उ प्रतिमा 
भन्छ उ आश्रय 
आत्माको |

- आ'विष'

गजल : तिमीलाई सम्झी म कहिले रुन सकिन

तिमीलाई सम्झी म कहिले रुन सकिन
मनका मैला तिम्रो सामु धुन सकिन

भाग्य भनुँ कि समय हो दोषी
सिउँदो तिम्रो सजाई दिने हुन सकिन

परीबन्द परिस्थितीको थियो होला शायद
काटी दैलो प्रेमलाई आत्माले छुन सकिन

मेरो भन्नु याद मात्र बाँकी अब
चोइटीएको मुटु लिएर भावी बुन्न सकिन ।।
#आ'बिष'

(पहिलो गजल प्रयास )

गजल : म कहिले रुन सकिन

गजल
तिमीलाई सम्झी म कहिले रुन सकिन
मनका मैला तिम्रो सामु धुन सकिन   ।।

भाग्य भनुँ कि समय हो दोषी
सिउँदो तिम्रो सजाई दिने हुन सकिन   ।।

Wednesday, April 23, 2014

कविता : देवकोटा त ...

देवकोटा त पागल यात्री थे
यो दुष्ट त च्यातिएको छत्रि नि होईन 


देवकोटा त बनकुसुम का पुतली थे 
यो दुष्ट त पड्किएको सुतली नि होइन 


देवकोटाका पछि त सुलोचना, म्हेन्दु, लुनी, चम्पा अनि अरु धेरै थे 
यो दुष्टका लागि त कोहि पनि भएन 


देवकोटा त महाराणा प्रताप, पृथ्वीराज चौहान, प्रमीथस संगै गाइने गित गाउँथे
यो दुष्ट त कसैको मित हुन पनि पाएन 


देवकोटा त दुष्यन्त-शकुन्तला भेट , मुनामदन र रावण-जटायु युद्धमा आफै हाम्फाले थे 
यो दुष्ट त आफैमा नि हराउन जानेन 


देवकोटा त भिखारी राजकुमार प्रभाकर संग सीता हरणमा पनि जोडिए थे 
यो दुष्ट त मृगतृष्णाबाट उम्किन चैतन्यको हाँगो समाउन मानेन ......



Note : यी सबै महाकवि लक्ष्मी प्रसाद देवकोटा का कृतिहरुको नाम हो

Tuesday, April 22, 2014

छोटो कविताहरु

********************************************
* नजिक र टाढा त मनको भ्रम न हो                                  *
* यहाँ खुनको रङ्ग सुनले धुनु एउटा क्रम न हो                   *
* देख्छ्न सबैले रम्भाहरु रत्तीएको मात्तिएको पात्तिएको  *
* राधा-मिरा जस्तै यिनका हृदय होला नि आँत्तिएको         *
* मनका शूल अनी जलन यिनको शायदै कसैले बुझ्लान     *
* रङ्गिन महफिलका भुईं पनि आसुँले पोतिएका होलान     *
*                                                                                     *
********************************************
*                                                                                    *
* बिर्सिन्छन मायालाइ यहाँ माया गर्छु भन्ने हरु                *
* रित्तिन्छन अथाह सागर प्रितको भर्छु भन्ने हरु              *
* अस्ताउँदो सूर्यको अर्थ कान्तिहीन दिन हैन                    *
* मिठो आभास मधुर याद लुट्छन मनको चैन                  *
* ये मुटु छोडी जाने निष्ठुरी, एक फेर मुटु साटेर त हेर        *
* तातो मुटु चिसो परिवेष, प्रेम आत्माको मागेर त हेर        *
*                                                                                    *
********************************************
*                                                                                     *
* माया लागेर आयो मलाई त्यो मोरो ध्वाँसे को                  *
* बिचरो मुटु भित्र पुज्थ्यो तर अगाडी अवाक भो                *
* शायेद प्रेम कहिले कहिँ अव्यक्त मिठो हुन्छ                   *
* केहि नभन्दा नि त्यो अबोध आँखाले मुटु छुन्छ               *
* नहेर्दा पो उकुसमुकुस छटपटी  हुँदो रहेछ                        *
* मुडुले मुटुले सुकुमारी मनमा राज्य पो गरेछ                   *
*                                                                                    *
********************************************
* नमच्चिने पिङ्गको १०१ झट्का झैं                                *
* हजुरहरु उफार्ने म उफ्रिनी भ्यागुता भै                            *
* कति उफ्रीईयो थाहा छैन                                               *
* कति ट्यार्र ट्यार्र गरें थाहा छैन                                     *
* तर कहीं पुग्छु भनेर उफ्रेको धेरै भा'छैन                          *
********************************************

गजल : ....उनले

चौतारीमा जमेको देखेर ढुंगा भनि ठानिन उनले
ढुंगालाइ तेही भगवान मानी पुजा गरिन उनले

पहाड फोडी झरेको देखेर झरना भनि मानिन उनले
धमिलो पानि निश्चल मानि प्यास मेटिन उनले

गजल : ....उनले

चौतारीमा जमेको देखेर ढुंगा भनि ठानिन उनले
ढुंगालाइ तेही भगवान मानी पुजा गरिन उनले

पहाड फोडी झरेको देखेर झरना भनि मानिन उनले
धमिलो पानि निश्चल मानि प्यास मेटिन उनले

चर्किएको घैलो देखेर माया रसाएको भनि भनिन उनले
आँशुको सिरेटो आफ्नो मानि निश्चल मुस्कान रेटीन उनले

खरानी संसार देखेर जलेको भाग्य भनि गनिन उनले
खरानी तेही मल मानि अर्को रोपाईं गरिन उनले

उध्रिएको भूत फाटेको आज देखेर संवेग बन्द गरिन उनले
साहस-धैर्य शक्ति मानि नयाँ भोलि उनिन उनले

- आ'बिष'

कविता : अवसर

अवसरले ढोका नढक्ढकाये, ढोकै पो ठीक छैन कि
बरु अवसरलाई निम्त्याउन ढोकै पो निकालेर फल्दिने कि

कत्ती भो हाथ सक्सकाको
रत्नपार्कको रेलिङ-बार नभत्काको

हैन आजकाल हड्ताल धेरै किन नभाको
दिक्कै लागिसक्यो
कत्ती सप्पै कुरो बन्द कोठा भित्र सम्झौतामा आ'को

नेता र दललाई द्रब्य-कुर्सीको छैन कि के हो खाँचो
हुन त कठपुतली न हुन अर्कै तिर छ यिनको साँचो

कर्मचारी-शिक्षक-पत्रकार-मजदूर-बिद्यार्थी पनि पो त चुप छन
'ब' बाट बन्द, बिरोध र बाद मात्र जान्ने बानी पो त खुब छन

पहिले गिद्द झैं खाएका थिए अब धमिरा झैं खाएका छन
पहिले बन्दुक बाँडेर आएका थिए अब सन्दुक खोलेर आएका छन

सारो तलतल लाग्यो भात्काउने-पड्काउने बानी परेछ
एक ढुङ्गा उचालेर हनिदिएको त आफ्नै नेताको गाडी परेछ

रगत र हजारौं -वाद हरुको खेलमा मेरो अवसर खोई
व्यपारी, नेता र तिनका सन्तती त हाँसेका छ्न जनता बसेको छ रोई

काठमाण्डौं हेरी बिकासको लहर ल्याउने
बजेट बिनियोजन त हुन्छ तर गाउँले सुक्को नपाउने

नेपाल, नेपाल खल्टो भित्र नै सिमित छ
हेत्तेरिका घाँटी सुकिसक्यो एक प्याक पाए भोट् अझै पनि बिक्रीमा छ 

लौन अवसर पाउँ न पर्भु मैले नि
कती एक्लै एक्लै लूट्नु हुन्छ ऐले नि

अवसरको लागि फोर्छु भनें त
अवसरको लागि देश सार्छु भनें त
अवसरको लागि हजुरलाई नि मार्छु भने त

Monday, April 21, 2014

कविता : छन्द दिवस

छन्द दिवसमा छन्द मिलाएर कविता कोरिन्थ्यो रे पहिले पहिले .... 
गित कविता रचनामा हुन्थ्यो रे कुरोकानी जहिले तहिले ....
अब त नोक्सानी भा'छ ... 
छन्दको भण्डार बन्दप्राय: भा'छ ..... 
साहित्य नै आजकाल बिक्रि मा'छ .... 
हरेक कुरो यहाँ झिकाउ आ'छ......
आउन त आउन्न मलाइ नि छन्दमा लेख्न...
संवेदना र भावानुभुती मिलाई मिलाई पोख्न 
के गर्नु पिडा-भावना यहाँ पाईन्छ तराजुमा जोख्न 
तैपनि आशा जीवित राखु कोइ आई हाल्छ कि त छन्दमा लेख्न ....

Friday, April 11, 2014

कथा : अतंकित मन

....रातको २ बजेको थियो ... कोठामा सन्नाटा ब्याप्त.... मुटुको धड्कन पनि सुनिन सकिने शुन्यता ...

निन्द्रा नलागेर जागा रहेका आँखालाइ जबर्जस्ति बन्द गर्न खोज्छु तर दिनभर ३ - ४ कप को कफी ले मरे बन्द हुन दिन्दैन ....

यस नीरव रातमा पर्दाबाट चियाउन्दै चन्द्रमाले कोठाको त्यो झ्याल छेउमा रहेको इस्तिलको जग संग लुकामारि खेल्दै रहेछ मैले पकडी हालें अनि ध्याप्पा भनेर मन मनै मुस्काएं.....

भित्तोमा त्यो रोकिएको घडी ... एक महिना भयो क्यार २ बजेको .... कस्तो स्थिर छ अडिग छ उसको मन जस्तै ... अपरिवर्त्य... अडिग ...