Friday, December 23, 2016

गजल : रोजे जति दिएँ

~आविष्कार
मागे जति दिएँ
रोजे जति दिएँ ।।
सम्पूर्ण अर्पण 
तिमीले खोजे जति दिएँ ।।

Monday, December 12, 2016

कविता : चिरनका साथ लीला


दूssर-देशको कर्मथलोमा तिम्रो "आदर्श" पछ्याउँदै
कठ्याङ्ग्रीलो बिपना, ठिहिराउँने कल्पनाकासाथ
केही गर्छु केही हुन्छु भन्ने सपनाका न्यानो ओढ्ने ओढ्दै
तिम्रा "आशिष"हरुकासाथ पाइला बढाईरहेको थिएँ
तिम्रा "अनिशा"मयी आँखाहरुको तेजले रम्य समयको "अभिशेष" गरिरहेका थिए 
 
अचानक एउटा भुईंचालो आयो, गयो
तहस-नहस पर्दै जगलाई,
हल्लीयो सारा "आएशा" अनी तिनका "आविष्कार"हरु, सङ्ग्रहहरु, यादहरु 
भातभुङ्ग-लथालिङ्ग जताततै असरल्ल केही बुझ्नै सकिन
के भयो ? के हुँदैछ ? अवयव नै बुझ्नै सकिन
निथ्रुक्क रुझे भोलीहरु नयन"रोमी"का नूनिलाकणबाट,
तर
हर औँसी पछी एउटा "रुकेश" आउँछ,
सुरम्य प्रकाश सम्झाएर जान्छन् यो एउटा "लीला" हो
यो एउटा चक्र हो
यो एउटा रङ्गमञ्च हो
हर दिन एउटा "चिरन"का साथ
त्यही रुकेशको प्रकाशका साथ
अघी बढ भन्छ आफ्नो एउटा “आभा “ लिएर लीला गर भन्छ
चिरनका साथ लीला गर भन्छ ।।

अर्थ:
आएशा - जीवन
अनिशा - उज्यालो
रुकेश -  पूर्णिमा
रोमी - नूनिलो समुद्रिक पानीको बाछिटा  
चिरन -  आशा
-‎12-12-2016

Note : श्रद्धेय हजुरबुवा(बुवा) "लीला प्रसाद भारती"मा समर्पित ।  BOLD गरिएको अक्षर उहाँका नाति-नातिनीका नाम हुन् र "चिरन" मेरी हजुरआमाको नाम हो ।  "आभा" चाँही पनातिनीको नाम हो ।

Saturday, December 3, 2016

छोटो कविता : फेरि भेट्ने वाचा गर्दै

~आविष्कार
रसिलो, कसिलो साथहरुका
मलिला यादहरु ताजा गर्दै
जिवनको दोबाटोमा छुट्टिँदैछौं 
फेरि भेट्ने वाचा गर्दै ।।

Friday, November 11, 2016

गजल : माइत नजाउ मेरी पातलि

न मलाई स्वर्ग चाहियो न चाहियो नर्क
माइत नजाउ मेरी पातलि दैलो बाटै फर्क ।।

मलेबाको जोडी बनी बसौं कान्छी हामी 
साडी अर्को साल किनौंला भन्दा त्यसरी न तर्क ।।

Saturday, November 5, 2016

कविता : बिक्रीमा छ


~अप्सरा गिरी भारती~

आत्मा बिक्रिमा छ
ज्ञान बिक्रिमा छ
बिबेक बिक्रिमा छ
हो हजुर, यहाँ मनोरत्तीका हर साधन बिक्री हुन्छ 
यहाँ सब्थोक बिक्रीमा छ ।।

पिरेम बिक्रिमा छ
प्रेमी बिक्रिमा छ
माया बिक्रिमा छ
हो हजुर, यहाँ सम्बन्धको नाप तोल अनी मोल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

Tuesday, September 6, 2016

पुस्तक समीक्षा : हृदयबिदारक उपन्यास "सल्लिपिर"

~आविष्कार भारती~
 
एउटा यात्रा पूरा गरें, भौगोलिकरुपले बिकट तर सुन्दर एवम् संस्कृतिमा धनी नेपाल भित्र कै एक पSSरदेशको, नयनराज पाण्डे कृत् "सल्लीपिर" को बुई चढेर । यस यात्रामा उकालो चडियो, हिमाल पारी गईयो, नून बोकेर याकहरुको घाँटीमा झुण्डीएको घण्टीको तरङ्गहरुमा रम्दै श्याक्पा र छ्याङ खाँदै स्याब्रो नाच्दै गाउँ फर्कीइयो अनी "ॐ माने पद्मे हुँँ" मन्त्रको ध्वनी सँगै एक चित्त भएर नून चिया पिउँदै उपल्लो नेपालको सुरम्य प्रकृति र सोझा व मनकारी मान्छेहरुको साथ लागेर गुण तिर्ने याकहरुको पछी लाग्दै एक्कै क्षण मनभरी घुमेर आईयो ।
 
अनगिन्ती दु:खको महासागर छोचोल्दै सानो खुशीमा रम्दै जीवन बढाइरहेका उपल्लो नेपाली भू-भागको हृदयबिदारक कथाहरुको साङ्लो जस्तो लाग्यो "सल्लीपिर" । नयनराज पाण्डेको अन्य कथोपन्यास सरी यस उपन्यासमा बिभिन्न पात्रको माध्यमले कथा अघी बढ्छ तर "लु" या "उलार"को शैलीमा हैन  ।

Thursday, August 25, 2016

लघुकथा : राम्रो अस्पताल

~आविष्कार भारती~

टाउको कन्याउँदै भन्यो उस्ले, "हो हो हजुर म बिष्णु नै बोलेको हो । हजुर को बोल्नु भाको होला ?"

नचिने पनि चिने जसरी भन्यो, "ए ! ए ! हजुर ।"

"हो के हो भर्खर यहीँ चोकमा दुर्घटना भा'को हो । तपाईं को हो र ?" ,भन्दै, "ए त्यहाँ पछाडि नरुनुस् त, एक त नेट्वर्क भएर केही सुन्या छैन ह्याँ ।"


मोबाइल फोनबाट प्रश्नको बौछारले झिजो मान्दै उत्तर दियो, "हो हजुर, मैले ल्याइराको छु काठमाण्डौ ।"

Tuesday, August 2, 2016

लघुकथा : लर्कन

~आविष्कार भारती~

"दुई घण्टा भईसक्यो कुरेको, भेट्न पाको हैन। के सारो व्यास्त भा'को होला उहाँ ? के गर्दै हुनुहुन्छ ? भन्दिनुस् न बाहिर मान्छे कुरी रहेका छन् भनेर । मात्र एउटा पाण्डुलिपी बुझाउने काम मात्र हो मेरो । धेरै समय लाग्दैन के ", धेरै बेरको कुराईले व्यग्र हुँदै नवकवी जन्तरे हतासिँदै निमोठीएर भन्छ ।

पिउनले प्रश्न तेस्सायो , "तपैं 'चाकडी साहित्यिक समाज' या 'जबर्जस्ती साहित्य महासंघ' मा आबद्ध हुनुहुन्छ ? "

निराश आँखाले हेर्दै जन्तरे भन्छ, "छैन"

Monday, July 11, 2016

कविता : अनुराग

मन्द बास्ना मुस्कान धूपको
सुरिलो राग सुन्दर रुपको
पिङ्गल त्यो प्याला छ
क्लिन्ननेत्र गहिरा काला
रस जीवनको टलपल
पिलाउ, पिलाउ अझै पिलाउ
तृषित यो आत्मालाइ भिजाउ
पुरा गरिदेउ तृष्णा
मेट्न देउ मृगतृष्णा
पिलाउ, पिलाउ अझै पिलाउ
नयनले पिलाउ
अधरले पिलाउ
प्यासीको यो उष्ण मन रिझाउ
आउ न अब नतड्पाउ
यो अतृप्त जीवनमा उन्माद भरिदेउ  
बस् अनुरागले निथ्रुक्क रुजाउ
आउ न प्रियासी ।।

छोटो कविता : दुई भारी दाउरा

जिन्दगीको दुई भारी दाउरा
एकभारी मेरो-मेरोको आगोमा जोतियो
अर्को भारी मलाई मलाईको चुलोमा कोचियो
अन्तमा खोजें आगोको त्यो तातो
न बाँडियो आफ्नाहरुलाई न्यानो

Thursday, June 23, 2016

छोटो कविता : चाहा

संसार म आफ्नो 'यो' ले भर्छु
अनी
एस्सो हेर्छु कता कता 'त्यो' अपुग लाग्छ
मनमा म आफ्नो 'यस्ले' भर्छु
अनी
फेरी एस्सो हेर्छु फेरी पनि 'त्यस' को अभाव खट्किन्छ
असन्तोषी,
बिलासी इनार जती भर्यो तेती बढी चाहा

- आबिष  

Thursday, June 9, 2016

मुक्तक : पदचाप

खुरुक्क आउँछन् सुटुक्क बस्छन्
मन भरी रमाईला पल बाँड्छन्
अनी यादका पदचाप छोडि
चटक्क पाइला अगी बढाउँछन् ।।

-2016-6-9

Thursday, May 5, 2016

मुक्तक : आफै भेटें मैले

सपना ठूलो, मिठो अनि मलिलो  देखें मैले
पुरा नभई हराउला कि भनि कागज मै लेखें मैले
साथ् ,बिश्वास, माया छोडेर विदेश हुत्तिएको
प्रतिपल आज धिप धिप गरि निभ्दै गरेको आफै भेटें मैले


- 2016-5-5

Wednesday, March 30, 2016

मुक्तक : प्रेमिल आँखाहरु

चाहना र चाहनेहरुको ठूलो जन्ती थियो
मरिमेट्छु भन्नेहरुको अगणनीय पङ्ती थियो
तिमी हूल भन्दा अली पर, फरक देखें र पो
नत्र प्रेमिल आँखाहरुको कहाँ गन्ती थियो ।
 
3-30-2016

Tuesday, March 29, 2016

मुक्तक : तिम्रो मायामा

तिमी मेरो म तिम्रो चोखो मायामा
संसार स्वर्ग सप्पै भेट्छु तिम्रो मायामा
किन नहुनु नि "म माया गर्छु" भन्न बिगुल फुकेर
आकाश पातल एक गर्छु तिम्रो मायामा
 
3-29-2016

Monday, March 28, 2016

लघुकथा : ८ हफ्ता पछी

~आविष्कार भारती~

"हैन हौ बिरे कता हिंडिस्, यस्तो हतारिएर ? गुट्मुन्टेलास् है ओरालाँ ", सुन्तले काकाले बिरे हतारिएर बेसी झर्न लागेको देखेर सोधी गए ।

"काका नि कस्तो के, झन बाहिर हिंड्दा नसोध्नु भन्छन् । तपाईं चै प्वाक्क सोधी हाल्नु हुन्छ । साइत हुन्न रे के ।", बिरे आफूले बुझेको वृद्ध सुन्तले काकालाई सुनाइ हाल्छ ।

" त्यस्तो केही हुन्न । भन त कता हुईँक्याहोस् ?", आफ्नो प्रश्नको उत्तर खोतल्न खोज्छन् ।

"बेसी'याँ रेड करस आ'का छन् रे के काका । अनी अगी ब्यान माख्ला घरे माइलोले नि भन्दैथ्यो

Thursday, March 24, 2016

मुक्तक : आधारहरु

जीवनमा हारहरु धेरै हुन्छ
काट्ने धारहरु धेरै हुन्छ
ज्योतिपुन्ज हौ तिमी, बढ अगाडि
बाँच्ने आधारहरु धेरै हुन्छ ।।
-आ'बिष'
3-24-016

Thursday, March 17, 2016

मुक्तक : प्यादा

हामी बिच राधा कम कृष्ण ज्यादा थियो
फूलको कम भमराको चर्चा ज्यादा थियो ।।
मै हुँ भन्ने ति चञ्चले कृष्ण या हुन सौम्य राधा
यि दुबै त बस् समयको प्यादा थियो ।।
-आ'बिष'(2016-3-17)

Tuesday, February 23, 2016

लघुकथा : सिधा हाथ

~आविष्कार भारती~


पहिलो :  ऊ ऊ ऊ त्यहाँ आउँदै छे हेर् त । 

दोश्रो :  ए ! केटा हो लोला तयार गर है टार्गेट आउँदै छ, निथ्रुक्क पारेर पठाउन पर्छ , पर्सी होलीमा निस्किने हैनन् यि । 

तेस्रो : कती जना छ वोई ?

Friday, February 19, 2016

छोटो कविता : सेवा

यहाँ आउँछन्  अनी जान्छन्
खबर शायदै कसैको रहन्छ
बाँच्छ त्यही जो मलहम बन्छन्
मुक सेवा गरेर आत्मानन्दमा रम्दछ ।। 
- आ'विष'

English Translation :
(People come people go
Birth and Death keeps cycling,
Lives those who live for others
Pain within yet comforts all smiling)
- A'bish'

Thursday, February 11, 2016

लघुकथा : मूर्तीको गन्थन


लघुकथा : मूर्तीको गन्थन
~आविष्कार भारती

एकफेर सप्पै नेपालबाट हराएका, भेट्टाईएका र फर्काईएका मूर्तीहरुको सम्मेलन भएछ । सबै एक से एक भएर आएका रहेछन । कोही अम्रिकाबाट, कोही फ्रान्सबाट, कोही जापानबाट, कोही अस्ट्रेलियाबाट, कोही लन्डनबाट अनी अरु धेरै ठाऊँबाट र केही चैं नेपालबाट नि भेला भएका रहेछन । तही हुलमा पर कहिं घ्वाङ घ्वाङ खोकेको आवाज आउँदै थियो अनी सानो सानो समूह बनाएर अलिअली खासखुस नि गर्दै थिए ।

"आमामामा ! धेरै पछी पो भेट भयो त पर्भु हजुरहरु दुबैसँग त १९८४मा नेपाल छोडे देखुन भेट्भाकै हैन ? कता पो हुनुहुन्छ हौ आज्काल ?", भनेर विश्वनाथले उमा-शंकरलाई पछाडिबाट कुममा हाथ राख्दै भनेछन ।

Monday, February 8, 2016

लघुकथा : नेपाली छोरी

लघुकथा : नेपाली छोरी
- आविष्कार भारती 


पछाडि बेन्चीबाट एउटा कागजको चिट मलाई आयो ।


लेखिएको थिए, "तिमी साह्रै राम्री छ्यौ, मसँग घुम्न जाने हो ?"


"ट्युसन सुरु गरेकी भर्खर पाँच दिन त भयो । कोही चिनेकी पनि छैन, को होला यस्तो लेखेर चिट पठाउने ?", मनमनै सोचें अनी पुलुक्क पछाडि फर्केर हेरें । खासै हेर्न लायक र चिट्नै पठाईहल्ला जस्तो कोही थिएन । फेरी अगाडि आफ्नो पढाईमा ध्यान फर्काएँ ।

Saturday, January 30, 2016

लघुकथा : शहीद

~आविष्कार भारती


भोलीको गृहकार्य "शहीद" शब्द वाक्यमा बनाएर ल्याउने - गुरुले आज्ञा गरे । भोली पल्ट जम्मा ५ जनाले गृहकार्य गरेर ल्याएछन् । गृहकार्य नगर्नेका कि त राहतका कापी सकिए रे, कि त जाडोले काठयाङ्ग्रेर हात नै सरेन रे । जस्जस्ले ल्याए तिन्का वाक्य यस्ता थिए :

पहिलो विद्यार्थीले लेख्यो - शहीद - हाम्रो घर नजिकको बाटोमा एउटा हाँस गाडीले हानेर शहीद भयो ।


दोश्रो विद्यार्थीले लेख्यो - शहीद - पुलिसले हावाइ फायर गर्दा उडिरहेको काग शहीद भयो ।

Tuesday, January 26, 2016

लघुकथा : दूरी

"फेस्बूक छ, स्काईप छ, भाइबर छ, ह्वाट्सयाप छ, फोनकार्ड छ, ईमेल सप्पै छ तर पनि हामी किन टाढा छौ ?" उस्ले एक दिन आमुन्ने समुन्ने भेट भएको बेला भनी हाली ।

मूर्तस्वरुप चुपचाप मौन बस् उभीईरहें घोस्से मुन्टो लगाउँदै जुत्तामा लागेको हिलोमा आँखाले कोट्याउँदै ।

"यत्रा सम्पर्कका माध्याम छन तै पनि हामी सबै कती टाढा टाढा छौं हगि आज।",रन्थन्नीएको बेला अर्को एक थपी उस्ले ।

के उत्तर दिऊँ उसलाई म -

लघुकथा: मपाईंत्वको महिमा


लघुकथा: मपाईंत्वको महिमा

- आविष्कार भारती 

सम्पूर्ण चराजातीको बिशेष कलियुगे बैठक बसेछ । बैठक सुरु हुने बित्तिकै, टेबलमा पखेटा बजार्दै "हैन हामीले चाँही नपाउने त्यो कागले यात्रो ठूलो महाचरी पुरस्कार कसरी पायो ?" भन्दै हो हल्ला सुरु भएछ ।

अनी चराहरुका राजा जटायु अर्थात गिद्दले सोधेछन् ," कुरो के हो खुलेर भन्नुस् न ?"