Thursday, February 14, 2019

गीत : तिम्रो माया

गीत : तिम्रो माया
~आविष्कार

तिम्रो अभावको जलनले पोखिएँ
तिम्रो दूरीको तड्पनले घोचिएँ ।

बसन्त आयो शिशिर आयो
ऋतु परिवर्तन हुँदै गयो
भावनाको छहारीमा सुस्ताउन
अधिर दौडिएको चलनले रोपिएँ ।

छोडि गयो समय पापी 
पुरिदियो सपना जाल थापी
प्रित दोबाटो भएर छुट्टीँदा
तिम्रो मायाको तर्पनले चिस्सिएँ ।

No comments: