Tuesday, April 24, 2018

लघुकथा : गोटी

लघुकथा : गोटी
~आविष्कार

निकै तातोतातो नारा चलिरहेको थियो । केही पर मैले यस्तो सुने "तातोपानी नाका झट्टै खोल", "तातोपानी नाकाका बिस्थापितहरुलाई काम दिनै पर्छ", "अरनीको राजमार्ग झट्टै मर्मत गर", "तातोपानी नाका खोल्नै पर्छ","प्रशासनको लापर्वाही चल्दैन" ।
केही नजिक गएर मैले एकजनालाई सोध्ने चेष्टा गरें ।
एक्कासी महिनौं-बर्षौं देखिन बन्द तातोपानी सडक कसरी-किन खोल भन्छन् यि ।
उन्ले साउती गर्दै खुसुक्क भने, "तपैलाई थाहा नै होला नि आज्काल बिमानस्थालमा कस्तो असुरक्षित भएको छ । अब केरुङ्ग नि खसै सजिलो त कहाँ छ र तैपनी धानेको छ । तपाईं नै भन्नुस न यस्तो असुरक्षा अनी असजिलो भएपछी उनिहरु कसरी बाँच्ने ? सजिलै सुन देखिन रक्त चन्दन देखी सालकको खपटा देखी डलर अनी गोरुसम्मको तस्करी कस्तो सजिलै हुने त्यही एउटा त नाका थ्यो , त्यो नि बन्द छ । अनी धर्ना, जुलुस, नारा नलगाए बिचराहरु के गरुन त । अरुले गरीखाएको पनि देख्न सकेन यो नकचरा सरकारले । होईन त भन्नुस् त !"
वाल्ल कुरो सुनीमात्र रहें म, अनी गम खाँदै आफैलाई भनें, "ठूलाठूला व्यापारीहरु, प्रहरी अधिक्रितहरु, राजनैतिक नेताहरु देखिन जनता नै तस्करको गोटी बनेपछी कस्को के लाग्छ । लौ अब राजमार्ग चैं चाँडै खुल्ने भो ।"

Friday, April 20, 2018

लघुकथा : पार्टी

~आविष्कार

हैन हजुर कती दिन सहनुहुन्छ यो शाषक अध्यक्षलाई ?
पर्खनुस् न ! अब केही दिनमा त मेरो नि खुलिहाल्छ ।
के खुल्छ हौ ?
एउटा पार्टी
तपाईं त छल्-छाम-सप्पै-हाम पार्टीको उपाध्यक्ष हैन र ?

Wednesday, April 18, 2018

छोटो कविता : न्यानो

छोटो कविता : न्यानो

अभावको सितलहरमा
ऋणको सिरेटोको माझ
विभेदको तुसारो ओडेर
सपना र आशाको घुर सल्काई
आत्मियताको न्यानो ताप्दै
गफ्फिनुको मजै बेग्लै
हई मालिक ?