कालो अनुहार , कालै शरीर, केहीमात्र तर फाटेका लुगा अनी त्यही च्यातिएको ठाउँबाट चिहाइ रहेका शरीरभरी यत्रतत्र घाऊका टाटाहरु-खाटाहरु, रसिला सेता आँखा, भद्दालाग्ने मोटा ओठ केही भन्न खोजेझैं प्रतित हुने तर चलयमान शून्य - यस्तै थियो त्यहाँको हालत । त्यहाँ यानकी लिबियाको राजधानी ट्राइपोलीको एउटा कुनामा रहेको एक सानो दुईतल्ले घरको तल्लो छिँडीमा कोचिएर गुन्द्रुक भएका आप्रवासीहरु हालत । उनिहरु गुन्द्रुककै झैं अमिलो भावका साथ हामीलाई हेर्दै थिए, झिनो आशाका त्यन्द्रो समाएर ।
Showing posts with label katha. Show all posts
Showing posts with label katha. Show all posts
Tuesday, November 14, 2017
Monday, April 28, 2014
कथा : मेरो छोरो आउँछ
"आमा ए आमा ! हैन कता हो के तपाईं ?"
"हँ , म माथि बुइङ्गेलमा छु हौ । माथि आईजो न"
"हैन एक्कै क्षण तल आउनुस् न के एउटो सल्लाह गर्नुछ "
"हैन किन मर्न आँट्या होला यो यस्सो भण्डार सफा गरम भनेको टिक्न दिने भये पो , गएर आफ्नै बुढीलाई कचकच गर्नु नि" भन्दै आमै फत्फताउदै तल पिंढीमा ओर्लिन
अनुहारमा बर्षौँको कठिन पेरिश्रम र जिन्दगी अनी घर बुहार्तनको बोझले थिचिएर मुजा मुजा परेका, चिम्सा आँखा , आँखा माथि बाक्लो चस्मा जस्को एकपट्टीको कान माथि अड्काउने फक्ल्याटा चोईटीएको र डोरीले बानेर अड्काको । नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारेकी । बुढाको स्वर्गे हुँदा पनि यिनले यि दुई गहना त्यगेकी थिईनन् । सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको संघर्ष प्रेसित गर्थ्यो । जती नै दु:ख सहे पनि सन्तानका अघी ओठमा मुस्कान नै राखेकी थिईन ।
"हैन के आमै कुरो तपाईं सँगै गर्न पर्ने भएर पो त बोलाको" छोरोले भन्छ
"ल भन के कुरो हो त्यस्तो"
Friday, April 11, 2014
कथा : अतंकित मन
....रातको २ बजेको थियो ... कोठामा सन्नाटा ब्याप्त.... मुटुको धड्कन पनि सुनिन सकिने शुन्यता ...
निन्द्रा नलागेर जागा रहेका आँखालाइ जबर्जस्ति बन्द गर्न खोज्छु तर दिनभर ३ - ४ कप को कफी ले मरे बन्द हुन दिन्दैन ....
यस नीरव रातमा पर्दाबाट चियाउन्दै चन्द्रमाले कोठाको त्यो झ्याल छेउमा रहेको इस्तिलको जग संग लुकामारि खेल्दै रहेछ मैले पकडी हालें अनि ध्याप्पा भनेर मन मनै मुस्काएं.....
भित्तोमा त्यो रोकिएको घडी ... एक महिना भयो क्यार २ बजेको .... कस्तो स्थिर छ अडिग छ उसको मन जस्तै ... अपरिवर्त्य... अडिग ...

Sunday, February 16, 2014
कथा : ब्राउन बेल्ट ....
चौतारीमा अगिना प्रतिभाको कुरो भो अनि प्रतिभा बाट याद आयो ..... मेरो गाम चाबेलाँ थि एउटी ....बाबाबा कम्ता टल्केर हिड्ने हैन बा ति मैया .... तेस्कै लागि कम्ता इत्तरक सिसि रित्याथ्यो र केटाहरुले .... अलिक मोटी भैकन मोती जस्तै थिइ .
Subscribe to:
Posts (Atom)