Tuesday, August 7, 2018

लघुकथा : भक्ती

लघुकथा : भक्ती
~आविष्कार
हिजो :
तिमीहरु देश कस्तो राम्रो प्राकृतिक सुन्दर्ताले भरिपूर्ण, जडिबुटीले सजिएको,
तिमीहरु कस्तो मिलनसार, सौम्य, न्यानो अनी सौहार्द व्यवहाँरले भरिएको,
तिमीलाई थाहा छ ? यस्तो राम्रो देश अनी मान्छेले भनेको ट्याक्कै पुराउँछन् नि
हाम्रा भगवान नै सच्चा मुक्तिदाता र अन्तिम उद्धारक अनी तारक हुन्
आउ तिमीलाई म उन्को भक्ती सिकाउँछु ।

आज :
तिमीहरु देशमा जातपातले तिमी पीडित छौ, अशिक्षा, भेद्भावले ग्रस्त छ, न्यायहिन भ्रष्ट छ
तिमीहरुसँग स्वास्थचौकी छैन, सफा पानी छैन, हकहित लुछिएको छ 
तिमीलाई थाहा छ ? यस्तो लुप्त पहिचान र सङ्कटबाट निस्किने बाटो ट्याक्कै देखाउँछन् नि
हाम्रा भगवान नै सच्चा मुक्तिदाता र अन्तिम उद्धारक अनी तारक हुन्
आउ तिमीलाई म उन्को बाटो देखाउँछु।

No comments: