Wednesday, May 31, 2017

कविता : बुझक्की उनिहरु


था छ भन्छन सबै सबै उनिहरुलाई
थाहा होला त भात्किएको घरको काहानी उनिहरुलाई
थाहा होला त सल्किएको आशाको काहानी उनिहरुलाई
था छ भन्चन सबै सबै उनिहरुलाई
बुझुन कसोरी,
बुझाउँ कसोरी म
यो पिडा

Tuesday, May 9, 2017

मुक्तक : प्रितको सगर

अङ्गालोमा कसेर बादलुको संसार डुलौँला 
पोखिएर प्रितको सगरमा निथ्रुक्क रुझौँला
यो उडी रहेको बाफ हेर त ताल माथि
त्यसरी नै समयका दु:ख कष्ट मिलेर उडाउँला ।।  
- आबिष
2017-5-9

Monday, May 8, 2017

हास्य-गजल : ज्वाँईँ


~आविष्कार भारती

तिमी अम्रिकन खैनी प्रिये, म मडुवा सुर्ती
तिमी मख्मली लेहेङ्गा प्रिये, म पोलिस्टरको कुर्ती

एक दर्शन मात्रले पनि रमरम हुन्छु  
तिमी स्वप्न सुन्दरी प्रिये, म मद्होश मुर्ती ।।

मुक्तक : प्रित के हो ?

मुक्तक :
प्रित के हो ? आफैलाई सोध्छु
असरल्ल मुटुमा रङ्मङिएर खोज्छु
प्रत्यक कोश हर थोपा प्रतिछायाँ तिम्रो
अकारण मुस्कुराइरहेको आफैलाई भेट्छु ।।

Wednesday, May 3, 2017

छोटो कविता : स्वतन्त्रता

~आविष्कार भारती

बचेराहरु एउटा हाँगोको गुँडलाई जिम्मा लगाएर
चाराको खोजीमा दूर आकाशमा उढ्छे
सकी नसकी पखेटा फैलाएर हावालाई अङ्गालो हाल्छे
छिचोल्दै हर संकट, व्यवधान

गजल : आत्मचिन्तन

~आबिष्कार भारती
समय छ, समय छ भन्दा भन्दै
फुत्किगयो दिनहरु गन्दा गन्दै ।।

स्वप्निल आशा तिलिस्मी यौवन 
मन भनेको सुन्दैन कुरा बन्दै ।।

अटल विश्वास कर्मठ् इच्छा
उडेको स्वच्छन्द छ भावी उन्दै ।।

Monday, May 1, 2017

छोक : आज मे दिवस

 आज मे दिवस
आज मज्दूर दिवस
हर मज्दूर भन्छ
आज
'म' सँग 'ज'थाभावी गरेर 'दूर' हुने दिन
कथा फलाक्दै ब्यथा बेच्दै पन्छिने दिन,
बिदेशी पैसा मेरा नामका लठ्ठीले झार्ने दिन