Sunday, November 6, 2022

Muktak : पुच्छर

 पुच्छरले पुछारमा आफूलाई देख्छ सँधै
रिसरागको आगोमा आफूलाई सेक्छ सँधै
अपूरो ज्ञान अनी अधुरो बिबेकको आडमा
अगाडि बढ्नबाट आफैलाई छेक्छ सँधै ।।

Wednesday, March 2, 2022

प्रथा

 थोरैले मात्र बुझ्छन् व्यथा तिम्रा
बाँकी चाहन्छन् सुन्न कथा तिम्रा
भूसको आगोमा खरानी मात्र देखिन्छ
बनिदिन्छ आमोदी पिल्साई प्रथा तिम्रा ।।
 

Monday, February 28, 2022

साथ र साथी

 म फूलले दिएको काँडा पनि स्विकर्ने मान्छे
म अहम् रिस्-राग सबै धुत्कार्ने मान्छे
साथ र साथीको लागि सबै जायद ठान्ने  
म माया प्रेम विश्वाशलाई पुकार्ने मान्छे ।

Tuesday, February 22, 2022

मुक्तक : होड

 जिन्दगीले कस्तो लियो मोड त्यो
छुटाई सारा अगी बढ्ने होड त्यो
मन अमिलो अतितमा ढल्किँदा
ठिहिमा रित्तिएर उभीईरह्यो ढोड त्यो ।।