Sunday, September 30, 2018

मुक्तक : समय

मुक्तक :
चिरेर सारा काठोर छालहरु
बिर्सेर हर अप्ठ्यारा हालहरु

Tuesday, September 18, 2018

शेर : प्रित

मुस्कान नाच्छ बाहिर, भित्र आँशु बगिरह्यो
प्रित बग्छ गहिरेर, चित्र कतै बनिरह्यो ।।

Wednesday, September 12, 2018

मुक्तक : संयम

सजिलो छैन मनलाई बाँध्नु
साँघुरो घैलोमा सुर्यलाई खाँद्नु
ब्रम्ह हुन्छ त कहिले चिम्टीमै हराउँछ 
संयम-साधनाले पर्ने हो यसलाई माझ्नु

Tuesday, September 11, 2018

मुक्तक : अपूरो

मुक्तक :
पानीलाई प्यास लाग्यो भन उस्लाई के पिलाउँ
आगोलाई ठण्डी लाग्यो भन अब के जलाउँ

गजल : काली थिई ऊ

~आविष्कार
काली थिई ऊ अलिकती
जाली थिई ऊ अलिकती

भरिली बहिरबाट, भित्र 
खाली थिई ऊ अलिकती

नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी

नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी

~आविष्कार

लय : ईश्वर तैले रचेर फेरी कसरी बिगारिस

ईश्वर तैंले लगेर फेरी कसरी फर्काईस् ?
पतीको भूल छोपेको तेस्तो कसरी उघारीस् ?
ती भूल हरे देखाई उस्लाई कसरी फर्कैइस् ?

हे सासु आमा बिहेमा गर्दा निर्दोष मुहार
ति मुहार भईदेलिन यस्ती भन्ने थिएँन बिचार

गीत : दोष

गीत : दोष
~आविष्कार

नभनेको कुराले मन पोल्दो रहेछ
नगरेको कुराले जीवन जल्दो रहेछ

औँसीमा पनि एक्लो रात आँसु पोख्दो रहेछ

Monday, September 10, 2018

मुक्तक : जिन्दगी

भैरबको ऐजन ऐजन लम्पसार जिन्दगी
हरीभक्तको चुराजस्तो प्याट्ट फुट्ने जिन्दगी
अहिले बाँचे कैले बाँच्नु, खै के पो साँच्नु 
कालीप्रसादको छल्केर आँखामा बग्ने जिन्दगी ।।

कविता : चाहना

~अप्सरा गिरी भारती~

तिमी एक सुन्दर फूल
अरु कसैकी वागकी
तिमीलाई टिपेर दानिमा सजाउन नसकेपनी
तिम्रो समिपमा बसी फोटो खिच्न चाहन्छु ।

तिमी एक मधुर धुन
अरु कुनै कठिन रागकी

Sunday, September 2, 2018

मुक्तक : एक शून्य

~आविष्कार

नाम जे लिउ पूर्ण सत्य त्यही एक शून्य 
बाटो अनेक पुग्ने ठाउँ त्यही एक शून्य
जन्जाल मिथ्या मै सत्य खोज्न तल्लिन 
लिन हुने परम ज्वाला त्यही एक शून्य ।