...just a thought.....
मनका उबडखाबड तरङ्ग जस्तै भरङ्गहरु
Monday, June 24, 2019
एक हाइकु एक सेन्र्यु
हाइकु :
शुभेच्छा बर्षा
बगायो संबेदना
नक्कली इच्छा ।
**************
सेन्र्यु :
इमान्दारिता
किलोको कती
बिकाउ दृष्टि
Sunday, June 23, 2019
अप्सरा गिरीका तीन मुक्तकहरु
~अप्सरा गिरी भारती
~
मुक्तक : म
म जहाँ छु त्यही मेरो संसार
म जे देख्छु त्यही मेरो संसार
ज्ञानले सोंच अनी विश्वाशको परीधी तोड्नुछ
त्यस्पछी जे हुनेछु त्यही मेरो संसार ।
मुक्तक : जिन्दगी
घरबाट टाढा छु सुन्दर भोलीको आशामा
Read more »
Monday, June 17, 2019
दुई हाइकु
खरानी सन्ध्या
खेतका भ्यागुता
एक्लौटी गीत ।
****************
मुस्कान रोप्यो
बिस्कुन विश्वाशको
आत्मा बिक्रिमा ।
6-17-2019
Wednesday, June 12, 2019
मुक्तक : भारी मनमुटु
भारी मनमुटु अनी अभिष्ट छ
अबुझ परीवेश अनी इष्ट छ
बुझाउनै सकेको छैन आफैलाई मैले
चौतर्फी अँध्यारो अनी निकृष्ट छ ।
गीत : माया गर्छु भन्ने हरु
बिर्सिन्छन् मायालाइ यहाँ माया गर्छु भन्ने हरु
रित्तिन्छन् अथाह सागर प्रितको भर्छु भन्ने हरु
अस्ताउँदो सूर्यको अर्थ कान्तिहीन दिन हैन
मिठो आभास मधुर याद लुट्छन मनको चैन
Read more »
मुक्तक : आधा खाली
रुन्छन् कोही, कोही हाँसोमा फुल्छन्
सिक्छन् कोही, कोही पासोमा झुल्छन्
गिलास भरी पनि हो, आधा खाली पनि
जल्छन् कोही, कोही दीपमा खुल्छन् ।
Tuesday, June 11, 2019
मुक्तक : प्रहर
कती कुरा भन्नु छ, मौनताको घुम्टोमा
कती रहर मेट्नु छ, नजरको रन्कोमा
भन न कसरी फुटाउँ मुहान यो नदिको
कती प्रहर साट्नु छ, बन्धनको फन्कोमा ।।
Monday, June 10, 2019
मुक्तक : खल्बलाई गयौ
एक्लो थिएँ याद बनी आई सल्बलाई गयौ
सङ्लो थिएँ बाढि बनी आई खल्बलाई गयौ
बाध्यताले हर्हर भएको त्रिषित यो मन मेरो
म्रितप्राय: थिएँ आस बनी आई चल्मलाई गयौ ।
मुक्तक : कैद
अरूसँग होइन, आफैसँग भागिरहन्थें
अरूसँग होइन, आफैसँग मागीरहन्थें
नटेरेर समयलाई हुँण्डरी कैद गर्दै बढ्दै गर्दा
अरूसँग होइन, आफैसँग तर्कीरहन्थें ।
Wednesday, June 5, 2019
मुक्तक : भाटा
माटाका बाटाहरु हिँडियो
घाऊका टाटाहरु छोपियो
देख्नेको आँखा छोपिएन त्यसैले
काँटाका भाटाहरु भेटियो ।
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)