Thursday, December 31, 2020

muktak : सम्बन्ध

 अरुलाई सम्बन्ध भारी नहोस् कहिले
जाँची हेर आफैलाई आफूले पहिले
पुष्प बनि पल्लवित होस्, सुगन्ध छरोस्
चुप्चाप चडेर ईशको पाउमा जहिले

Tuesday, December 22, 2020

मुक्तक : भष्म

 झिल्को नभए नि आगो बल्छ
मनले आफैलाई पलपल छल्छ  
लाग्दो हो भष्म हुन्छ,रोकिन्छ समय तर  
कोही नभए नि संसार चल्छ ।

मुक्तक : दोष

कस्सैले दोष दिंदैनन् मतिलाई
सबै दोष जति बिचरी सतिलाई 
नेपाल होस् या अरु कहिँ यस्तै छ चाला
भन्नुस् बुझाउने कुरो यो कतिलाई ।

Friday, December 11, 2020

मुक्तक : नेता

भूलेर खेला जुलुसमा जान्छन् जनता
थुनेर भोक आश्वाशन खान्छन् जनता
पछिलाग्नु रहर, बाध्यता या स्वार्थ उस्को
चिम्लेर आँखा नेता छान्छन् जनता  । 

मुक्तक : झिल्का

मुक्तक: झिल्का
जाने त गयो, आँसुको भङ्गालो दिएर गयो
जाने त गयो, यादको अङ्गालो दिएर गयो
झिलिक्क झिल्का झैं झल्किई, आगो लगाई
जाने त गयो, जलनको सङ्गालो दिएर गयो ।

मुक्तक : सङ्किर्णता

मुक्तक
झिल्का नै आगोको बीउ हो
शङ्का नै बिनासको निउ हो
सङ्किर्णता हिमपर्वतको शिर मात्र अनि
देखावटिपन त्यसैको जिउ हो ।