Saturday, January 31, 2015

लघुकथा : पाप

लघुकथा : पाप
~आविष्कार भारती~
 
"आमा राम कस्ता थिए ?"

"तैंले रामायन हेरिस नि टिभीमा, देखिस नि हैन त्याँ राम हो तेस्ताइ छन् राम । "
"आमा कृष्ण कस्ता थिए ?"
"तैंले महाभारत हेरिन नि टिभीमा, देखिस त त्याँ कृष्ण कस्त थिए हो तेस्ताइ छन् कृष्ण ।"
"आमा शिवले साच्चिकै त्यो चलिराख्ने सर्प कै माला लगाइसिन्छ हो ?"

Friday, January 30, 2015

लघुकथा : राहत

 
लघुकथा : राहत
- आविष्कार भारती 
 
कक्षामा गुरुके सोध्नुभयो,"भोली नेपालको लागि बिशेष दिन हो , थाहा छ भोली के दिन हो ?"

एउटा तमाङ भाषी विधार्थीले सोझो उत्तर फर्कायो,"भोली पनि तल बाटामा राहत बाँड्ने दिन हो, सर । "
गुरु अक्कनबक्क सोंचमग्न भए, "बिचराहरुलाई माछा मार्न सिकाएनन्, मार्या माछा मै भुलाए । "

-आ'बिष'(2015-1-30)

Monday, January 26, 2015

मुक्तक : केवल शरीर

आशा तिम्रै, विश्वास तिम्रै
आभास तिम्रै, अनुभूति तिम्रै
मेरो त केवल शरीर मात्रै
जीवन तिम्रै, आत्मा तिम्रै

-आ'बिष'(2015-1-26)