Monday, January 30, 2017

छोटो कविता : साथी

~आविष्कार भारती

कहिले कहिँ मनका भावना यसरी उर्लन्छन्
बगाउँछ मनका बाँधहरु,
भात्किन्छन् भावका पर्खालहरु,
च्यातिन्छ जीवनका विश्वाशहरु,
निसासिन्छ थुनिएको आस्थाहरु 

Thursday, January 26, 2017

मुक्तक : गनिरहन्छन्

~आविष्कार

अशुभ भन्नेले यहाँ भनिरहन्छन्, 
खेदो खन्नेले यहाँ खनिरहन्छन्, 
हात्ती लस्कन्छ गन्तब्य तिर भुक्छन् सित्तै कुकुर,
गल्ती गन्नेले यहाँ गनिरहन्छन् ।

Sunday, January 22, 2017

लघुकथा : चोर

लघुकथा : चोर
~आविष्कार भारती

रातको ठीक ११ बज्यो, ग्यास-स्टेसन अगाडि गाडी रोकेर अश्लेश भित्र छिर्यो । भित्र छिर्न ढोका खोल्नासाथ "ट्याङ्" घण्टी बज्यो । हरेक पटक मानिस पसल भित्र छिर्दा यो ढोका यसरी नै बज्छ,भित्र रेजिस्टरमा काम गरिरहेको कामदारको एउटा बफादार सूचक बनेर ।

अश्लेश दाहिने हात उठाउँदै काम गरिरहेकी गोरीलाई सोध्छ, "How you do'in, Ashley ? Busy Busy ? अनी How was your shift त ?" अनी खुरु खुरु पसलको ग्राहकले पैसा बुझाउने काउन्टर भित्र छिर्छ ।

खैरिनी, "It wasn't bad. Alright, see you tomorrow. Have a safe night" भन्दै आफूले काम गरेको समय एउटा कागजमा लेखेर भित्तामा राख्छे अनी निस्किन्छे ।

Friday, January 13, 2017

लघुकथा : तँ, तिमी, तपाईं अनी हजुर

~आविष्कार भारती~

- "ए मर्स्या ! ओ भैया ! खाली सिसी अनी फलाम छ लान्छस् ? पैसा कती दिन्छस् नि ? मर्स्याले ठग्लास् नि ।"

- "ए भैया, एउटा हिरामोती पान बनाउ त । अनी अलिकती चुना नि देउ है छुट्टै ।"

लघुकथा : बानी

लघुकथा : बानी
~आविष्कार भारती~

ऊ घरबाट सजिसजाउ भएर निस्किन्छे । हतार छ उस्लाई, "के गर्दा गर्दै ढिलो भएछ कुन्नी" मनमनै सोंच्छे । फुत्त एउटा ट्याक्सीमा चाड्छे र फलानो होटेल हिँड्नुस् भन्छे । साथीहरु एक हुल जम्मा भइसकेछन्, सँगै मिलेर हल्ला गर्दै - टन्न महङ्गा पक्वान खाँदै रमाइलो गर्छे । बिल आउँछ पर्सबाट फुत्त केही हात्ती निकाल्छे र बिलसँगै राखिदिन्छे । अनी

Friday, December 23, 2016

गजल : रोजे जति दिएँ

~आविष्कार
मागे जति दिएँ
रोजे जति दिएँ ।।
सम्पूर्ण अर्पण 
तिमीले खोजे जति दिएँ ।।

Monday, December 12, 2016

कविता : चिरनका साथ लीला


दूssर-देशको कर्मथलोमा तिम्रो "आदर्श" पछ्याउँदै
कठ्याङ्ग्रीलो बिपना, ठिहिराउँने कल्पनाकासाथ
केही गर्छु केही हुन्छु भन्ने सपनाका न्यानो ओढ्ने ओढ्दै
तिम्रा "आशिष"हरुकासाथ पाइला बढाईरहेको थिएँ
तिम्रा "अनिशा"मयी आँखाहरुको तेजले रम्य समयको "अभिशेष" गरिरहेका थिए 
 
अचानक एउटा भुईंचालो आयो, गयो
तहस-नहस पर्दै जगलाई,
हल्लीयो सारा "आएशा" अनी तिनका "आविष्कार"हरु, सङ्ग्रहहरु, यादहरु 
भातभुङ्ग-लथालिङ्ग जताततै असरल्ल केही बुझ्नै सकिन
के भयो ? के हुँदैछ ? अवयव नै बुझ्नै सकिन
निथ्रुक्क रुझे भोलीहरु नयन"रोमी"का नूनिलाकणबाट,
तर
हर औँसी पछी एउटा "रुकेश" आउँछ,
सुरम्य प्रकाश सम्झाएर जान्छन् यो एउटा "लीला" हो
यो एउटा चक्र हो
यो एउटा रङ्गमञ्च हो
हर दिन एउटा "चिरन"का साथ
त्यही रुकेशको प्रकाशका साथ
अघी बढ भन्छ आफ्नो एउटा “आभा “ लिएर लीला गर भन्छ
चिरनका साथ लीला गर भन्छ ।।

अर्थ:
आएशा - जीवन
अनिशा - उज्यालो
रुकेश -  पूर्णिमा
रोमी - नूनिलो समुद्रिक पानीको बाछिटा  
चिरन -  आशा
-‎12-12-2016

Note : श्रद्धेय हजुरबुवा(बुवा) "लीला प्रसाद भारती"मा समर्पित ।  BOLD गरिएको अक्षर उहाँका नाति-नातिनीका नाम हुन् र "चिरन" मेरी हजुरआमाको नाम हो ।  "आभा" चाँही पनातिनीको नाम हो ।

Saturday, December 3, 2016

छोटो कविता : फेरि भेट्ने वाचा गर्दै

~आविष्कार
रसिलो, कसिलो साथहरुका
मलिला यादहरु ताजा गर्दै
जिवनको दोबाटोमा छुट्टिँदैछौं 
फेरि भेट्ने वाचा गर्दै ।।

Friday, November 11, 2016

गजल : माइत नजाउ मेरी पातलि

न मलाई स्वर्ग चाहियो न चाहियो नर्क
माइत नजाउ मेरी पातलि दैलो बाटै फर्क ।।

मलेबाको जोडी बनी बसौं कान्छी हामी 
साडी अर्को साल किनौंला भन्दा त्यसरी न तर्क ।।

Saturday, November 5, 2016

कविता : बिक्रीमा छ


~अप्सरा गिरी भारती~

आत्मा बिक्रिमा छ
ज्ञान बिक्रिमा छ
बिबेक बिक्रिमा छ
हो हजुर, यहाँ मनोरत्तीका हर साधन बिक्री हुन्छ 
यहाँ सब्थोक बिक्रीमा छ ।।

पिरेम बिक्रिमा छ
प्रेमी बिक्रिमा छ
माया बिक्रिमा छ
हो हजुर, यहाँ सम्बन्धको नाप तोल अनी मोल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।