Tuesday, January 29, 2019

गजल : भिजाउँछे सानी

भिज्दिन भन्छु भिजाउँछे सानी
रिझ्दिन भन्छु रिझाउँछे सानी ।

भागुँ म, कहाँ भागुँ अब
आउँदिन भन्छु डोहोर्याउँछे सानी ।

Monday, January 28, 2019

मुक्तक : र त बात छ

चुत्रो काँडाहरुको बिचमा छ र त स्वाद छ
ऐँसेलो काँडाहरुको बिचमा छ र त स्वाद छ
काँडाको घोचाई बिना प्राप्तीको के मज्जा
गुलाब काँडाहरुको बिचमा छ र त बात छ । 

मुक्तक : निराशा

पुरिएर यादहरुको थुप्रोमा
हराउँछु वाचाहरुको झुप्रोमा
सत्य मिथ्या बनेको पल
बानीइन्छु निराशाहरुको कात्रोमा

Friday, January 25, 2019

हिन्दी गजल : आदमी कि शिकार

​हिन्दी गजल : आद्मी कि शिकार
~आविष्कार

आदमी आदमी कि सिकार क्यों है
बेमत्लब सान कि दरकार क्यों है ।

युँ तो सब बैठें हैं हात फैलाए
मन्दिरों मैं लम्बीलम्बी कतार क्यों है ।

Wednesday, January 16, 2019

गजल : आज भोली

~आविष्कार

पखाल्न मन रोउँ रोउँ लाग्छ आज भोली
रङ्गीन सिउँदो धोउँ धोउँ लाग्छ आज भोली ।

मायाको सम्बन्धमा कसी केही चाहिँदैन भन्थे
सम्झनाको हिरा फोरुँ फोरुँ लाग्छ आज भोली ।  

गजल : आफ्नो ठान्दिन

~आविष्कार

मलाई ऊ अझै आफ्नो ठान्दिन
किन हो अझै आफ्नो मान्दिन ।

परेलीमा सपना शायद अरु नै थियो
बिपना मेरो, ऊ आफ्नो गन्दिन ।

मुक्तक : बगैँचा

तिमी पनि लुकी लुकी मलाई नै हेर्छौ रे नि हो ?
तिमी पनि झुकी झुकी मेरै बाटो हेर्छौ रे नि हो ?
मायाको बगैँचामा रङ्गीचङ्गी सपना फुलाउने रहर
तिमी पनि रुकी रुकी आफैलाई मेरै सपनाले घेर्छौ रे नि हो ?

मुक्तक : भाउ

हैन अचेल त्यस्तरी आँखा किन तर्छौ
सुवास प्रितीको अलिकती मात्र  छर्छौ
आउ अहिले भनेको मान्दैनौ, भाउ नखोज है  
चाउरी परे पछी अनी बुढोको फेल पर्छौ ।

Tuesday, January 15, 2019

मुक्तक : चाहना

अनवरत दौडसँगै नपुगी कहीँ दौडिरहेछु
अबिरल समयसँगै थुनिएर यहीँ पौडिरहेछु
बहाव परिवर्तनको समिधा हो भन्छन्
अविराम चाहनासँगै आवर्तनमा होमीरहेछु ।
- आ'बिष' (Note : आवर्तन = return back)

मुक्तक : बन्धन

गगनमा रम्नु पएर धर्तीमै गोडी
मस्त पवन बन्नु चिन्ता खल्तीमै छोडी
यायावर मन कस्ला यौवनमा गाँठो 
स्वच्छन्द पौडिनु बन्धन सबै तोडी ।
-आ'बिष'

Friday, January 11, 2019

गजल : प्यासी मन साजै छ

~आविष्कार

रसिलो कसिलो प्यासी मन साजै छ
नरम प्रेमिल सम्बन्धमा पनि धाँजै छ
 
नजरको बाण चिरेर जान्छ दिल
चोट त्यो मुटुमा अझै ताजै छ