Thursday, October 7, 2021

मुक्तक : छोरा

कसरी पोखुँ मनको बह थुन्छु भावना बनाएर दह छोरा होस् बहन हुँदैन भन्छन् भर्न हुँदैन पानीले गह

Tuesday, October 5, 2021

मुक्तक : एक्लो डाँडा

आँगनमा अग्ला घाँस छन् खेतबारिमा उम्रिएका बाँस छन् शहर तिरै झर्छन्, माथि डाँडा एक्लो छ रगतसँग साटिएका गाँस छन् । 10-05-2021

मुक्तक : रमिते

ढलिसक्यो बाबु घर अब त तिमी नै हाम्रो भर अब त रमिते बनेकोछ चौतारी, गिज्याउँछ मात्र कुरिरहेछ पिपल र बर अब त 10-05-2021

मुक्तक : निभ्यो टुक्की

भत्कियो पीँडी, तगारो भत्कियो खस्यो बूईंगेल, गारो भत्कियो कुर्दैछ रोकेर सास बुढो दलिन निभ्यो टुक्की, धारो भात्कियो ।। 10-05-2021

मुक्तक : भुल्दै जान्छ

कहाँबाट आएको भुल्दै जान्छ चुसेर भविष्य फुल्दै जान्छ जरा बिर्सिएर रुख बाँच्न सक्दैन शक्तीको मातमा झुल्दै जान्छ १०-०५-२०२१