Wednesday, March 30, 2016

मुक्तक : प्रेमिल आँखाहरु

चाहना र चाहनेहरुको ठूलो जन्ती थियो
मरिमेट्छु भन्नेहरुको अगणनीय पङ्ती थियो
तिमी हूल भन्दा अली पर, फरक देखें र पो
नत्र प्रेमिल आँखाहरुको कहाँ गन्ती थियो ।
 
3-30-2016

Tuesday, March 29, 2016

मुक्तक : तिम्रो मायामा

तिमी मेरो म तिम्रो चोखो मायामा
संसार स्वर्ग सप्पै भेट्छु तिम्रो मायामा
किन नहुनु नि "म माया गर्छु" भन्न बिगुल फुकेर
आकाश पातल एक गर्छु तिम्रो मायामा
 
3-29-2016

Monday, March 28, 2016

लघुकथा : ८ हफ्ता पछी

~आविष्कार भारती~

"हैन हौ बिरे कता हिंडिस्, यस्तो हतारिएर ? गुट्मुन्टेलास् है ओरालाँ ", सुन्तले काकाले बिरे हतारिएर बेसी झर्न लागेको देखेर सोधी गए ।

"काका नि कस्तो के, झन बाहिर हिंड्दा नसोध्नु भन्छन् । तपाईं चै प्वाक्क सोधी हाल्नु हुन्छ । साइत हुन्न रे के ।", बिरे आफूले बुझेको वृद्ध सुन्तले काकालाई सुनाइ हाल्छ ।

" त्यस्तो केही हुन्न । भन त कता हुईँक्याहोस् ?", आफ्नो प्रश्नको उत्तर खोतल्न खोज्छन् ।

"बेसी'याँ रेड करस आ'का छन् रे के काका । अनी अगी ब्यान माख्ला घरे माइलोले नि भन्दैथ्यो

Thursday, March 24, 2016

मुक्तक : आधारहरु

जीवनमा हारहरु धेरै हुन्छ
काट्ने धारहरु धेरै हुन्छ
ज्योतिपुन्ज हौ तिमी, बढ अगाडि
बाँच्ने आधारहरु धेरै हुन्छ ।।
-आ'बिष'
3-24-016

Thursday, March 17, 2016

मुक्तक : प्यादा

हामी बिच राधा कम कृष्ण ज्यादा थियो
फूलको कम भमराको चर्चा ज्यादा थियो ।।
मै हुँ भन्ने ति चञ्चले कृष्ण या हुन सौम्य राधा
यि दुबै त बस् समयको प्यादा थियो ।।
-आ'बिष'(2016-3-17)