Sunday, March 25, 2018

लघुकथा : पञ्चक

लघुकथा : पञ्चक
~आविष्कार
 
"ल आज बिष्णु दाई नि गएछन् परम्धाम ।", चुक्चुकाउँदै काँशीले श्रीमतीलाई सुनायो ।
 
"३ महिना अगाडि कान्छा भिनाजु, लग्भग २ महिना अगाडि मढु दाइ, अनी त्यो घरको खैरे कुकुर नि मर्याथ्यो १ महिना अगी अब बिष्णु दाइ नि जानु भो", श्रीमतीले केही कुरा कहीँ लुके झैँ , केही कुरा जुगुल्टिएको झैं भनिन् । अनी केही कुरो खोल्दै भनिन् , "हैन केशव दाइ पञ्चक मै बितेका हैनन्, ५ जना लिएर गए जस्तो छन् तिनले त बुढा....कस्तो कुबेलामा बितेछन् ति त छ्याss ।"
 
काँशी आँखिभूईं खुम्च्याउँदै, कुरो मन नपरेको भावमा भने, "त्यसो भन् त मरेकालाई त समय पञ्चकको के दोष ? तँ मर्दैनस् हो ? मरेकालाई नि डस्न छाडेनन् बा ।" 
 
मार्च २५, २०१८

Friday, February 16, 2018

मुक्तक : मन्त्र

माया-क्षमा सबकोलागि घृणा रहोस् शून्य
बिमल मन जीवनरत्न हो आँत लागोस्  पिउन
फक्रँदो रहेछ हिलोमा नै अनित्य शान्त पद्म मुस्काई
मन्त्र अर्हत्त्वको हो यहि, अतृप्ति रहोस् न्यून .

Wednesday, February 14, 2018

मुक्तक : भुङ्ग्रो


सानो छँदा ठूलो हुने हुट्हुटी
ठूलो भएसी बलापनमा फर्किने छट्पटी
मनको आगो परिस्थिती झन दन्काउँछ 
भुङ्ग्रोमा भुटिन्छ सपना भट्भटी ।

मुक्तक : जमाना

उ भन्छ मेरा सपना छ
उ भन्छ मेरा आकङ्क्षा छ
कोपिल निमोठ्न उद्दत जमानामा
उ भन्छ मेरा  चाहना छ ।

Tuesday, February 6, 2018

सूत्रकथा : घोषणापत्र

सूत्रकथा : घोषणापत्र

नेता जि झोक्किँदै पार्टीकार्यकर्तालाई सोध्छन, "हैन घोषणापत्रमा यो पाली के लेख्नुभाको थियो हँ ? सप्पैले हम्ले ढाँट्यौँ पो भन्दैछन् त ?"

Monday, February 5, 2018

मुक्तक : गलती

मुक्तक :
मनिसबाटै हुने हो गलती
सिक्ने एक बाटो हो गलती
रुग्णरोगी, महापाप, अभिशापी ठान्छन् पाखण्डी जमात
अनुभव मुनाउने बाग हो गलती  ।

#छोरीकोलागी
#mistakes_are_the_teacher

Friday, January 26, 2018

मुक्तक : नियति

भोक दन्केको बेला, ईश्वर घिउ हुन्छ
आशा जमेको बेला, शान्ती ठिउ हुन्छ
टुट्नु-फुट्नु-पिल्सिनु नै गरीबको नियति
जीवन बल्झेको बेला, कर्म बिउ हुन्छ । 

मुक्तक : बन्धन


पीडाको क्रन्दन
भोकको मर्दन
छुटोस् भन्छु बल्झन्छ झन्
जीवनको बन्धन ।

Monday, January 22, 2018

मुक्तक : भक्ती


तिम्रो नामबाट मात्र मेरो पहिचान हुन्छ
तिम्रो सफलताबाट मेरो क्षमता मापन हुन्छ
कोपिला निमोठेर फूललाई ल फक्र भन्छौ
तिम्रो पूजाबाट मात्र मेरो अपेक्षा प्रधान हुन्छ ।

Thursday, January 18, 2018

मुक्तक : साधना

मुक्तक :
यहाँ प्रश्न हज्जार तेर्सिएला
शब्दछर्रा निस्सार बर्सिएला
सुमार्ग व साधना ज्योतिर्पुञ्ज हो जीवनको, बिचार गर
भोकको क्षोभले निष्ठा पर्सिएला .
- आविष्कार