Thursday, December 5, 2019

मुक्तक :

 अहम लिएरै जिन्दगी पिउँछ मान्छे  
उधार्दै अरुलाई आफू सिउँछ मान्छे  
युगपुरुषहरु पनि त मुक्त छैनन् अहम् बाट     
दियो वाह्य जगाई आल्हादित जिउँछ मान्छे ।

Tuesday, December 3, 2019

मुक्तक : मृगजाली व्यूह

 मुक्तक :
गुलाबको पुष्पदल चुट्टाई-चुट्टाई पूजा गर्छन्
समर्पणको दिव्यज्ञान फुटाई-फुटाई धुजा गर्छन्
टुक्रिएर रोएको क्रन्दन नसुन्ने उन्मादीहरु
मृगजाली व्यूह जुटाई-जुटाई भुजा भर्छन् ।

Monday, December 2, 2019

मुक्तक : छाउ गोठ

 मुक्तक :
कती चिसिनु छाउ गोठमा जिन्दगीहरु
कती पिसिनु संस्कार मठमा जिन्दगीहरु
ए ! बा अब त खोल न आँखा, बिर्स अन्धबिश्वास
कती निसास्सिनु मुक ओठमा जिन्दगीहरु ।

Monday, November 25, 2019

मुक्तक : सुवास

 सन्तुष्टी रित्तिनुको बुझाउँ कसरी
सित्तै हुनुको भाऊ देखाउँ कसरी
नुहिने हाङ्गा झुकेको देख्ने साथहरु भन
नघोटी चन्दन सुवास सुँघाउँ कसरी ।  
11/25/2019

Wednesday, November 6, 2019

हाइकु

बन्द नयन
मौन बहन्छन् बुद्ध
बोधित्व खोजि

Thursday, September 19, 2019

Haiku

Cricket chirping
Burdened silence
Buddha rumble
9/13/2019

हाइकु


स्वादको भोक-
पैतालाको धुलो त्यो
संवेदना खै ?
9/8/2019

हाइकु

हाइकु
एक्लो बगान
शित मित्रता गाँस्छे
उम्लिनु कर्मै ।
9/12/2019

दुई हाइकु


चिप्लेकिरा त्यो
बाटो कोर्दै हिँड्दैछ
क्रुर भास्कर ।
****************
बिहानी शीत
गुँडमा छन् बचेरा
जनित्व गाढा ।
9/14/2019

हाईकु

हाईकु
माहुरी नाचि
पराग छ्यापाछ्याप
भ्रमर दोषि
9/15/2019

Monday, September 9, 2019

हाइकु

हाइकु
स्वादको भोक-
पैतालाको धुलो त्यो
संवेदना खै ?
9/8/2019

Thursday, September 5, 2019

सेन्र्यु

सेन्र्यु:
कोलाहल छ
मुर्तिवत हेर्दैछ
अमुक बुद्ध ।
8-26-2019

हाईकु

हाईकु

धूमिल पानी
माटो छोडेर सङ्ग्ल्यो
बालुवा काया ।
7-15-2019

Sunday, August 4, 2019

छन्द कविता : जीवनबोध

~आविष्कार

छन्द : भानुभक्तिय छन्द

माता-पिता ति हर्ता कर्ता गुरु ज्ञान भण्डार भर्दछन्
किर्ती केही राख नत्र ता काया व्यर्थै दिनै मर्दछन् 
साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ गर्‍याको जति ।।

जोबन पल बिती जन्या छ समय समातिन्न ति रती
गर्ने काम गरे यही पल हुन्या छैन कसैलाई खती
भोली भोली भन्दा भन्दा भर्न्या छैन कसैको झोली
दान क्षमा गर् जन कन मन आत्मा भित्रैकन खोली  ।।

बग्छ प्रेम मुस्कान धरिकन मुस्कानै फुल्न्या जतै
रहेछ सेवा ता टेवा जीवनकन सुफल मिल्न्या यतै
पूजा धर्म ब्रत रहेछ आर्त मनुवाको निको भयाको घाऊ
सक्या जती काम आउ तिमी तिनमा मलहम त्यो लाऊ ।।

भन्छन् नुहिन्छ बाँस अनी फलले भरिएको रुख पनि
बाँस फेदमा काटिन्छ अनी रुख पुजिन्छ भर्ता भनी
माया प्रेम सद्भावकन बगी बाँच सब जन ति मिली
रवाफ् आरिस मोहले छोड्ने छन सब जन ति चिली ।।

ध्यान कस प्रती प्रहर धरामा राम्रो सबैकन भया
बिचार शुद्ध बनोस् अनी ता भागोस् रोग जती थिया
शिल सिष्ट ढाँचामा कुँदियोस् जनको जीवन रहोस् पूर्ण
अहम् टाढै बसोस् भरसक मरोस् सोंछ सबै सङ्किर्ण ।।

जस्ले जसै भर्या ढुकुटी त्यो रित्तंदै पनि गैगयो त्यसै
मिटाउन्याछु प्यास भनी पियो गहिरो मन भैगयो यसै
हटाई सारा दोष दम्भ मकनको जीवन फलोस् फुलोस्
सेवा क्षमा दया भाव गरिकन आजन्म किर्ती मिलोस् ।।

Monday, July 29, 2019

मुक्तक : विश्वाश

भुन भुन भमरा जस्तै डुली
निर्वाद बादलु जस्तै उडी
विश्वाश जलेर खरानी हुँदासम्म
स्वच्छन्द सुनगाभा जस्तै फुली ।
 

Wednesday, July 24, 2019

गीत : साउन झरी भै

आकाश रुन्छ साउन झरी भै
विश्वाश टुट्यो जिन्दगी भरीलाई । 

त्यही मोडको पिपलु चौतारी
बतास रोयो जग भरी भौंतारी

Thursday, June 27, 2019

कविता : शून्य

कविता : शून्य
~आविष्कार

नाम थियो
दाम थियो
जग हँसाउन बदनाम थियो
देखाउने दाँत टिलिक्क थियो
अनुहार व्यवहार झलल थियो
आँत हर्-हर् थियो
तडप पल-पल थियो

Monday, June 24, 2019

पाँच हाइकुहरु

पसिना धारा
धरा अझै प्यासी छे 
आकाशे पानी ।
***************
आस्थाको राँको
सिउँडीको बगैंचा

एक हाइकु एक सेन्र्यु

हाइकु :
शुभेच्छा बर्षा
बगायो संबेदना
नक्कली इच्छा ।
**************
सेन्र्यु :
इमान्दारिता
किलोको कती
बिकाउ दृष्‍टि
 

Sunday, June 23, 2019

अप्सरा गिरीका तीन मुक्तकहरु

~अप्सरा गिरी भारती~

मुक्तक : म
म जहाँ छु त्यही मेरो संसार
म जे देख्छु त्यही मेरो संसार
ज्ञानले सोंच अनी विश्वाशको परीधी तोड्नुछ
त्यस्पछी जे हुनेछु त्यही मेरो संसार ।

मुक्तक : जिन्दगी
घरबाट टाढा छु सुन्दर भोलीको आशामा

Monday, June 17, 2019

दुई हाइकु

खरानी सन्ध्या
खेतका भ्यागुता
एक्लौटी गीत   ।
****************
मुस्कान रोप्यो
बिस्कुन विश्वाशको
आत्मा बिक्रिमा  । 

6-17-2019

Wednesday, June 12, 2019

मुक्तक : भारी मनमुटु

भारी मनमुटु अनी अभिष्ट छ
अबुझ परीवेश अनी इष्ट छ
बुझाउनै सकेको छैन आफैलाई मैले
चौतर्फी अँध्यारो अनी निकृष्ट छ  ।

गीत : माया गर्छु भन्ने हरु

बिर्सिन्छन् मायालाइ यहाँ माया गर्छु भन्ने हरु
रित्तिन्छन् अथाह सागर प्रितको भर्छु भन्ने हरु

अस्ताउँदो सूर्यको अर्थ कान्तिहीन दिन हैन
मिठो आभास मधुर याद लुट्छन मनको चैन

मुक्तक : आधा खाली

रुन्छन् कोही, कोही हाँसोमा फुल्छन्
सिक्छन् कोही, कोही पासोमा झुल्छन्
गिलास भरी पनि हो, आधा खाली पनि
जल्छन् कोही, कोही दीपमा खुल्छन् ।

Tuesday, June 11, 2019

मुक्तक : प्रहर

कती कुरा भन्नु छ, मौनताको घुम्टोमा
कती रहर मेट्नु छ, नजरको रन्कोमा
भन न कसरी फुटाउँ मुहान यो नदिको
कती प्रहर साट्नु छ, बन्धनको फन्कोमा ।।

Monday, June 10, 2019

मुक्तक : खल्बलाई गयौ

एक्लो थिएँ याद बनी आई सल्बलाई गयौ 
सङ्लो थिएँ बाढि बनी आई खल्बलाई गयौ
बाध्यताले हर्हर भएको त्रिषित यो मन मेरो
म्रितप्राय: थिएँ आस बनी आई चल्मलाई गयौ ।

मुक्तक : कैद

अरूसँग होइन, आफैसँग भागिरहन्थें
अरूसँग होइन, आफैसँग मागीरहन्थें
नटेरेर समयलाई हुँण्डरी कैद गर्दै बढ्दै गर्दा
अरूसँग होइन, आफैसँग तर्कीरहन्थें ।

Wednesday, June 5, 2019

मुक्तक : भाटा

माटाका बाटाहरु हिँडियो
घाऊका टाटाहरु छोपियो
देख्नेको आँखा छोपिएन त्यसैले
काँटाका भाटाहरु भेटियो ।

Wednesday, May 15, 2019

मुक्तक : होम

उँभो चढेको देख्नै नसक्ने खुट्टा तान्दिहाल्ने
प्रफुल्ल रमेको देख्नै नसक्ने खुट्टा तान्दिहाल्ने
आत्मियता इर्ष्या-आत्मकुण्ठाको अग्नीमा होमेर
प्रगतीमा फुलेको देख्नै नसक्ने खुट्टा तान्दिहाल्ने ।
5/15/2019

Sunday, May 5, 2019

कविता : यादको सम्झना

कविता : यादको सम्झना

याद हो आईदिन्छ
सोध्दैन
खुरु खुरु, सरासरी आईदिन्छ
न निम्तो चाहिन्छ
न इज्जत चाहिन्छ
निठुरी बनी पुराना करौंतीहरु

Wednesday, May 1, 2019

कविता : दृष्‍टिकोण

कविता : दृष्‍टिकोण
~आविष्कार

जिज्ञासु तिउरीले मेहेन्दीसँग सोध्यो
रङ्ग तिमी पनि भर्छौ र म पनि
गाढा तिमी पनि छौ र म पनि
जगमा तिम्रो गुनगान म किन अद्रिश्य 
जनमा तिम्रो भजन म किन  अदृष्ट

Tuesday, April 30, 2019

मुक्तक : जीवनचक्र

मुक्तक
भाग्दैछ बादल आकाशमा यत्रतत्र
पानी खोजेको कि गन्तव्य सर्वत्र
नभेटेर पो हो कि केही खोजेको
बर्सिदिन्छ भारी भए टुङ्गाएर जीवनचक्र ।
4.30.2019

मुक्तक : अर्थ

मुक्तक
पहाड पछाडिबाट अनव्रत चिहाउँछ सूर्य
पहाड पछाडि आफैलाई लुकाउँछ सूर्य
लुकामारी खेल्दै समय मापन मिथ्या हो भनी
पहाड जस्तो जीवनको अर्थ सिकाउँछ सूर्य  ।
4.30.2019

मुक्तक : झरी

मुक्तक
कहीं पोखिएर झरना बनी दिन्छे  ऊ 
कहीं जमेर दह बनी दिन्छे ऊ
थुनिनु फुक्किनु जम्नु बग्नु मात्र परीचय उस्को
कहीं बर्सेर झरी बनी दिन्छे ऊ । 
4.30.2019

मुक्तक : बानी

मुक्तक
मनका कुरा मनमा थुनी
हजार आकाङ्क्षा पहरेदार चुनी
हाँसोमात्र रोप्छे मुटुहरु माझ
बानी छ उस्को एकान्तमा रुनी
4.30.2019

Friday, April 26, 2019

मुक्तक : मिलिजुली

मुक्तक
पुरीईहाल्यो पोखरी अब रानीमहल बनाउँला
छोरा छोरी परेड खेल्न टुंडिखेल लगौँला
धन्न भुईँचालो आयो सम्पदा खण्डहर आफै बने
मिलिजुली त्यहाँ तिम्रो शपिङमल बनाउँला ।
4.26.2019

Thursday, April 25, 2019

मुक्तक : बिकार

मुक्तक :
यहाँ सबैमा केही न केही कार छ
कोही साहित्यकार छ कोही कलाकार छ
नयाँ गर्ने उत्साह देखेर केही भन्दिन म
सबैमा तर आफ्नो बिकारको किन तिरस्कार छ ?
4/25/2019

मुक्तक : ताज

मुक्तक :
थिएँ म जहाँ तिमी उभिएको छौ आज
सोध्छौ के हो सुखी जिन्दगीको राज
खुल्ला मन, अटल आस्था र आत्मबोध नै त हो पथ
खोज तिमीमै सबै छ भुलेर 'म'को ताज ।
4/25/2019

मुक्तक : गर्भ

मुक्तक :
भोलीको सपना आमा बिर्सिउन् कसरी
अङ्कुरित ममता आमा बिर्सिउन् कसरी
सन्तान थियो त्यो उसैको जस्ले लात बजार्यो
तुहिएको गर्भ आमा बिर्सिउन् कसरी ।
4/25/2019

मुक्तक : मूल

मुक्तक :
पूर्खा स्वभूमी त्यागी बसाई सरे मेरो के गल्ती थियो
जमिनको भागबण्डा राजाले गरे मेरो के गल्ती थियो
जन्मिएँ ,माटो चिनें, मेरो माटो के भन्दै थिएँ
तेरो मूल हैन भनी लखेटिएँ मेरो के गल्ती थियो ?
4/25/2019

Wednesday, April 24, 2019

मुक्तक : विश्वाश

मुक्तक :
प्रितको मातमा रमाउँदै
आत्मियता भव्य कमाउँदै
जीवन फक्रियोस्, झ्याङ्गियोस् विश्वाश
पल-क्षण एकअर्कामा हराउँदै ।
4/24/2019

Friday, April 19, 2019

मुक्तक : बहार

मुक्तक :
निकै भएछ बागमा बहार नआएको
गुलाब बनी मनमा तिमी नमुस्काएको
मौसम फेरिए ऋतु फेरियो समय अबिरल बग्यो
भन बदली भई हरप्रहर किन यादमा छाएको ?
4.11.2019

Sunday, April 14, 2019

English Haiku #2

In the chess board
betrayed by shadow
checkmate.
***************
2019-4-14

लघुकथा : गाली

लघुकथा : गाली
~आविष्कार

धुन्मुन्निदै पर्खाल समत्दै रत्नदास बल्लतल्ल गल्ली को एउटा कुनामा पुग्यो ।

कतै हेरेन उस्ले, गल्लीले अन्धकारको लपक्क दोलाईं ओढेको थियो ।

Friday, April 12, 2019

मुक्तक : जिन्दगी

भोगाइहरु न हो
बोकाईहरु न हो
आखिर जिन्दगी पग्लिएर बग्ने
सोंचाइहरु न हो । 
-------------------
4-12-2019

Thursday, April 11, 2019

18 English haiku#1

Melancholic chatter
Fire wood rumbles
Rattling stomach.
.............
Shadow of sun
Fluttering earth
New creation.
..............
Growling wind
Unsettling doubt
Snapping folk tale.

Wednesday, April 3, 2019

मुक्तक : माया र रक्सी

मायाको ढाक्रो बजारमा सस्तै भो 
स्वाद मदिराको जिब्रोमा धस्तै गो
माया र रक्सीमा

Saturday, March 30, 2019

मुक्तक : आत्मबोध

ऐकन्तिकता चिन्तन उम्रिने माटो
रमझम जात्रा मन तुष्टि गर्ने बाटो
मोक्ष तृप्ति पग्रिन

मुक्तक : अर्पण

मोह सबै त्याग बनोस्
आशक्ति सबै विरक्ति बनोस्
मन-वचन-कर्म अर्पण

मुक्तक : दृष्टिकोण

माटो बलियो भए जरा थाम्छ, जरा बलियो भए  बोट
बाटो अनेक हिंडी अन्त: भेट्छ, होला त्यसमा पनि खोट
देख्ने चिन्ने मान्ने

Friday, March 29, 2019

मुक्तक : इर्ष्या


अगी के थिएँ, यो पल त्यो छुईन
भित्र घोत्लिएको म आफैमा भइन
भन्नुस् कस्को

मुक्तक : ढङ्ग


छालाको रङ्गले
रहनसहनको ढङ्गले
उ जस्तो

मुक्तक : मिथ्या


शिरमा जटा बाँधी उ साधु भयो
आवरण गेरु ओढी उ साधु भयो

मुक्तक : ठेकी


बिउ भेट्यो र दूध दही बन्यो
मथियो बेस्सरी अनी मोही बन्यो

मुक्तक : दुबोहरु


चटकमा भक्ती भेट्छन्
वाचनमा शक्ती भेट्छन्

Thursday, March 28, 2019

लघुकथा : हत्या

 लघुकथा : हत्या
~आविष्कार
 
रामकाईंली काकीले प्रफुल्ल मुद्रामा शानका साथ भन्नु भयो, "हाम्ले बोल्ने भाषा सरकारमा नि चल्दैन, इस्कुलमा नि चल्दैन । के गर्नु इस्कूलमा राम्रो नम्बर ल्याउ पर्छ, जssबो भाषाले गर्दा यस.यल.सि मा गुल्ट्यो भने फेरी ? त्यसैले हामीले त छोरीलाई हाम्रो भाषा सिकाएनौं हौ नानी । पछी चाहियो भने सिकीहाल्छे नि । होईन त माईली बजै ?"

Thursday, March 21, 2019

दुई हाइकुहरु

खोजी रङ्गको
टुसाएको गगन
भग्न ईन्द्रेणी ।
*************
छड्कियो खिर
ओदानी अभ्यस्त छ
ध्वस्त माझेरी ।
**************
2019-3-21

Tuesday, March 19, 2019

लोक गीत : रुमालमा हावा फुरुरु

लोक गीत : रुमालमा हावा फुरुरु 
~आविष्कार

इनारमा रित्तो बाल्टिनी चोपेको 
तिम्ले मुया लाजले मुख छोपेको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

बादल आई आकाशलाई छोपेको
तिम्रो मुया मनमा छ रोपेको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

मुक्तक : हाँडी

फर्सी सुन्तला बनेकाछन्
भगटे मुन्ताला बनेकाछ्न्
चमक्क चम्केर

Tuesday, March 12, 2019

गीत : माईत चाँडै जाउँ हिँड

गीत : माईत जाउँ हिँड
~आविष्कार

माईत चाँडै जाउँ हिँड अब किन कुर्नु
छोरी भनी घाऊ खाटा सँधै किन पुर्नु ।।

पलाँस फुल्छ गुराँस झुल्छ बसन्ती काया
नाम फेरी अनेकौं जोड्छौ तिमी माया
पोख सारा मनका व्यथा बिसाउ बेदना  

Friday, March 8, 2019

गीत : परीधी नाघेर आउ

गीत : परीधी नाघेर आउ
~आविष्कार

परीधी नाघेर आउ तिमी
परीबन्द तोडेर आउ तिमी ।। 

हजारौँ तगाराले रोक्लान
लाखौं तर्कनाले छेक्लान
पाइला सङ्घारमा काम्ला

मुक्तक : स्पन्दन

उडेर प्रतिपल मलाई छुन्छु भन्छे
मेरा पिडा उस्कै अँस्रुले धुन्छु भन्छे
अनेक सम्बन्ध अनेक समर्पणमा आएर
जादुमयी स्पर्षले स्पन्दन भरी हुन्छु भन्छे ।

#आबिष #नारी_सम्मान #अवमुल्यीत_सम्बन्ध #एकदिनेपर्व
3-8-2019

Thursday, March 7, 2019

कविता : कुराई

कविता : कुराई

उभ्रेको माया
उघ्रेको आकाश
धजा फाटेको
गजा छुटेको
रिझाएको
बिझाएको
पुरक मान
आत्मसम्मान

Tuesday, March 5, 2019

मुक्तक : थुना

घैं-कासा भुलियो
मोबाईल गुलियो
अबोध चञ्चलता
भित्तामै थुनियो ।
3-5-2019

Monday, March 4, 2019

कविता : हेपाहा

कविता : हेपाहा
~आविष्कार

हिमालले पहाडलाई झुकेको देख्यो
पहाडले ढिस्कोलाई
ढिस्कोले सम्म भूमीलाई
सम्म भूमीकै धरातलमा
सम्पूर्ण उँचो उभिएकाछन्
भुलवश भुले तिन्ले
बात मार्दा ।

गीत : तगारो भएछ

गीत : तगारो भएछ
~आविष्कार

बल्झिन घाऊ बहाना चाहिने रहेछ
सम्झनाले नै खाटा उप्काउने भएछ ।।
**
गुलाबको लाली चोरी साँझ जब ढल्छ
रन्किएर छाती भित्र आगो तब बल्छ

Friday, March 1, 2019

मुक्तक : तिमी

ओज छ
सोंच छ
बोझ बिसाएर आफ्नो एउटा
खोज छ ।
3-1-2019

Thursday, February 28, 2019

छोटो कविता : घोषणा

छोटो कविता : घोषणा
 
उसैको सृष्टिबाट
अलिकती  सुटुक्क उस्लाई नै
सपटी लिएँ
चमत्कार फुलाएँ
पालुवा पोखाएँ
नतमस्तक च्याउहरुलाई

Sunday, February 24, 2019

मुक्तक : सम्बन्ध

मुक्तक :
~आविष्कार

भालाले रोपेको ठाउँ
कटारीले घोपेको ठाउँ
दुखाईको क्रन्दन कहिले नसुनिने
सम्बन्धले छोपेको ठाउँ ।

मुक्तक : मुखौटो

मुक्तक :
~आविष्कार

 रोपेर शूलको भाला
पहिरेर मुकुटको माला
फेरी फेरी मुखौटो कती हाँस्छौ
देखाएर ऋतुको चाला ।

Wednesday, February 20, 2019

गीत : मेरी माया

गीत : मेरी माया
~आविष्कार

देखीईन चाहन्न मेरी माया
पोखिन चाहन्न मेरी माया ।

गहिरो घाऊ दुख्छ अझै

हास्य मुक्तक : ज्वाँई

हास्य मुक्तक : 
मङ्शिर आयो फागुन आयो बिहे भएन
पिआरवालाले लान्छ कि भन्थें लाग्दै लगेन
बा आमा आकाश जमिन एक गरी खोज्दैछन् रे ज्वाँई
साथी मात्र बनाउँछन्, सम्बन्ध अगी बढ्दै बढेन ।
#हाँसो_को_लागी_मात्र 
2-20-2019

मुक्तक : कोहीकोही

मुक्तक : 

कोही थुनिन्छन र दह बन्छन्
कोही बग्छन र बह बन्छन्
सगरबाट सागर पुग्ने अनन्त धोको
कोही खारिन्छन् र मह बन्छन् ।
2-20-2019

मुक्तक : तिमी

मुक्तक :

झिम्काउँछ्यौ आँखा तिमी बोलाको पो हौ कि ?
मन्दिरमा भेट हुँदा तिमी टोलाको पो हौ कि ?
फुल्यो हिउँ पहाडमा, झरना नक्कल पार्छे
मनभरी फुल्छ्यौ तिमी लोलाको पो हौ कि ?
2-20-2019

मुक्तक : विश्वाश

मुक्तक :

आशिष सारा गुनेर
कष्टका कुरा भुलेर
बढ सङ्घर्शको पथमा 
विश्वाश आफैमा गरेर ।
2-20-2019

मुक्तक : भेट्ने आशा

मुक्तक :

गोँधुली साँझ भई तिमी भेट्ने आशा
बिहानीको लालिमा लिई तिमी भेट्ने आशा
भन कुन समय पोखिन्छौ पर्दा पछाडिबाट
मन्द पवनमा घोलीई तिमी भेट्ने आशा । 

2-20-2019

मुक्तक : बाँध

मुक्तक :

देखेर तिमीलाई पग्लिएँ म
निराकर बादल झैं बद्लिएँ म
पोखिउँ तिमी सामु नराखी बाँध कुनै
थोपा थोपा भै छल्किदिएँ म ।

2-20-2019

मुक्तक : असिना

आँसु लुकाई हाँस्नु पर्दो रहेछ
डर लुकाई बाँच्नु पर्दो रहेछ 
परेको पानीमा पग्लेर जाने असिना नबनी
सम्बन्ध फुकाइ जाँच्नु पर्दो रहेछ ।
2-20-2019

हास्य मुक्तक : माल नक्कली

कैलाशको डाँडा माथि फायर हान्न गाको
शिव जिका चेलाहरु जुलुस बानी आको
गूsssड् हुने एउटै साझा चाह
हन्टिङमा फेला पर्या माल नक्कली पो भाको ।
#पीडाकादिन 
2-20-2019

मुक्तक : राज

आजको महल भोली तबेला होला
आजको साइत भोली कुबेला होला
जान्नेहरु भन्छन् नि सबैलाई राज खोल्न हुँदैन
आजको मह भोली करेला होला ।
2-20-2019

Tuesday, February 19, 2019

मुक्तक : फेस्बुकमा

मुक्तक :
कोही भोट् माग्दैछन् फेस्बुकमा
कोही उपदेश फलाक्दैछन् फेस्बुकमा
ठुलो माध्यम भेटेका छौं मानवजातीले यहाँ
कोही जङ्गिदै नाङ्गिदैछन् फेस्बुकमा ।

Friday, February 15, 2019

मुक्तक : भेल

मुक्तक
सबैलाई खुसी पार्न सकिन्न
हरेक कुरालाई बार्न सकिन्न
डुब्छु भनेर भेलमा हेल्लिनेलाई
काँध चढाई तार्न सकिन्न ।
2-15-2019

मुक्तक : यादहरु

मुक्तक:

अनायसै किन किन रुन मन लाग्यो
तिम्रो तस्विर आँसुले धुन मन लाग्यो
हिजोमा बाँच्ने गलत हो गीताले भन्छ
तै पनि यादहरु तिम्रा छुन मन लाग्यो ।

मुक्तक : तुस

मुक्तक:

भारी यो मन भिजेको कपास सरी
जारी यो जलन जलेको भूस सरी
पोखिने कसरी हो, भरी कहाँ छु खै
मारी यो किरण राखेको तुस सरी  

Thursday, February 14, 2019

मुक्तक : मन्यता

मुक्तक:

तिमी गुराँस हुँदा म सुनौलो सुनाखरी भईदिउँला
तिमी कोईली हुँदा म डाँफे चरी भईदिउँला
उर्लेर खोला भात्काउँदै मन्यताका बाँधहरु पुग्ने आखिर सागर मै हो 
तिमी संघर्ष हुँदा म खुशी मन भरी भईदिउँला ।

गीत : तिम्रो माया

गीत : तिम्रो माया
~आविष्कार

तिम्रो अभावको जलनले पोखिएँ
तिम्रो दूरीको तड्पनले घोचिएँ ।

बसन्त आयो शिशिर आयो

Wednesday, February 13, 2019

मुक्तक : के रहर

मुक्तक:

आँसुको डुबानमा रम्नेलाई तैरिनुको के रहर
बेहोसीको तूफानमा रम्नेलाई बौरिनुको के रहर
भग्नता बाध्यता नबनेर रगतमा घुलेपछी
कुँजिनुको पिडामा रम्नेलाई दौडिनुको के रहर ।
2019-02-13

Friday, February 8, 2019

मुक्तक : छल

कौशिकईन्द्र छल्छन्,अहिल्यामा गौतम बर्षन्छन्
बिष्णु आई छल्छन्,ब्रिन्दा पतिबियोगमा पिल्सिन्छिन् 
भोग गर्ने छलीया स्तुत्य, छलिने सजायको भोगी
पौरुष्य देखाइ छल्छन्, निरपराधीहरु भोग्यामा गनिन्छन् ।।

Note : भोग्या = बेश्या

Wednesday, February 6, 2019

मुक्तक : अझै बढी

मायाको गाँठोमा कसिउँ अझै बढी
पिरतीको गहिराईमा डुबौं अझै बढी
बहाव रोक्न सक्ने को समयको ?
एकै धारमा पोखिएर बगौं अझै बढी ।

मुक्तक : प्रितीको समय

मायाको धागोले फाटेको समय सिलाउँला
विश्वाशको सलेदोले विषादको समय टुक्राउँला
तिमीमा म, ममा तिमी फरक कहाँ पो छ र ?
भावनाको आडले प्रितीको समय फुलाउँला ।।
- आबिष
#प्रेमोत्सवको_एक_अर्को_समय_पल_साल

Friday, February 1, 2019

लघुकथा : गुरुको सम्मन

लघुकथा : गुरुको सम्मन
~आविष्कार

हिजोआज ऊ बिस्तारै कक्षामा छिर्थी । डराएको भावमा यता उता हेर्थी । पछील्लो केही सप्ताहदेखी ऊ मौन रहन्छे ।

कसैले आँखाको कुनौटोबाट उसैलाई त हेरेको छैन ? बिकास किन मलाई हेरिरहेकोछ ? विश्वाश मलाई हेरेर किन खास्खुस गरेको होला ?

Tuesday, January 29, 2019

गजल : भिजाउँछे सानी

भिज्दिन भन्छु भिजाउँछे सानी
रिझ्दिन भन्छु रिझाउँछे सानी ।

भागुँ म, कहाँ भागुँ अब
आउँदिन भन्छु डोहोर्याउँछे सानी ।

Monday, January 28, 2019

मुक्तक : र त बात छ

चुत्रो काँडाहरुको बिचमा छ र त स्वाद छ
ऐँसेलो काँडाहरुको बिचमा छ र त स्वाद छ
काँडाको घोचाई बिना प्राप्तीको के मज्जा
गुलाब काँडाहरुको बिचमा छ र त बात छ । 

मुक्तक : निराशा

पुरिएर यादहरुको थुप्रोमा
हराउँछु वाचाहरुको झुप्रोमा
सत्य मिथ्या बनेको पल
बानीइन्छु निराशाहरुको कात्रोमा

Friday, January 25, 2019

हिन्दी गजल : आदमी कि शिकार

​हिन्दी गजल : आद्मी कि शिकार
~आविष्कार

आदमी आदमी कि सिकार क्यों है
बेमत्लब सान कि दरकार क्यों है ।

युँ तो सब बैठें हैं हात फैलाए
मन्दिरों मैं लम्बीलम्बी कतार क्यों है ।

Wednesday, January 16, 2019

गजल : आज भोली

~आविष्कार

पखाल्न मन रोउँ रोउँ लाग्छ आज भोली
रङ्गीन सिउँदो धोउँ धोउँ लाग्छ आज भोली ।

मायाको सम्बन्धमा कसी केही चाहिँदैन भन्थे
सम्झनाको हिरा फोरुँ फोरुँ लाग्छ आज भोली ।  

गजल : आफ्नो ठान्दिन

~आविष्कार

मलाई ऊ अझै आफ्नो ठान्दिन
किन हो अझै आफ्नो मान्दिन ।

परेलीमा सपना शायद अरु नै थियो
बिपना मेरो, ऊ आफ्नो गन्दिन ।

मुक्तक : बगैँचा

तिमी पनि लुकी लुकी मलाई नै हेर्छौ रे नि हो ?
तिमी पनि झुकी झुकी मेरै बाटो हेर्छौ रे नि हो ?
मायाको बगैँचामा रङ्गीचङ्गी सपना फुलाउने रहर
तिमी पनि रुकी रुकी आफैलाई मेरै सपनाले घेर्छौ रे नि हो ?

मुक्तक : भाउ

हैन अचेल त्यस्तरी आँखा किन तर्छौ
सुवास प्रितीको अलिकती मात्र  छर्छौ
आउ अहिले भनेको मान्दैनौ, भाउ नखोज है  
चाउरी परे पछी अनी बुढोको फेल पर्छौ ।

Tuesday, January 15, 2019

मुक्तक : चाहना

अनवरत दौडसँगै नपुगी कहीँ दौडिरहेछु
अबिरल समयसँगै थुनिएर यहीँ पौडिरहेछु
बहाव परिवर्तनको समिधा हो भन्छन्
अविराम चाहनासँगै आवर्तनमा होमीरहेछु ।
- आ'बिष' (Note : आवर्तन = return back)

मुक्तक : बन्धन

गगनमा रम्नु पएर धर्तीमै गोडी
मस्त पवन बन्नु चिन्ता खल्तीमै छोडी
यायावर मन कस्ला यौवनमा गाँठो 
स्वच्छन्द पौडिनु बन्धन सबै तोडी ।
-आ'बिष'

Friday, January 11, 2019

गजल : प्यासी मन साजै छ

~आविष्कार

रसिलो कसिलो प्यासी मन साजै छ
नरम प्रेमिल सम्बन्धमा पनि धाँजै छ
 
नजरको बाण चिरेर जान्छ दिल
चोट त्यो मुटुमा अझै ताजै छ