Monday, August 17, 2020

मुक्तक : समय

 मुक्तक : समय
मैले गाएँ कि गायो मलाई  ?
मैले पाएँ कि पायो मलाई ?
यक्षप्रश्न यही रह्यो प्रतिपल समयसँग
मैले खाएँ कि खायो मलाई ?

मुक्तक : टाटो

 मुक्तक : टाटो
अञ्जान माटोमा माटो भई फूलें
निर्बाद हिँडीईने बाटो भई भुलें
चिम्नीको धुवाँ ईट्टाको धूलो नै रङ्ग भए
सुन्दर चित्रमा टाटो भई घुलें ।

मुक्तक : खेती

 न यती न त्यती छ
न चाहको भेटी छ
फजुल दम्भ रोपेर फलाउँ के ?
न रहरको खेती छ

Sunday, August 16, 2020

मुक्तक : परिवर्तन

मुक्तक 
ताकतसरिको शक्ति घनबाट आउँछ
परिवर्तनको माग जनबाट आउँछ 
पर्दैन लाद्न इच्छा आकङ्क्षाहरू कसैमा
बिश्वाश र आस्था मनबाट आउँछ ।

Friday, August 14, 2020

मुक्तक : कोभिड

मुक्तक : कोभिड
कोभिडको नहुने भर 
जताततै यसैको डर
बाँचिएछ भने भट्दै गरौंला नि फेरि
अहिलेलाई नगर न कर ।

Wednesday, August 12, 2020

मुक्तक : त्यस्तो नै छु

मुक्तक : त्यस्तो नै छु
फुक्को देखिन्छु निस्तो नै छु
सित्तै बाँडिन्छु सस्तो नै छु
गहिरिएर बग्न म सेतीकाली होईन 
जस्तो भेटिन्छु त्यस्तो नै छु ।

मुक्तक : सोंच


म म भएर जिउँछु, तिमी तिमी भएर बाँच न
म मेरो सपना सजाउँछु, तिमी तिम्रो सपना साँच न
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड सोंच हुन्छ नि 
म मेरो नाच नाच्छु, तिमी तिम्रो नाच नाच न ।

मुक्तक : सुखहरू

मुक्तक
तिमी तिम्रा रहरहरूमा रमेको मान्छे,
तिमी तिम्रा सपनाहरूमा जमेको मान्छे,
नसुन भो दु:ख गीतका तीखा भाकाहरू
तिमी तिम्रा सुखहरूमा गमेको मान्छे ।

Monday, August 10, 2020

तीन हाइकु

शितल काँडा
बहनु एक रीत
मन्द मुस्कान
########
मुखैको गाँस
निल्नु न ओकल्नु भो 
जुङ्गा मठार्यो ।
#########
सेता चमेली 
रगतका टाटा छन् 
नव यौवना
#########

Haiku

White shirts crying
Black coats clapping 
Inside the court

मुक्तक : गाँस

जती उफ्रिए पनि 
जती डुक्रिए पनि 
निस्तै छ गाँस, परिकार  
जती थुप्रिए पनि ।

Sunday, August 2, 2020

मुक्तक : खोज

गहिरो खोजमा चल्मलाएको मात्रै
एक बटुको आफू उबाएको मात्रै
थोपाथोपा कणकणमा आफू भेटें मैले 
समर्पणमा एक नजर झुकाएको मात्रै ।
-आबिष