Friday, November 11, 2016

गजल : माइत नजाउ मेरी पातलि

न मलाई स्वर्ग चाहियो न चाहियो नर्क
माइत नजाउ मेरी पातलि दैलो बाटै फर्क ।।

मलेबाको जोडी बनी बसौं कान्छी हामी 
साडी अर्को साल किनौंला भन्दा त्यसरी न तर्क ।।

तिमी आत्मा तिमी नै सारा संसार मेरो
डण्डीफोर आयो भनें भन्दैमा त्यस्तरी न झर्क ।।

तिमी निस्छल, पवित्र आकाङ्क्षा मेरो
एक ट्वाक लडाको न हो, नलघार न खर्क ।।

आउ मुईया नरिसाइ सँगै बसौं
थोरै भोलीमा विश्वाशको अत्तर छर्क ।।

धरोधर्म अर्कीलाई हेर्दिन छु तिमी मै मुग्ध
अब माइत हैन प्रिए घर तिर लर्क ।।

निथ्रुक्क भुज्नु छ अबिरल प्रितको मादमा
अलिकती म बर्सिन्छु अलिक धेरै तिमी दर्क ।।

- आबिष(2016-11-2)

No comments: