Tuesday, January 31, 2017

लघुकथा : लहर

~आविष्कार भारती
'वोई सुनिस् ! म सँग दामी अैइडिया छ । सुन्छस् ?' , सुरेन सोफामा अडेस लाग्दै ब्रिजेशलाई भन्द छ । ब्रिजेश एक मारवाडी पुत्र हो र सुरेन पूजारीपुत्र ।
'ह्या ! लास्ट टाइम पनि क्या दामी आईडिया भनेर पैसा डुबायो । यो पाली त कसरी पैसा माग्ने हो घरमा ।', पछील्लो ३ पटकको सुरेनको व्यापारको योजना नराम्रोसँग असफल भएर हतासिएर भन्यो ब्रिजेशले ।
'हैन के, यो आईडिया सोलिड छ । फुल्-प्रूफ् । सुन न', सुरेनले सम्झाउँदै भन्यो ।

Monday, January 30, 2017

गजल : कम्मर मर्काएर हिँडिन्

~आविष्कार भारती

उनले अलिकती कम्मर मर्काएर हिँडिन्
झिमझिम परेली एक फेर कर्काएर हिँडिन् ।।

हर साँझ सिठ्ठी र जिब्राका पटकाहरु
मिठो मुस्कानले जलाई पड्काएर हिँडिन् ।।

मुक्तक : मुस्कुराएकी गुलाब

~आविष्कार

पहाड दु:खी भयो नदी भै रोयो
आकाश दु:खी भयो वर्षा भै रोयो
काँडै काँडा बिच सबैको सामु मुस्कुराएकी गुलाब
एक्लै हुँदा बिहानीको शित् भै रोयो ।

छोटो कविता : साथी

~आविष्कार भारती

कहिले कहिँ मनका भावना यसरी उर्लन्छन्
बगाउँछ मनका बाँधहरु,
भात्किन्छन् भावका पर्खालहरु,
च्यातिन्छ जीवनका विश्वाशहरु,
निसासिन्छ थुनिएको आस्थाहरु 

Thursday, January 26, 2017

मुक्तक : गनिरहन्छन्

~आविष्कार

अशुभ भन्नेले यहाँ भनिरहन्छन्, 
खेदो खन्नेले यहाँ खनिरहन्छन्, 
हात्ती लस्कन्छ गन्तब्य तिर भुक्छन् सित्तै कुकुर,
गल्ती गन्नेले यहाँ गनिरहन्छन् ।

Sunday, January 22, 2017

लघुकथा : चोर

लघुकथा : चोर
~आविष्कार भारती

रातको ठीक ११ बज्यो, ग्यास-स्टेसन अगाडि गाडी रोकेर अश्लेश भित्र छिर्यो । भित्र छिर्न ढोका खोल्नासाथ "ट्याङ्" घण्टी बज्यो । हरेक पटक मानिस पसल भित्र छिर्दा यो ढोका यसरी नै बज्छ,भित्र रेजिस्टरमा काम गरिरहेको कामदारको एउटा बफादार सूचक बनेर ।

अश्लेश दाहिने हात उठाउँदै काम गरिरहेकी गोरीलाई सोध्छ, "How you do'in, Ashley ? Busy Busy ? अनी How was your shift त ?" अनी खुरु खुरु पसलको ग्राहकले पैसा बुझाउने काउन्टर भित्र छिर्छ ।

खैरिनी, "It wasn't bad. Alright, see you tomorrow. Have a safe night" भन्दै आफूले काम गरेको समय एउटा कागजमा लेखेर भित्तामा राख्छे अनी निस्किन्छे ।

Friday, January 13, 2017

लघुकथा : तँ, तिमी, तपाईं अनी हजुर

~आविष्कार भारती~

- "ए मर्स्या ! ओ भैया ! खाली सिसी अनी फलाम छ लान्छस् ? पैसा कती दिन्छस् नि ? मर्स्याले ठग्लास् नि ।"

- "ए भैया, एउटा हिरामोती पान बनाउ त । अनी अलिकती चुना नि देउ है छुट्टै ।"

लघुकथा : बानी

लघुकथा : बानी
~आविष्कार भारती~

ऊ घरबाट सजिसजाउ भएर निस्किन्छे । हतार छ उस्लाई, "के गर्दा गर्दै ढिलो भएछ कुन्नी" मनमनै सोंच्छे । फुत्त एउटा ट्याक्सीमा चाड्छे र फलानो होटेल हिँड्नुस् भन्छे । साथीहरु एक हुल जम्मा भइसकेछन्, सँगै मिलेर हल्ला गर्दै - टन्न महङ्गा पक्वान खाँदै रमाइलो गर्छे । बिल आउँछ पर्सबाट फुत्त केही हात्ती निकाल्छे र बिलसँगै राखिदिन्छे । अनी