Thursday, February 28, 2019

छोटो कविता : घोषणा

छोटो कविता : घोषणा
 
उसैको सृष्टिबाट
अलिकती  सुटुक्क उस्लाई नै
सपटी लिएँ
चमत्कार फुलाएँ
पालुवा पोखाएँ
नतमस्तक च्याउहरुलाई

Sunday, February 24, 2019

मुक्तक : सम्बन्ध

मुक्तक :
~आविष्कार

भालाले रोपेको ठाउँ
कटारीले घोपेको ठाउँ
दुखाईको क्रन्दन कहिले नसुनिने
सम्बन्धले छोपेको ठाउँ ।

मुक्तक : मुखौटो

मुक्तक :
~आविष्कार

 रोपेर शूलको भाला
पहिरेर मुकुटको माला
फेरी फेरी मुखौटो कती हाँस्छौ
देखाएर ऋतुको चाला ।

Wednesday, February 20, 2019

गीत : मेरी माया

गीत : मेरी माया
~आविष्कार

देखीईन चाहन्न मेरी माया
पोखिन चाहन्न मेरी माया ।

गहिरो घाऊ दुख्छ अझै

हास्य मुक्तक : ज्वाँई

हास्य मुक्तक : 
मङ्शिर आयो फागुन आयो बिहे भएन
पिआरवालाले लान्छ कि भन्थें लाग्दै लगेन
बा आमा आकाश जमिन एक गरी खोज्दैछन् रे ज्वाँई
साथी मात्र बनाउँछन्, सम्बन्ध अगी बढ्दै बढेन ।
#हाँसो_को_लागी_मात्र 
2-20-2019

मुक्तक : कोहीकोही

मुक्तक : 

कोही थुनिन्छन र दह बन्छन्
कोही बग्छन र बह बन्छन्
सगरबाट सागर पुग्ने अनन्त धोको
कोही खारिन्छन् र मह बन्छन् ।
2-20-2019

मुक्तक : तिमी

मुक्तक :

झिम्काउँछ्यौ आँखा तिमी बोलाको पो हौ कि ?
मन्दिरमा भेट हुँदा तिमी टोलाको पो हौ कि ?
फुल्यो हिउँ पहाडमा, झरना नक्कल पार्छे
मनभरी फुल्छ्यौ तिमी लोलाको पो हौ कि ?
2-20-2019

मुक्तक : विश्वाश

मुक्तक :

आशिष सारा गुनेर
कष्टका कुरा भुलेर
बढ सङ्घर्शको पथमा 
विश्वाश आफैमा गरेर ।
2-20-2019

मुक्तक : भेट्ने आशा

मुक्तक :

गोँधुली साँझ भई तिमी भेट्ने आशा
बिहानीको लालिमा लिई तिमी भेट्ने आशा
भन कुन समय पोखिन्छौ पर्दा पछाडिबाट
मन्द पवनमा घोलीई तिमी भेट्ने आशा । 

2-20-2019

मुक्तक : बाँध

मुक्तक :

देखेर तिमीलाई पग्लिएँ म
निराकर बादल झैं बद्लिएँ म
पोखिउँ तिमी सामु नराखी बाँध कुनै
थोपा थोपा भै छल्किदिएँ म ।

2-20-2019

मुक्तक : असिना

आँसु लुकाई हाँस्नु पर्दो रहेछ
डर लुकाई बाँच्नु पर्दो रहेछ 
परेको पानीमा पग्लेर जाने असिना नबनी
सम्बन्ध फुकाइ जाँच्नु पर्दो रहेछ ।
2-20-2019

हास्य मुक्तक : माल नक्कली

कैलाशको डाँडा माथि फायर हान्न गाको
शिव जिका चेलाहरु जुलुस बानी आको
गूsssड् हुने एउटै साझा चाह
हन्टिङमा फेला पर्या माल नक्कली पो भाको ।
#पीडाकादिन 
2-20-2019

मुक्तक : राज

आजको महल भोली तबेला होला
आजको साइत भोली कुबेला होला
जान्नेहरु भन्छन् नि सबैलाई राज खोल्न हुँदैन
आजको मह भोली करेला होला ।
2-20-2019

Tuesday, February 19, 2019

मुक्तक : फेस्बुकमा

मुक्तक :
कोही भोट् माग्दैछन् फेस्बुकमा
कोही उपदेश फलाक्दैछन् फेस्बुकमा
ठुलो माध्यम भेटेका छौं मानवजातीले यहाँ
कोही जङ्गिदै नाङ्गिदैछन् फेस्बुकमा ।

Friday, February 15, 2019

मुक्तक : भेल

मुक्तक
सबैलाई खुसी पार्न सकिन्न
हरेक कुरालाई बार्न सकिन्न
डुब्छु भनेर भेलमा हेल्लिनेलाई
काँध चढाई तार्न सकिन्न ।
2-15-2019

मुक्तक : यादहरु

मुक्तक:

अनायसै किन किन रुन मन लाग्यो
तिम्रो तस्विर आँसुले धुन मन लाग्यो
हिजोमा बाँच्ने गलत हो गीताले भन्छ
तै पनि यादहरु तिम्रा छुन मन लाग्यो ।

मुक्तक : तुस

मुक्तक:

भारी यो मन भिजेको कपास सरी
जारी यो जलन जलेको भूस सरी
पोखिने कसरी हो, भरी कहाँ छु खै
मारी यो किरण राखेको तुस सरी  

Thursday, February 14, 2019

मुक्तक : मन्यता

मुक्तक:

तिमी गुराँस हुँदा म सुनौलो सुनाखरी भईदिउँला
तिमी कोईली हुँदा म डाँफे चरी भईदिउँला
उर्लेर खोला भात्काउँदै मन्यताका बाँधहरु पुग्ने आखिर सागर मै हो 
तिमी संघर्ष हुँदा म खुशी मन भरी भईदिउँला ।

गीत : तिम्रो माया

गीत : तिम्रो माया
~आविष्कार

तिम्रो अभावको जलनले पोखिएँ
तिम्रो दूरीको तड्पनले घोचिएँ ।

बसन्त आयो शिशिर आयो

Wednesday, February 13, 2019

मुक्तक : के रहर

मुक्तक:

आँसुको डुबानमा रम्नेलाई तैरिनुको के रहर
बेहोसीको तूफानमा रम्नेलाई बौरिनुको के रहर
भग्नता बाध्यता नबनेर रगतमा घुलेपछी
कुँजिनुको पिडामा रम्नेलाई दौडिनुको के रहर ।
2019-02-13

Friday, February 8, 2019

मुक्तक : छल

कौशिकईन्द्र छल्छन्,अहिल्यामा गौतम बर्षन्छन्
बिष्णु आई छल्छन्,ब्रिन्दा पतिबियोगमा पिल्सिन्छिन् 
भोग गर्ने छलीया स्तुत्य, छलिने सजायको भोगी
पौरुष्य देखाइ छल्छन्, निरपराधीहरु भोग्यामा गनिन्छन् ।।

Note : भोग्या = बेश्या

Wednesday, February 6, 2019

मुक्तक : अझै बढी

मायाको गाँठोमा कसिउँ अझै बढी
पिरतीको गहिराईमा डुबौं अझै बढी
बहाव रोक्न सक्ने को समयको ?
एकै धारमा पोखिएर बगौं अझै बढी ।

मुक्तक : प्रितीको समय

मायाको धागोले फाटेको समय सिलाउँला
विश्वाशको सलेदोले विषादको समय टुक्राउँला
तिमीमा म, ममा तिमी फरक कहाँ पो छ र ?
भावनाको आडले प्रितीको समय फुलाउँला ।।
- आबिष
#प्रेमोत्सवको_एक_अर्को_समय_पल_साल

Friday, February 1, 2019

लघुकथा : गुरुको सम्मन

लघुकथा : गुरुको सम्मन
~आविष्कार

हिजोआज ऊ बिस्तारै कक्षामा छिर्थी । डराएको भावमा यता उता हेर्थी । पछील्लो केही सप्ताहदेखी ऊ मौन रहन्छे ।

कसैले आँखाको कुनौटोबाट उसैलाई त हेरेको छैन ? बिकास किन मलाई हेरिरहेकोछ ? विश्वाश मलाई हेरेर किन खास्खुस गरेको होला ?