Friday, June 30, 2017

मुक्तक : जीवनोन्माद


चन्द्रमा सुतेको छ औँसी ओडी
चुप्चाप छन् प्रेमिल मलेवा जोडी
मदमस्त फक्रिएका पुष्पदल मुस्कुराउँछन्
जीवनोन्मादमा रमौं सपना गोडी ।।
६-३०-२०१७

मुक्तक : लाज


त्यो आकाश हेर्छ मलाई टोलाई 
ब्युँझाउन खोज्छ ताराले बोलाई
जुनकिरीको साथमा आफ्नो अंश पठाउँछे 
लुकी बादल भित्र चन्द्रमा लजाई । 
६-३०-२०१७

Thursday, June 29, 2017

मुक्तक : मैन

चाहना तिम्रो थियो मेरो पनि
बाहना तिम्रो थियो मेरो पनि
प्रकाश पोख्छ पग्लिरहेको मैन आफू जली
अदृश्य जलन तिम्रो थियो मेरो पनि ।।
-६-२९-२०१७

Thursday, June 15, 2017

मुक्तक : ढाडस जस्तो

परबाट हेर्दा पारस जस्तो
वरबाट हेर्दा सारस जस्तो
पथ कोण नजरिया फरक छ 
भित्रबाट बुझ्दा ढाडस जस्तो 
6/15/2017

मुक्तक : खराब

यो मद्होस् साँझ नै हो खराब
यो उत्ताउलो जवानी नै हो खराब   
धरोधर्म रक्सीको केहीsss दोष छैन
यो स्वाङ्पारा पानी नै हो खराब ।।
- ६-१५-२०१७