सामन्तलाई मात दिएर सामन्त बने
कर्तव्यलाई घात दिएर महन्त बने
निमुखा जङ्घारमा दुब्दै गर्दा खेरी
लर्बरिएको बात दिएर आफन्त बने ।
Wednesday, February 26, 2020
मुक्तक : आफन्त
Monday, February 24, 2020
मुक्तक : बल्छी
तिम्रो पूरानो त्यही बानी
जे गर्दा पनि आनाकानी
आशाको बल्छीमा फँसाएर
समात्दैछौ माछा छानीछानी ।
मुक्तक : असल हामी
मुक्तक :
भ्रम पाल्न कती कुशल हामी
सम्पूर्णताको खुद्रा पसल हामी
उचाईमा पुगेर झर्छु कि लड्छु डराउँदै
मसाने बैरग्य प्रेरित असल हामी ।
Tuesday, January 14, 2020
Wednesday, January 8, 2020
मुक्तक :
मायामा माया भए पुग्छ, साथ जरूरी कहाँ छ र
अनाम साथहरूलाई नामका गाथ जरूरी कहाँ छ र
बाँच्ने आचार सदर गर्न लागि परेकाछन् पक्षपातीहरू अचेल
प्रितको मातमा झुल्नेहरूलाई नाथ जरूरी कहाँ छ र ।
Thursday, December 5, 2019
मुक्तक :
अहम लिएरै जिन्दगी पिउँछ मान्छे
उधार्दै अरुलाई आफू सिउँछ मान्छे
युगपुरुषहरु पनि त मुक्त छैनन् अहम् बाट
दियो वाह्य जगाई आल्हादित जिउँछ मान्छे ।
Tuesday, December 3, 2019
मुक्तक : मृगजाली व्यूह
मुक्तक :
गुलाबको पुष्पदल चुट्टाई-चुट्टाई पूजा गर्छन्
समर्पणको दिव्यज्ञान फुटाई-फुटाई धुजा गर्छन्
टुक्रिएर रोएको क्रन्दन नसुन्ने उन्मादीहरु
मृगजाली व्यूह जुटाई-जुटाई भुजा भर्छन् ।
Monday, December 2, 2019
मुक्तक : छाउ गोठ
मुक्तक :
कती चिसिनु छाउ गोठमा जिन्दगीहरु
कती पिसिनु संस्कार मठमा जिन्दगीहरु
ए ! बा अब त खोल न आँखा, बिर्स अन्धबिश्वास
कती निसास्सिनु मुक ओठमा जिन्दगीहरु ।
Monday, November 25, 2019
मुक्तक : सुवास
सन्तुष्टी रित्तिनुको बुझाउँ कसरी
सित्तै हुनुको भाऊ देखाउँ कसरी
नुहिने हाङ्गा झुकेको देख्ने साथहरु भन
नघोटी चन्दन सुवास सुँघाउँ कसरी ।
11/25/2019