Thursday, August 25, 2016

लघुकथा : राम्रो अस्पताल

~आविष्कार भारती~

टाउको कन्याउँदै भन्यो उस्ले, "हो हो हजुर म बिष्णु नै बोलेको हो । हजुर को बोल्नु भाको होला ?"

नचिने पनि चिने जसरी भन्यो, "ए ! ए ! हजुर ।"

"हो के हो भर्खर यहीँ चोकमा दुर्घटना भा'को हो । तपाईं को हो र ?" ,भन्दै, "ए त्यहाँ पछाडि नरुनुस् त, एक त नेट्वर्क भएर केही सुन्या छैन ह्याँ ।"


मोबाइल फोनबाट प्रश्नको बौछारले झिजो मान्दै उत्तर दियो, "हो हजुर, मैले ल्याइराको छु काठमाण्डौ ।"

Tuesday, August 2, 2016

लघुकथा : लर्कन

~आविष्कार भारती~

"दुई घण्टा भईसक्यो कुरेको, भेट्न पाको हैन। के सारो व्यास्त भा'को होला उहाँ ? के गर्दै हुनुहुन्छ ? भन्दिनुस् न बाहिर मान्छे कुरी रहेका छन् भनेर । मात्र एउटा पाण्डुलिपी बुझाउने काम मात्र हो मेरो । धेरै समय लाग्दैन के ", धेरै बेरको कुराईले व्यग्र हुँदै नवकवी जन्तरे हतासिँदै निमोठीएर भन्छ ।

पिउनले प्रश्न तेस्सायो , "तपैं 'चाकडी साहित्यिक समाज' या 'जबर्जस्ती साहित्य महासंघ' मा आबद्ध हुनुहुन्छ ? "

निराश आँखाले हेर्दै जन्तरे भन्छ, "छैन"

Monday, July 11, 2016

कविता : अनुराग

मन्द बास्ना मुस्कान धूपको
सुरिलो राग सुन्दर रुपको
पिङ्गल त्यो प्याला छ
क्लिन्ननेत्र गहिरा काला
रस जीवनको टलपल
पिलाउ, पिलाउ अझै पिलाउ
तृषित यो आत्मालाइ भिजाउ
पुरा गरिदेउ तृष्णा
मेट्न देउ मृगतृष्णा
पिलाउ, पिलाउ अझै पिलाउ
नयनले पिलाउ
अधरले पिलाउ
प्यासीको यो उष्ण मन रिझाउ
आउ न अब नतड्पाउ
यो अतृप्त जीवनमा उन्माद भरिदेउ  
बस् अनुरागले निथ्रुक्क रुजाउ
आउ न प्रियासी ।।

छोटो कविता : दुई भारी दाउरा

जिन्दगीको दुई भारी दाउरा
एकभारी मेरो-मेरोको आगोमा जोतियो
अर्को भारी मलाई मलाईको चुलोमा कोचियो
अन्तमा खोजें आगोको त्यो तातो
न बाँडियो आफ्नाहरुलाई न्यानो

Thursday, June 23, 2016

छोटो कविता : चाहा

संसार म आफ्नो 'यो' ले भर्छु
अनी
एस्सो हेर्छु कता कता 'त्यो' अपुग लाग्छ
मनमा म आफ्नो 'यस्ले' भर्छु
अनी
फेरी एस्सो हेर्छु फेरी पनि 'त्यस' को अभाव खट्किन्छ
असन्तोषी,
बिलासी इनार जती भर्यो तेती बढी चाहा

- आबिष  

Thursday, June 9, 2016

मुक्तक : पदचाप

खुरुक्क आउँछन् सुटुक्क बस्छन्
मन भरी रमाईला पल बाँड्छन्
अनी यादका पदचाप छोडि
चटक्क पाइला अगी बढाउँछन् ।।

-2016-6-9

Thursday, May 5, 2016

मुक्तक : आफै भेटें मैले

सपना ठूलो, मिठो अनि मलिलो  देखें मैले
पुरा नभई हराउला कि भनि कागज मै लेखें मैले
साथ् ,बिश्वास, माया छोडेर विदेश हुत्तिएको
प्रतिपल आज धिप धिप गरि निभ्दै गरेको आफै भेटें मैले


- 2016-5-5

Wednesday, March 30, 2016

मुक्तक : प्रेमिल आँखाहरु

चाहना र चाहनेहरुको ठूलो जन्ती थियो
मरिमेट्छु भन्नेहरुको अगणनीय पङ्ती थियो
तिमी हूल भन्दा अली पर, फरक देखें र पो
नत्र प्रेमिल आँखाहरुको कहाँ गन्ती थियो ।
 
3-30-2016

Tuesday, March 29, 2016

मुक्तक : तिम्रो मायामा

तिमी मेरो म तिम्रो चोखो मायामा
संसार स्वर्ग सप्पै भेट्छु तिम्रो मायामा
किन नहुनु नि "म माया गर्छु" भन्न बिगुल फुकेर
आकाश पातल एक गर्छु तिम्रो मायामा
 
3-29-2016

Monday, March 28, 2016

लघुकथा : ८ हफ्ता पछी

~आविष्कार भारती~

"हैन हौ बिरे कता हिंडिस्, यस्तो हतारिएर ? गुट्मुन्टेलास् है ओरालाँ ", सुन्तले काकाले बिरे हतारिएर बेसी झर्न लागेको देखेर सोधी गए ।

"काका नि कस्तो के, झन बाहिर हिंड्दा नसोध्नु भन्छन् । तपाईं चै प्वाक्क सोधी हाल्नु हुन्छ । साइत हुन्न रे के ।", बिरे आफूले बुझेको वृद्ध सुन्तले काकालाई सुनाइ हाल्छ ।

" त्यस्तो केही हुन्न । भन त कता हुईँक्याहोस् ?", आफ्नो प्रश्नको उत्तर खोतल्न खोज्छन् ।

"बेसी'याँ रेड करस आ'का छन् रे के काका । अनी अगी ब्यान माख्ला घरे माइलोले नि भन्दैथ्यो