Thursday, September 21, 2017

मुक्तक : बालुवा

घ्रिणाको शहरमा मायाको सानो गल्ली
धोखाको गहनाबजारमा प्रितीको सानो कल्ली
बालुवामा चम्किने कण कतीकती, हिरा ति होइनन्
परिचयको अजङ्गको पाइपहरुमा बेनाम यो सानो नली ।

Monday, September 18, 2017

छोटो कविता : प्याला

छोटो कविता : प्याला
                           - आ'बिष'
--------------------
आफ्नो को छ खोज्छु
आफू नै परायाको भेट्छु
सौम्य रम्य
सम्मोहित पार्ने जीवन
प्याला भर्दै
रेत्याउँदै
फेरी भर्दै हर पल म पि

मुक्तक : नजर

अधर हो कि त्यो मदको प्याला
पिउँ जीवनभर मेटिदैन प्यास आधा

Friday, September 15, 2017

मुक्तक : आफै कुँद्छु

मुक्तक :
म आफ्नो जिन्दगी आफै कुँद्छु 
बुट्टा मिलाई मिलाई आफै जिउँछु 

Wednesday, September 13, 2017

मुक्तक : स्वामीको नाम

मुक्तक :
पक्षपाती नारदले भजेको नारायणको नाम 
भाइघाती बिभीषणले जपेको रामको नाम 
पुकारा नगरी गुणगान-पहिचान-इच्छापूर्ती नै नहुने
खुराफाती हामीले गाएको स्वामीको नाम ।।

मुक्तक : शिव हुने रहरमा

मुक्तक :
भैरब भए आकङ्क्षाहरु शिव हुने रहरमा
काली भए प्रहरहरु देवी हुने रहरमा
मानव-दानव-राक्षसमा