Tuesday, August 21, 2018

मुक्तक : जुठो


विश्वाश ठुटो
आशा ढुटो
सल्किएको ठुटोले ढुटो पनि सल्काउँदो हो
आस्था जुठो

Monday, August 20, 2018

मुक्तक : अर्धचेत साथी

मुक्तक :
शून्यमा शून्य हुन नसकेको यो अर्धमृत साथी
आगोमा आगो हुन नसकेको यो अर्धप्रेत साथी

Thursday, August 16, 2018

मुक्तक : माया

मुक्तक : माया
~आविष्कार 
तिम्ले दिएको माया मैले बुझिन
तिम्रो दिलको मायामा म रुझिन
मनको माया मनले बुझ्न कसरी सिक्नु हो ?
तिम्रो दिलको माया मैले देखिन ।। 

मुक्तक : भ्रान्ति

मुक्तक : भ्रान्ति
~आविष्कार
आँसुले लत्पत्तिएको त्यो गजलको धर्को
गाँठो परेको मनमा भावनाको बर्को
मितको प्रितमा भ्रान्ति सितले चिसो गीत गाएपछी
फैलिरहेको मौनतालाई छिचोल्न नै चर्को 
 

मुक्तक : मूर्ती

मुक्तक :  मूर्ती
~आविष्कार
नहाँसु भनी सोध्छन के भयो भनी
आफु जलिरहेको छु दिनलाई गनी
हराउनुले जती पोल्दोरैछ नपाउनुले झन पिल्साउने
रहेकोछु हाँसप्रतिहाँसको मूर्ती बनी ।।

मुक्तक : भूलको शूल

~आविष्कार
देख्छ सब्ले ओठ हाँसेको
देख्छ कल्ले मुटु फाटेको
भूलको शूलमा पलपल घोचिएर
देख्छ कल्ले जिवन धाँजेको ।।  

मुक्तक : भेल

मुक्तक : भेल
भो पोख्दिन अब तिम्रा सामू मनका बह
भन्छौ पोखिएको जिन्दगी उठाउँदै सह
छाछल्केको पानी र उर्लँदो बाढि कहिले बुझ्छौ
बगाउला भेलले भनी भरिएर आउँछ गह ।।

Tuesday, August 7, 2018

लघुकथा : भक्ती

लघुकथा : भक्ती
~आविष्कार
हिजो :
तिमीहरु देश कस्तो राम्रो प्राकृतिक सुन्दर्ताले भरिपूर्ण, जडिबुटीले सजिएको,
तिमीहरु कस्तो मिलनसार, सौम्य, न्यानो अनी सौहार्द व्यवहाँरले भरिएको,
तिमीलाई थाहा छ ? यस्तो राम्रो देश अनी मान्छेले भनेको ट्याक्कै पुराउँछन् नि
हाम्रा भगवान नै सच्चा मुक्तिदाता र अन्तिम उद्धारक अनी तारक हुन्
आउ तिमीलाई म उन्को भक्ती सिकाउँछु ।

आज :