Thursday, December 31, 2020

muktak : सम्बन्ध

 अरुलाई सम्बन्ध भारी नहोस् कहिले
जाँची हेर आफैलाई आफूले पहिले
पुष्प बनि पल्लवित होस्, सुगन्ध छरोस्
चुप्चाप चडेर ईशको पाउमा जहिले

Tuesday, December 22, 2020

मुक्तक : भष्म

 झिल्को नभए नि आगो बल्छ
मनले आफैलाई पलपल छल्छ  
लाग्दो हो भष्म हुन्छ,रोकिन्छ समय तर  
कोही नभए नि संसार चल्छ ।

मुक्तक : दोष

कस्सैले दोष दिंदैनन् मतिलाई
सबै दोष जति बिचरी सतिलाई 
नेपाल होस् या अरु कहिँ यस्तै छ चाला
भन्नुस् बुझाउने कुरो यो कतिलाई ।

Friday, December 11, 2020

मुक्तक : नेता

भूलेर खेला जुलुसमा जान्छन् जनता
थुनेर भोक आश्वाशन खान्छन् जनता
पछिलाग्नु रहर, बाध्यता या स्वार्थ उस्को
चिम्लेर आँखा नेता छान्छन् जनता  । 

मुक्तक : झिल्का

मुक्तक: झिल्का
जाने त गयो, आँसुको भङ्गालो दिएर गयो
जाने त गयो, यादको अङ्गालो दिएर गयो
झिलिक्क झिल्का झैं झल्किई, आगो लगाई
जाने त गयो, जलनको सङ्गालो दिएर गयो ।

मुक्तक : सङ्किर्णता

मुक्तक
झिल्का नै आगोको बीउ हो
शङ्का नै बिनासको निउ हो
सङ्किर्णता हिमपर्वतको शिर मात्र अनि
देखावटिपन त्यसैको जिउ हो ।

Monday, September 28, 2020

मुक्तक : बिहे

 मुक्तक :
कसैले भागेर गरे
कसैले मागेर गरे
बिहे, प्रितको धूनी बाली अहोरात्र
कसैले जागेर गरे ।

Tuesday, September 22, 2020

मुक्तक : स्वाभिमान

 मुक्तक :
मालिकको घर ढुक्छ
अपरिचितलाई भुक्छ
हड्डी र रुखो सहानुभूति पाउन
स्वाभिमान बेची झुक्छ ।  

9/22/2020

Monday, September 21, 2020

मुक्तक : खुशी

मुक्तक
पोखरीमा पानी जम्दा खुशी हुने दिन आयो
कार्यलयमा काम बन्दा खुशी हुने दिन आयो
तार्न ल्याएको नयाँ समय मार्न आए पछि 
भोकभोकै सास गन्दा खुशी हुने दिन आयो ।
9-21-2020

मुक्तक : भजन

 मुक्तक :
कुरा सुन्न हैन सुनाउन मज्जा आउँछ
काम गर्न हैन गराउन मज्जा आउँछ
पत्रिका, सामाजिक सञ्जाल निथ्रुक्क बनाएर
भजनमा रुज्न हैन रुजाउन मज्जा आउँछ । 

9/21/2020

Friday, September 18, 2020

मुक्तक : सम्झना

 प्रितका परेलीमा तैरिएर भुल्छु
मनका तरेलीमा फैलिएर भुल्छु
नाता मै टुङ्गिनुपर्छ सम्बन्ध भन्ने छ र
सम्झनाका ठेलीमा गहिरिएर भुल्छु ।

Thursday, September 17, 2020

मुक्तक : सगरको मेघा

मुक्तक : 
ऊ भित्र पनि जलन छ, म भित्र पनि 
ऊ भित्र पनि मन छ, म भित्र पनि 
मौन उकुसमुकुस सगरको मेघाबाट टाढा हुने 
ऊ भित्र पनि सघन छ, म भित्र पनि ।   
#मौनाबिष

Saturday, September 12, 2020

मुक्तक : हेराई

मुक्तक :
एकपटकको भेटमै मलाई मापी सकेछ
भेट नहुँदै फेरि, मनमा केही छापी सकेछ
कसैले कसैलाई कसरी हेर्छ, चिन्छ, बुझ्छ ?
सद्गुणमा अवगुणको आवरण खापी सकेछ।
-आ'बिष'

#मौनाबिष #judgingpeople

Thursday, September 3, 2020

हाइकु

सूर्य उदायो
यौवनपूर्ण ओज
अन्त्यमा अस्त ।

Monday, August 17, 2020

मुक्तक : समय

 मुक्तक : समय
मैले गाएँ कि गायो मलाई  ?
मैले पाएँ कि पायो मलाई ?
यक्षप्रश्न यही रह्यो प्रतिपल समयसँग
मैले खाएँ कि खायो मलाई ?

मुक्तक : टाटो

 मुक्तक : टाटो
अञ्जान माटोमा माटो भई फूलें
निर्बाद हिँडीईने बाटो भई भुलें
चिम्नीको धुवाँ ईट्टाको धूलो नै रङ्ग भए
सुन्दर चित्रमा टाटो भई घुलें ।

मुक्तक : खेती

 न यती न त्यती छ
न चाहको भेटी छ
फजुल दम्भ रोपेर फलाउँ के ?
न रहरको खेती छ

Sunday, August 16, 2020

मुक्तक : परिवर्तन

मुक्तक 
ताकतसरिको शक्ति घनबाट आउँछ
परिवर्तनको माग जनबाट आउँछ 
पर्दैन लाद्न इच्छा आकङ्क्षाहरू कसैमा
बिश्वाश र आस्था मनबाट आउँछ ।

Friday, August 14, 2020

मुक्तक : कोभिड

मुक्तक : कोभिड
कोभिडको नहुने भर 
जताततै यसैको डर
बाँचिएछ भने भट्दै गरौंला नि फेरि
अहिलेलाई नगर न कर ।

Wednesday, August 12, 2020

मुक्तक : त्यस्तो नै छु

मुक्तक : त्यस्तो नै छु
फुक्को देखिन्छु निस्तो नै छु
सित्तै बाँडिन्छु सस्तो नै छु
गहिरिएर बग्न म सेतीकाली होईन 
जस्तो भेटिन्छु त्यस्तो नै छु ।

मुक्तक : सोंच


म म भएर जिउँछु, तिमी तिमी भएर बाँच न
म मेरो सपना सजाउँछु, तिमी तिम्रो सपना साँच न
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड सोंच हुन्छ नि 
म मेरो नाच नाच्छु, तिमी तिम्रो नाच नाच न ।

मुक्तक : सुखहरू

मुक्तक
तिमी तिम्रा रहरहरूमा रमेको मान्छे,
तिमी तिम्रा सपनाहरूमा जमेको मान्छे,
नसुन भो दु:ख गीतका तीखा भाकाहरू
तिमी तिम्रा सुखहरूमा गमेको मान्छे ।

Monday, August 10, 2020

तीन हाइकु

शितल काँडा
बहनु एक रीत
मन्द मुस्कान
########
मुखैको गाँस
निल्नु न ओकल्नु भो 
जुङ्गा मठार्यो ।
#########
सेता चमेली 
रगतका टाटा छन् 
नव यौवना
#########

Haiku

White shirts crying
Black coats clapping 
Inside the court

मुक्तक : गाँस

जती उफ्रिए पनि 
जती डुक्रिए पनि 
निस्तै छ गाँस, परिकार  
जती थुप्रिए पनि ।

Sunday, August 2, 2020

मुक्तक : खोज

गहिरो खोजमा चल्मलाएको मात्रै
एक बटुको आफू उबाएको मात्रै
थोपाथोपा कणकणमा आफू भेटें मैले 
समर्पणमा एक नजर झुकाएको मात्रै ।
-आबिष

Wednesday, July 29, 2020

दुई हाइकु

याद मादक
यात्रामा मौनता छ
औंसिको रात
***************
प्राणी जगत
महानाद मृत्युको
भ्यागुता गीत ।

Tuesday, July 7, 2020

मुक्तक : ठिकै भयो

मुक्तक :
छाडिन चाहन्थ्यौ, छाडियौ ठिकै भयो
बाँडिन चाहन्थ्यौ, बाँडियौ ठिकै भयो
बाँधेर राख्नु कसैलाई,

Monday, July 6, 2020

Poem : Numbing Chirp

Poem : Numbing Chirp
~Abiskar

why do I have to be critical of all ?
why do I have to be judgemental for all ?
I can just be quiet and be at the moment without a mask.
a mask that i wear all day, all moment.....
why should it be on me ?
burdening me ?

Tuesday, June 30, 2020

आविष्कारको सानो भेटीः साहित्य संग्रहालय

आविष्कारको सानो भेटीः साहित्य संग्रहालय

नेपाली साहित्यमा चासो राख्नेहरुका लागि ‘साहित्य संग्रहालय’ परिचित वेबसाइट हो। यहाँ सबैजसो साहित्यकारहरुका सामग्रीहरु एक साथ पाइन्छन्। प्रायः साहित्य अनुरागीहरू यस वेबसाइटका बारेमा जानकार भए पनि यसका संचालकबारे बेखबर छन्। किन यो संग्रहालय तयार हुँदैछ, धेरैका लागि यो चासोको विषय रहँदैआएको छ। यही चासो अमेरिकामा रहेका साहित्यकार कृष्ण कुशुमलाई पनि लाग्यो। सोधखोजको क्रममा फेला परे, आविष्कार भारतीलाई। भारती तिनै व्यक्ति हुन्, जसले साहित्य संग्रहालय चलाइरहेका छन्।

Thursday, June 25, 2020

मुक्तक : डहन

मुक्तक :
थुनिईन्छ, गुम्सिन्छ, अद्रिश्य बाष्पको डहन छ
फ्याँकीईन्छ, हुत्याईन्छ, फुक्का मुस्कान सघन छ
गयो, जाँदैछन् अझै गईरहनेछन् एक पछी अर्को गरी
बोलदैन कोही खुलेर मात्र भन्छन् बिषय गहन छ ।
#मानसिकरोग #डिप्रेसन #स्वहत्या

Friday, April 24, 2020

मुक्तक : अधुरो

मुक्तक :
जिन्दगीमा अधुरो छ केही
भविष्यमा अपुरो छ केही
जती बतास छेके पनि दियो यो
कुनौटोमा मधुरो छ केही ।

Monday, April 20, 2020

कविता : अन्ध समय

कविता : अन्ध समय
~आविष्कार

अन्ध समय 
बहिरा समाज बिच
कोहिको अनि
केहीको मुक चित्कार छ ।
पस्किने, झस्किने, खस्किने
होड छ,
निदाएको नाटक गर्नेहरुको
कोढ छ ।

Saturday, March 7, 2020

केही सेन्र्यु / हाईकु

बिभिषण छन्
आफ्नै घर ध्वस्त भो
खुशी कस्तो यो ? 
------------------
आकाशगङ्गा
रङ्ग फेरि रहन्छ
अतल भोक ।
-------------------
नुनिलो पानी
छ समुद्रीक भोक 
अज्ञानि माझि
------------------
आड भरोसा
अनुरक्त लिस्नो छ
माध्यम एक
-------------------
अपूर्ण जोहो 
प्रतिक्षामा बगर
अमेट्य प्यास।
------------
पर्दामा सबै
जोडिएको संसार
भिन्न छु भन्छन्
------------------

Friday, March 6, 2020

मुक्तक : सस्तो म

तिमीलाई माया गर्छु भन्दा प्याज खाछौ भन्छौ
तिमीसँग प्रित जोड्छु भन्दा ब्याज लाछौ भन्छौ
प्याज नि महङ्गो ब्याज नि महङ्गो, सस्तो मै भा रछु 
तिमीमै मात्र हराउँछु भन्दा र्‍याग्ज भाछौ भन्छौ । 

Wednesday, February 26, 2020

मुक्तक : आफन्त

 सामन्तलाई मात दिएर सामन्त बने
कर्तव्यलाई घात दिएर महन्त बने
निमुखा जङ्घारमा दुब्दै गर्दा खेरी
लर्बरिएको बात दिएर आफन्त बने ।

Monday, February 24, 2020

मुक्तक : बल्छी

 तिम्रो पूरानो त्यही बानी
जे गर्दा पनि आनाकानी
आशाको बल्छीमा फँसाएर
समात्दैछौ माछा छानीछानी ।

मुक्तक : असल हामी

 मुक्तक :
भ्रम पाल्न कती कुशल हामी
सम्पूर्णताको खुद्रा पसल हामी
उचाईमा पुगेर झर्छु कि लड्छु डराउँदै
मसाने बैरग्य प्रेरित असल हामी ।

Tuesday, January 14, 2020

मुक्तक : धर्म

 टाडिएको छु म
बाँडिएको छु म
कर्मको धर्म पुरा गर्दा अधुरै
छाडिएको छु म ।

Wednesday, January 8, 2020

मुक्तक :

 मायामा माया भए पुग्छ, साथ जरूरी कहाँ छ र
अनाम साथहरूलाई नामका गाथ जरूरी कहाँ छ र
बाँच्ने आचार सदर गर्न लागि परेकाछन् पक्षपातीहरू अचेल
प्रितको मातमा झुल्नेहरूलाई नाथ जरूरी कहाँ छ र ।