आकाश रुन्छ साउन झरी भै
विश्वाश टुट्यो जिन्दगी भरीलाई ।
त्यही मोडको पिपलु चौतारी
बतास रोयो जग भरी भौंतारी
ओसिलो साँझ सम्झाउँछ पिरती
चट्याङ पर्छ मनमा ऐंठन भै ।
मृत आशा दोबाटो ढुक्दैछ
खोली सानो उफान कुर्दैछ
बोझिलो मन ब्युँताउँछ सम्झना
थुप्रिदिन्छ बगरमा बलुवा भै ।
7/24/2019
No comments:
Post a Comment