Thursday, February 11, 2021

लघुकथा : कन्फिडेन्स

लघुकथा : कन्फिडेन्स
~आविष्कार

प्लेनमा तीन सिट्मा म छेउ, उ बिच्च र उहाँ झ्यालमा थियौं । मैले भने, परदेशको यात्रामा अरुको ठाउँ, मलाई केही बोक्नै डर लाग्छ । ओठ लेप्र्याउँदै उस्ले भन्यो, "त्यही भन्या अर्काको ठाम् के हो के हो । म त केही कहिले झुक्किएर पर्यो कि भनेर थर थर हुन्छु।" उहाँले भन्नू भयो,"पहिलो पटक साउदी जाँदा म नि त्यस्तै थिएँ, गुट्का लगेको, खैनी लगेको, समात्ला भन्ने कत्रो पिर। अनि पछिल्लो पटक अम्रिका जाँदा माछा, मासु, अचार, खाना छ ब्याग्मा भन्यो है। मैले ब्याग भरी भए नि कन्फिडेन्स्का साथ छैन भन्दिएँ। आखिर कन्फिडेन्स भन्या कन्फिडेन्स हो नि ।" अनि यति भनेर उनी मपाईंत्वको मुस्कानमा फुरुक्क फुले ।