Wednesday, July 18, 2018

छोक : प्रतिक्षा

छोटो कविता(छोक) : प्रतिक्षा

आशा सबै मारेर
इच्छा सबै त्यागेर
बैभवसागरको किनारमा लुछिँदै
सौर्यतालाई सुन्यतामा अलप गराउँदै
शिकारी असमयमै समयको शिकार भएर

Monday, July 9, 2018

कविता : विश्वास

कविता : विश्वास
~आ'बिष'कार
हर कर्म
हर अकर्मण्यता
हर शब्द
हर नाता
हर आस्था
हर अबिश्वास
हर शून्य
हर निराकार
हर आकार स्वरुपमा
अनन्त
विश्वाश भरिन्छ
तब न 
ईश बन्छ ।

(7-9-2018)

Thursday, June 28, 2018

कविता : आवरण

कविता : आवरण
-आविष्कार भारती-
 
स्निग्ध, शान्त, ध्यानमग्न
रसिलो, हँसिलो, बिनम्र
जीवन देखिन्छ संधै हराभरा
परमानन्दको डुङ्गामा
जीवन देखिन्छ सुनहरा
आकर्षक छ व्यक्तित्व

Wednesday, June 27, 2018

कविता : नृत्य

कविता : नृत्य
~आविष्कार

कर्मसँग
धर्मसँग
शर्मसँग
मर्मसँग

Friday, June 22, 2018

कविता : सिमा

कविता : सिमा

आमा
डर छ रे
तडप छ रे
जलन छ रे
घ्रिणा पनि छ रे
त्यो सिमा पारी
आशाको झिनो त्यन्द्रो समात्दै
आँसुको भङ्गालोमा डूब्दै
भोक र तापको आगोमा डढ्दै

Monday, June 11, 2018

मुक्तक : जलप

मुक्तक : जलप
~आबिष्कार

दर्शन ढोग नमस्ते ठोकेकै छन्
केही न केही ज्ञान खोकेकै छन्
सब मोह, सब माया धुवाँसरी काया
नरोत्तम 'म' को जलप ओढेकै छन् ।।

Friday, June 8, 2018

कविता : केही भएकै छैन

कविता : केही भएकै छैन
~आविष्कार

स्निग्ध देखिन्छ
शान्त देखिन्छ
नम्र भेटिन्छ
ध्यानमग्न भेटिन्छ
हँसिलो देखिन्छ
रसिलो देखिन्छ
केही नभएसरी सुस्थिर
केही हुँदै नभएसरी शान्तचित्त
परमानन्दको डुङ्गामा रमाए सरी
विलास मै छ झै देखिने
जीवन सुरम्य मनोहर चलेकै छ

Tuesday, April 24, 2018

लघुकथा : गोटी

लघुकथा : गोटी
~आविष्कार

निकै तातोतातो नारा चलिरहेको थियो । केही पर मैले यस्तो सुने "तातोपानी नाका झट्टै खोल", "तातोपानी नाकाका बिस्थापितहरुलाई काम दिनै पर्छ", "अरनीको राजमार्ग झट्टै मर्मत गर", "तातोपानी नाका खोल्नै पर्छ","प्रशासनको लापर्वाही चल्दैन" ।
केही नजिक गएर मैले एकजनालाई सोध्ने चेष्टा गरें ।
एक्कासी महिनौं-बर्षौं देखिन बन्द तातोपानी सडक कसरी-किन खोल भन्छन् यि ।
उन्ले साउती गर्दै खुसुक्क भने, "तपैलाई थाहा नै होला नि आज्काल बिमानस्थालमा कस्तो असुरक्षित भएको छ । अब केरुङ्ग नि खसै सजिलो त कहाँ छ र तैपनी धानेको छ । तपाईं नै भन्नुस न यस्तो असुरक्षा अनी असजिलो भएपछी उनिहरु कसरी बाँच्ने ? सजिलै सुन देखिन रक्त चन्दन देखी सालकको खपटा देखी डलर अनी गोरुसम्मको तस्करी कस्तो सजिलै हुने त्यही एउटा त नाका थ्यो , त्यो नि बन्द छ । अनी धर्ना, जुलुस, नारा नलगाए बिचराहरु के गरुन त । अरुले गरीखाएको पनि देख्न सकेन यो नकचरा सरकारले । होईन त भन्नुस् त !"
वाल्ल कुरो सुनीमात्र रहें म, अनी गम खाँदै आफैलाई भनें, "ठूलाठूला व्यापारीहरु, प्रहरी अधिक्रितहरु, राजनैतिक नेताहरु देखिन जनता नै तस्करको गोटी बनेपछी कस्को के लाग्छ । लौ अब राजमार्ग चैं चाँडै खुल्ने भो ।"

Friday, April 20, 2018

लघुकथा : पार्टी

~आविष्कार

हैन हजुर कती दिन सहनुहुन्छ यो शाषक अध्यक्षलाई ?
पर्खनुस् न ! अब केही दिनमा त मेरो नि खुलिहाल्छ ।
के खुल्छ हौ ?
एउटा पार्टी
तपाईं त छल्-छाम-सप्पै-हाम पार्टीको उपाध्यक्ष हैन र ?

Wednesday, April 18, 2018

छोटो कविता : न्यानो

छोटो कविता : न्यानो

अभावको सितलहरमा
ऋणको सिरेटोको माझ
विभेदको तुसारो ओडेर
सपना र आशाको घुर सल्काई
आत्मियताको न्यानो ताप्दै
गफ्फिनुको मजै बेग्लै
हई मालिक ?