Friday, March 31, 2017

मुक्तक : कोही

कोही कबितामा बहकेका छन्
कोही गजलमा पोखिएका छन्
आफू त पाठक न परें
कोही मुक्तकमै रोकिएका छन्

Friday, March 24, 2017

मुक्तक : सबैले एउटै

सबैले एउटै भोगाइ कहाँ भोग्दछन् र?
सबैले एउटै बाटो कहाँ हिँड्छन् र ? 
समय, अनुभव र पारीवेशले चिथोरेको छ
सबैले एउटै सपना कहाँ देख्छन् र ?

मुक्तक : फरक छ

ज्ञान र शिक्षामा फरक छ
दान र भिक्षामा फरक छ
अबुझ अबिबेकीलाई के इश के बिष  
गान र दिक्षामा फरक छ ।।

Thursday, March 23, 2017

मुक्तक : चहकिलो थियो सपना मेरो

बिद्धालय र साथी छुटे, चहकिलो थियो सपना मेरो
आफन्त र साथ फुटे, गहकिलो थियो सपना मेरो
हारदम यो बाँसको मुरली टाँसिन्छ ओठमा
सुर र मधुरता टुटे, बहकिलो थियो सपना मेरो  ।

मुक्तक : सपना मेरो

बिवशता र बाध्यताले कुल्चिएको सपना मेरो
बाद र अपबादले निचोरिएको सपना मेरो
छ भनुँ कि छैन अब मेरो साथ
समय र पारीवेशले जलाएको सपना मेरो ।

Wednesday, March 22, 2017

मुक्तक : घुर्किनु हुन्छ

ओहो ! आहा !भनिदिँदा फुर्किन हुन्छ
अलिकती सपार्नुस् न भनिदिँदा घुर्किनु हुन्छ
घुर्काइ फुर्काइ वरीष्ठ बन्न मन छ उहाँलाई
पिईदिउँ न त एक घुट्को भनिदिँदा सर्किनु हुन्छ ।।

Friday, March 17, 2017

आफ्नै धुनमा चरिरहेका मेरा केही शेर

हजार सपना आए अनी बिलाए निष्पट्ट अँध्यारोमा
कतीले मेटे कतीले जगाए प्यास जीवनको डोबटोमा ।।
-

एक शेर :
प्रेमको सङ्गितमा आउ नाचौँ तिमी र म
मिलेर राग यस्तो गाऔँ हराउँ तिमी र म ।।
- Feb 6th 2016

एक शेर :
चञ्चलता अनि मादक्ता छ यो मायामा
निश्छल्ता अनि ढृष्टता छ यो मायामा ।।
-  March 2nd 2017

एक शेर यस्तो पनि :
यति धेरै नकारात्मक हामी छौँ किन ?
हर्दम हरकुरो उल्टै हामी देख्छौं किन ?
-march 5th 2017

# आबिष
 

कविता : सपना


उस्ले मलाई यो बन् भन्यो, म खुरुक्क बनेँ
उस्ले मलाई यो गन् भन्यो, मैले खुरुक्क गनेँ
उस्ले मलाई अब चुप बस् भन्यो, म चुपचाप बसेँ
उस्ले मलाई अब उथलपुथल मच्चा भन्यो, मैले बिध्वँस मचेँ
उस्ले मेरो निरिहपन माप्यो,

Thursday, March 16, 2017

मुक्तक : खेलौना

~आविष्कार

म नाईँ भन्छु, उ हस् सुन्छ
म हुन्न भन्छु, उ हुन्छ सुन्छ
कसरी बुझाउँ मेरो हक मेरो इच्छा उसलाई
म स्त्री हुँ भन्छु, उ खेलौना सुन्छ ।।

Saturday, March 11, 2017

मुक्तक : आशा

~आविष्कार

मुस्कानमा संसार भेट्छु
आँखामा मायाको भण्डार भेट्छु
अरु खोजुँ म किन
हर नजरमा पोशिलो आशा भेट्छु ।।

गजल : म रुखो मान्छे


~आविष्कार
 
म रुखो मान्छे 
म सुखो मान्छे ।
 
आफ्नो छैन केही
म ठुटो मान्छे ।

Thursday, March 9, 2017

मुक्तक : सुरिला कागहरु

मुक्तक :
मुक समयहरु आफ्नै धुनमा मस्त छन् 
 खेती गर्नेहरु आफ्नै दर्शनमा मस्त छन् 
 न्याउलीको बिरह गीत सुनोस् यहाँ कस्ले
सुरिला कागहरु आफ्नै नाम जप्नमा मस्त छन्

Wednesday, March 8, 2017

मुक्तक : तिम्रै नाममा

~आविष्कार

अपलक चारै प्रहर तिम्रै नाममा सिद्दिन्छ
तरुणा आकाङ्क्षाहरु तिम्रै नाममा रेटिन्छ 
 तिमी भन्छौ रे मैले तिम्लाई याद गरिन 
हर साँझ एउटा प्याला तिम्रै नाममा रित्तिन्छ ।।

Tuesday, March 7, 2017

मुक्तक : मन छ

आजभोली न कुरा फुर्छ, न बोल्नै मन छ
आजभोली न चुरा बज्छ, न सुन्नै मन छ
भाइचारा, मानवता अन्ध स्वार्थको नेलमा जकडिएको बखत
सम्बन्ध न चिरा पर्छ, न जोड्नै मन छ ।। 

Friday, March 3, 2017

मुक्तक : न पाप न धर्म

न पाप न धर्म
बुझ्नु छ बस् मर्म
मेटेर अहम् अनी चाहनाहरु 
गर्नु छ मात्र कर्म ।। 

Wednesday, March 1, 2017

मुक्तक : खुकुरीहरु

~आविष्कार

चिटिक्क परेर टल्किएका छन् खुकुरीहरु 
रक्तिम मुस्कान छरीरहेछन् खुकुरीहरु 
यहाँ अचानो चोइटीयर सकियो 
धार हराएको गुनासो गरिरहेछन् खुकुरीहरु
-आ'बिष' (3/1/017)