Friday, November 30, 2018

मुक्तक : राम्रो हो र ?

घाऊ बोकी डुल्नु राम्रो हो र ?
बह पोखी भुल्नु राम्रो हो र ?
यहाँ आफैले आफैलाई झुक्याईन्छ कहिले
आशामा अरुको झुल्नु राम्रो हो र ?

Sunday, November 25, 2018

मुक्तक : जोश

नराखी होश
थुपार्छन् दोष
घर काँचको छ उसैको ढुङ्गा
हान्ने जोश ।

कविता : रमिते

कविता : रमिते
~आविष्कार

सोधें तिमीलाई स्वतन्त्रता
मन पर्दैन ?
पराधिन भएर
चार भित्तो र छानोमा
कैद रहेर,
प्राणहीन,
जड्वत देखिएर
मृत शान्ती बोकेर 

मुक्तक : अगी बढ्छु भन्छु

छोडी बगरमा भावना अगी बढ्छु भन्छु
छोडी आफ्नामै सन्त्वना अगी बढ्छु भन्छु
एकपछी अर्को उत्तरदायित्व छप्काउन तैयार रहन्छन्
छोडी यायावर सपना अगी बढ्छु भन्छु ।

Monday, November 19, 2018

मुक्तक : तैयार हुन्छौ

बराबरी बाँडियौं, फाट्न तैयार हुन्छौ
सिधा बात मारौं, बाट्न तैयार हुन्छौ
फलकारी वृक्ष नै त नुहिने फल दिन
झुकिदिन्छु बिनम्रतामा, काट्न तैयार हुन्छौ ।

Sunday, November 18, 2018

मुक्तक : जित-हार

कहीँ हारको हार पहिरी गजक्क छन्
कहीं जितको बहार सजाइ मसक्क छन्
जित-हार त अहम् को आहार हो, यसमा मन बिटुलो पर्ने किन ?
कहीँ हारमा जित भेटेर लच्क्क छन् ।

मुक्तक : थाह नै नहुने

केले कस्लाई कसरी छुन्छ थाह नै नहुने 
कस्ले कस्लाई कसरी खन्छ थाह नै नहुने
संवेग अश्व उत्तौलो हुँदा लगाम कस्ने मन
कहिले किन कसरी रुन्छ थाह नै नहुने ।

मुक्तक : सोध्छन्

चिमोटेर - दुख्यो त ? सोध्छन् 
बिथोलेर - मिल्यो त ? सोध्छन्
भावना खेलौना भएको यो जमाना
जलाएर - पोल्यो त ? सोध्छन् ।
- आ'बिष'

मुक्तक : म

त्रुटी र तुष रहित म
प्रमाद र रोष रहित म
आत्मबोधबाट टाढा 'अहम् मम' भज्दै
आशक्ती र दोष रहित म ।

मुक्तक : चर्कीदिन्छे

सम्हाल्दा सम्हाल्दै बगाईदिन्छे
बटुल्दा बटुल्दै चोईटाईदिन्छे
जलेर आफू राप पस्किन्छ आगो
जोडीँदा जोडीँदै चर्कीदिन्छे

मुक्तक : कती दिउँ

बुद्ध भएर दोष कसको लिउँ
महादेव भएर बिष कती पिउँ
धर्ती आफू भित्रको डहन् सहन नसकी ज्वाल ओकल्छे
कर्ण भएर बलिदान कती दिउँ ।

कविता : कर्मठ मन


~अप्सरा गिरी भारती~

मायाको आथाह सागर भरिएको आँखा
कर्णप्रिय तोते बोलीको गुलियो भाका
डुब्छु चुर्लुम्म तिमीमै सर्वस्व तन मन्
छुनुमुनु गर्दै लुट्पुटीन्छौ हराउँछु म झन् ।

ममताले निथ्रुक्क रुझेको छ मुटु मेरो
मन्द मुस्कानले सजाउँछौ हरपल मेरो 
भिजेको रुवा, सिमलका भुवा बनेका छन्
जीवनको भल, निर्मल जल बनेका छन् ।

Saturday, November 17, 2018

कविता : मेरो सानो नेपाल


~अप्सरा गिरी भारती~

प्रवासमा रहेर
समयसँगै बहेर
आस्थाको पिर्कामा बसेर
नेपाली आत्मियता पस्केर 
नेपालीपन हुर्काउँदै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल । 

परीबेशबाट निर्मित भरङ्गहरु
जीवनका असिमित तरङ्गहरु
सँग पैंठाजोरी-लुकामारी खेल्दै
आमाको न्यानो काखमा लुटुपुटु गर्ने चाह साँच्दै
उस्का चिनोहरुका माझ मातृत्व खोज्दै

Friday, November 16, 2018

कविता : झिल्को

कविता : झिल्को

भएकोले पुरिएकाहरु
नभेकोहरुको जमात अगाडि
आशाको र आसको दीप जगाई
फू गरि निभाईदिन्छन्

कविता : मेरी आमा

कविता : मेरी आमा

वैभवि, नितान्त निर्मल
स्वच्छ, स्निग्ध मुस्कान साथ्
दिई रहन्छे उ मेरी आमा
भोकाएका सन्तान प्रति एकोहोरो
ममता पोखिरहन्छे मेरी आमा

कविता : सुन्यौ ?

कविता : सुन्यौ ?

रोपाईंबाट थाकेको त्यो रोपाहा बाउसे
रुन्दारुन्दा एकोहोरो पल्टेको त्यो सारंग्गी
मझेरीमा एकसुरले चिच्याईरहेको त्यो फ़ट्यनग्ग्रो
सबले त आफ्नो श्रम रोपेर कविता फलाई रहेछन,

Tuesday, November 6, 2018

कविता : कैदी

कविता : कैदी
~आविष्कार

घरको खोपामा रङ्गहिन सपना गुम्सिँदै थियो
स्वत्रन्त्र आकाशमा रङ्गीन चरा उड्दै थियो
स्वत्रन्त्रताले सपनालाई सुटुक्क कोट्याएर सोध्यो
के म बिना तिमी छट्पटाएकी छैनौ ?

Monday, November 5, 2018

मुक्तक : बलिदान

कृष्ण गए बगेर गीतामा, यतै कतै कथामा राधा थिईन्
लक्ष्मण भए कर्तव्यनिष्ठ, पूर्ण उर्मिला आधा भईन्
बलिदान समर्पण गर्ने ता प्राय: नारी नै हुन्
अर्जुन बल्झे आदेशमा, द्रौपदी बाँडिएर साझा भईन्

Friday, November 2, 2018

मुक्तक : प्रितगङ्गा

मुक्तक : प्रितगङ्गा
~आविष्कार
चिच्याउँदा दूरी बढ्छ रे नि, आउ नि:शब्द माया साटौं
फत्किँदा समय बढ्छ रे नि, आउ गफ्फिँदै बाटो काटौं
स्वप्नील प्रितगङ्गामा पौडिबाज पनि सरक्कै डुब्छन् भन्छन्
थुन्निँदा बोझ बढ्छ रे नि, आउ मिलेर सुख बाडौं दु:ख छाँटौं ।।