Monday, December 31, 2012

कविता : यो मन्दिर हो


यहाँ हरेक को खुसि परिस्थितिको धारले रेटीन्छ  
प्रत्यक खालि मुटुमा अमर नाम अन्जानै लेखिन्छ

एउटीको मुटु चिरेर अर्कीको सिउँदो भरिन्छ
पाउनु र गुमाउनुलाइ भाग्यको तराजुमा जोखिन्छ


प्रेमको कथा अन्त्यमा व्यथा बनाई बजारमा बेचिन्छ
हो, यो एउटा बजार हो
यहाँ प्रत्यक मायाको मोल तोकिन्छ
यहाँ हरेक हाँसोलाइ बलिन्द्रधारा आँसुले सिन्चिंछ
मस्त जीवन निसास्सिएर रोकिएको हरेक कुनामा भेटिन्छ
असिमित चाहना र सपना लखेटिरहेको आत्मा, मौन भोलिमा थामिन्छ
हो, यो एउटा बधशाला हो
यहाँ प्रतिपल चंचल हृदयाभाव गिंडीन्छ
भोक र भोगको तुवाँलोमा ब्यर्थै धसिंछ
पबित्र एवं अनुपम प्रेम त्यागको कैदमा थुनिन्छ
अनि भन्न मन हुन्छ ,
यो मन्दिर हो ,
त्यागको मन्दिर ,
खुसिको मन्दिर ,
प्रेमको मन्दिर ,
पुजाको मन्दिर
जहाँ भगवान हैन माया पुजिन्छ ..


- आ'बिष'

Friday, December 28, 2012

कविता : एउटा छुट्टै नयाँ बर्ष

नवपालुवा मुनाउन नपाउदई निमोथिएको जस्तो
तापमा तपेको कसौंडीको छड़कीरहेको ढकनी जस्तो
धुबको बेजोड चमकले तर्सिएको मानसपटल जस्तो
कृत्रिम औपचारिकतामा अल्झिएको भावना अटल जस्तो
त्यसै फ्याकिएको प्लास्टिकको खोल नारीको अस्मिता जस्तो
म मा सुरु अनि अन्त्य भएको मानवता एउटा बिस्मिता जस्तो
मानिस आज क्रुद्ध छ , मौनतामा बिलिन बुद्ध छ
नैतिकताको बाटोमा धेरै तोड अनि मोड छ , अगि बढ्ने होड छ
मरेका आत्माहरुको जिउँदा शरीरहरुमा आधिपत्य भए जस्तो
दिनहुँ पुजिने अनि ताल्चा भित्र चिसो मन्दिरमा थुनिने  भगवान जस्तो
प्रायोग पश्चात त्यागिएको कुच्चिएको चाहुरिएको त्यो सजल अनुहार जस्तो
बन्द ओठ व्यथासरिताले टम्म भरिएको मन तर विनोदी जीवन जस्तो
इश्वोराग्यामा इश्वरलाइ नै अर्को इश्वोर्ले लछार-पछार गरे जस्तो
हिजोले आजलाइ भड्काएर पड्काएर भोलिलाइ सल्काए जस्तो
गौरबको टाउको अहंको जलपले झिल्मिलाये जस्तो
बिबेकले आदर्शलाइ धुवाबनाइ सन्तोष मनाए जस्तो
सौन्दर्य खोज्दै भमरा सरि कमल भित्र बिलिन भए जस्तो
येश्वोर्यको बाक्लो तुवाँलो भित्र सिर्जना रुमल्ले जस्तो
जीवनको रिसानी भाग्यको बिर्सना जस्तो
डुबेको एउटाले चुडिएको डोरी थमाई माथि उत्र भने जस्तो
असिद्धि तिर्सना अगस्थी चाहना मुढ सपना जस्तो
नामले विशेषणको लागि सर्वनाम त्यागे जस्तो
अनित्य पल ददिप्यामान आशाको परिबन्दमा भासिए जस्तो
निरभ नयनले केहि कहिँ नुतन निश्छलताको पदाभाश पाए जस्तो
दानवताले मानवताको आवरण ओढे-ओढे जस्तो
प्रत्यक दुलोहरुबाट एउटा निसास्सिएको सास रोए-रोए जस्तो
दबेका बेदना चाहना अनि भोकको रापमा पिल्सिए जस्तो
मुटुहरुमा बुझो लगाउदै हरेक दिन एउटा नाटक जिए जस्तो
प्रश्नले प्रश्नलाइ प्रश्न गर्दा जवाफ प्रश्नै पाए जस्तो
मान्छेले मान्छेलाइ मान्छे बनाउन काल हातमा थमाए जस्तो
खै कस्तो कस्तो यो बर्ष त खै कस्तो
तर  पख्नोस !!
निराशा , निशा , बितृष्णा बाट अन्धकारमय भोलिलाइ आजले डोहोर्याउने छ
नबिन सुर्योदय संगै थुनिएको भमरा कमल बाहिर फेरी रमाउने छ
मौनता तोडेर अनिशासंगै नवआशाले एउटा नया अन्तरा गुनगुनाउने छ
हरेक अविष्कारसंगै एउटा जीवन नया दिन नया बर्षमा फक्रिन पाउने छ
आस्थाको ध्वनिले ति हरेक पललाइ अझै अघि धकेल्ने छ
भूबनका कुनकाप्चामा आत्मियेता अनि सद्भावको बास्ना मग्मगाउने छ
हरेक समजाबृतिमा रहेका बन्धन हरेक नेल तोडेर हावामा सद्चित्त फरफराउने छ
स्वछ , निर्मल , शौम्य , शान्त भावना अङ्कुरित भै झ्याम्मिने छ
भाइचारा एवं स्वाभिमान सौभाग्य भै मुस्कुराउने छ
टाढाको धिप-धिप दिग्मिगाइरहेको नया बर्षको नशा अनि प्रकाश प्रत्यक नयनमा जगमगाउने छ
अनि भन्ने छ
यस्तै यस्तै हुनेछ नयाँ बर्ष ,
बस विश्रान्ति भरिएको बर्ष ,
अनन्त आनन्दको बर्ष ,
हर्ष-प्रेमको बर्ष ,
ललित-कला को अनुपम बर्ष ,
मनोशान्ति अनि मनोबिनोदको बर्ष ,
एउटा छुट्टै नयाँ बर्ष , हो यस्तै यस्तै हुनेछ नया बर्ष , बस यस्तै ..

-आ'बिष'
(12/28/2012)

Saturday, September 8, 2012

कविता : जानै पर्छ

आएका छौं त एक दिन जानु पर्छ।।।
मान्छे किन हो जिबन सँग एती प्रेम गर्छ।।।
जिबन्-म्रित्यु एक अर्का लाई आँखा तर्छ।।।।
तरपनी जीवन मृत्‍युबिन नितान्त एक्लो पर्छ।।।।

माया के हो मृत्‍यु लाई सोध।।।।
जीवन सँग उस्को सदा लुकामारी।।।।
नराम्रो जती भाग्य लाई छोड।।।
भाग्य कर्म मृत्‍यु जीवन सधैं खेल्छन जुहरी।।।।
फेरी पनि म भन्छु तिमी ले मान्नै पर्छ
आएका छौं त एक दिन जानु पर्छ....

यहाँ यथार्थ त जिउनै पर्छ।।।।
सपना त तेस्सै मर्छ।।।।
पूरा हुने त भाग्य मानि रे।।।
नहुने को आसू सँग हुनेछ बिहे।।।।
म फेरी पनि भन्छु
जीवन मृत्‍युबिना नितान्त एक्लो पर्छ।।।।
आएका छौं त एक दिन जानै पर्छ

-A'bish'
March 26, 2009 

..टाकन टुकन छोटो कविताहरु .....


"धेरै छन बाँकी सिख्न मित्र"
यहाँ मान्छे मान्छेमा सोच फरक पर्छ...
बिचरा जिउनको लागि नाटक धेरै गर्छ....
आफ्नो स्वार्थ को लागि उ हरेक बाटो टेदो देख्छ...
शायद यहाँ ढोङ् स्वार्थ नै मात्र तिमी ले देख्योउ..
शायद जिबन मा तिमी ले येतीनै मात्र सीख्योउ...
यहाँ धेरै छन बाँकी सिख्न मित्र....
बन्धु कहाँ decide गरी हालेको अझै छ बाँकी धेरै जीवन भित्र....
March 30, 2009 


"मनका इच्छा"
मनका इच्छा सबै पूरा हुँदैन
कहिले कही भोले कृपाले नि छुदैन
मन का पिडा नयन जल ले नि धुदैन
कष्टको समय मा काल ले नि हेर्दैन
तैपनी भाइ मन दुखाउनु पर्दैन
सदै दिन एउटै एउटै हुँदैन
खुशी र आनन्द ले भर्नेछ
तैपनी म भन्छु भाइ
मन का इच्छा सारा पूरा हुँदैन....March 15, 2009


"सक्दिन म"
माया मा मान्छे डुब्न खोज्छन उत्रिन होइन
आँसु कती छछल्कियो तर पनि यो मन ले मानेन
माया मा म पर्दिन भन्दा पनि एसै मा फेर्की रहन्छु
सक्दिन म भूल्न तिमी लाई कहिले बास एती कहन्छु...
मलाई माया एती देउ सम्हाल्न जो म सदा सकूं
माया मा पुरिदेउ मलाई मरेपछी पनि एसै मा रमी  रहूँ...


"पैसा"
यहाँ पैसा को कदर हुन्छ माया को हैन...
यहाँ हुने लाई सब छ नहुने लाई छैन...
डूबिन्छ रे यहाँ अरु को सोच्दा ....
नजनिदो दुख्छ कुराले घोच्दा....
आघी बढीन्छ रे selfcentered हुन रोज्दा....
तैपनी हामी समाज कै सोंच्छौं
अरु कै माप्डण्द अनी बन्दन लाई रोज्छौं...
अब त परिवर्तन गर्नु छ आँफैलाई
म आजै देखी भन्छु पुरानो शैली bye bye.....


"तिम्रो माया"
तिम्रो माया मलाई साधेको भोगटे भयो.....
हेर्दा मुख मा पानी आउने
खाँदा गला मा टोन्सिल बद्ने डर भयो.....


"नाप्नै सकिन "
सम्झिदा मात्र पनि ती दिनहरु मन तरगिंत हुन्छ
टोलाउदै बस्दा यादमा आंसुले गाला चुम्छ
खै माया कती छ भनुँ नाप्नै सकिन
मनको कुरा मनमै दब्यो मुखमा ओर्लेन
खै माया कती छ भनुँ नाप्नै सकिन ।।
-आ'बिष'
March 26, 2009

 "च्यापिएको माया "
समयको ताप र परिस्थितिको सनासोबाट च्यापिएको माया ,
प्रितको राप अनि बिश्वासको ओज मा दरिलो भयो तिम्रो र मेरो
आँशुको बलेसी र समाजको चुलेसीमा रेटिएको प्रेम ,
आस्थाको कसी र रगतको मसि मा कुँदिएको साईनो भयो तिम्रो र मेरो
1-10-2013

sapana

man ko kura kholna ta kholeko thiye....
tesaile hola aafno jiban ma bish gholeko thiye.......
nakholeko bhaye kehi aaja aasha hunthyo......
man le at least kehi sapana ta bunthyo...

timi bhayeko bhaye jiwan mero Phool hunthyo...
aaja eklai ma woyilayeko chu....
maya ma timro doobnu mero lagi vool vayo...
man le at lwast kehi sapana ta bunnevayo.....

dar man ma mero sadaa thiyo.....
barsau dekhi man le rahar thupareko thiyo....
timro saath ra maya ko vaar bokchu vanne thiyo....
man le at least kehi sapana ta bunekai thiyo...

timi bilin bhayou mero sansar tyagi....
aaja maele man ko kura bhannu bish vayo...
tada rahera bhaye pani maya garna biwash bhaye...
aaba man le sapana bunna chodyo...runa chodyo...sayed maryo.....bichara pidit man...

Abish
Monday, March 23, 2009 at 11:51pm
(Dherai dherai pahila ko euta kabita bhettaye....yaha rakhi haley aba)

Wednesday, August 29, 2012

कविता : तिमी मेरो सामु आउनु

मन कुँडिएको पल , आश चुँडिएको पल
तिमी मेरो सामु आउनु मलाई अँगालोमा बाँध्नु 

माया च्यातिएको पल , विश्वाश फाटीएको पल
तिमी मेरो सामु आउनु मलाई मधुर प्रेमरस पिलाउनु 

मुटु रित्तिएको पल, जीवन चर्किएको पल
तिमी मेरो सामु आउनु मलाई मायामा डुबाउनु

सम्यम चिरिएको पल, भावना गिँडिएको पल
तिमी मेरो सामु आउनु मलाई आँखामा लुकाउनु

समय पागल भएको पल, सोँच बादल भएको पल
तिमी मेरो सामु आउनु मलाई भाका बनाइ सुसाउनु

रात अनिदो भएको पल, उत्कट जलन भएको पल
तिमी मेरो सामु आउनु मलाई शितल स्‍मृतिमा खेलाउनु 

त्रिष्णा आकाशीएको पल, सम्झना बतासीएको पल
तिमी मेरो सामु आउनु मलाई मुस्कानमा झुलाउनु  

इच्छा बलत्क्रित भएको पल, बर्तमान तिरस्क्रित भएको पल
तिमी मेरो सामु आउनु मलाई भोलीमा भुलाउनु

परिस्थिती झुक्किएको पल, भाग्य चुक्कीएको पल
तिमी मेरो सामु आउनु मलाई निरिह भगवान बनाउनु

तिमीबाट टाढिएको पल, जीवनसंग आत्मा बाँडिएको पल
तिमी मेरो सामु आउनु मलाई खरनी बनाइ सिउँदोमा सजाउनु ।।

-आ'बिष'

Sunday, May 13, 2012

कविता : याद

माया र यादमा सारै पिल्सियेछ मन
बिर्सन खोज्छु बल्जिंछ झन् झन्
सम्झेर रसिलो चोट  कति पटक जीवनलाई निचोरेर पछार्छु
मीठो हिजो खल्लो आज अनि तितो भोलि बनौछु
हरेक कथाको एउटा व्यथा अनि हरेक व्यथाको एउटा कथा यहाँ
सुन्यौ कि सुनेनौ तिमीले तिम्रो मेरो गाथा गाउँछु  आजकाल जहा-तहाँ
आसुले तिम्रो तस्बिर मुटुबाट पखाल्न खोज्छु
तर तस्बिरमाथि जमेका धुलो मात्र पखालिदारहेछ
हरेक पल हरेक क्षण तिम्रै यादमा सारै पिल्सियेछ मन
बिर्सन खोज्छु बल्जिंछ झन् झन् ||

-आ'बिष'

Thursday, May 10, 2012

लघु-कथा : एउटा ठुलो हतियार

लघु-कथा

त्यो मुजा पर्या अनुहारमा जति पाउडर र के के जती ति किरिम घसे पनि ति मुजा लुक्ने हैनन हेर्नीले हेरिसके बाबै तिम्लाई , एक चुप्पा मोइ खाँदा पनि मुखै भरी ओठैभरी सेतो लाग्छ जिब्रो नै अमिलो हुने गरेर। तिम्लाई थाहैछ मलाई तिमी काली-काली , बुढी-बुढी , त्यो खप्टेको दाँत र त्यो रेसाएको छालामा पनि देखिने खोपिल्तो परेको गालामै कती हिस्सी लाग्छ भनेर तैपनी किन यो दशपत्र अनुहारमा दल्छे ।

हैन कस्लाई देखौनु छ , अझै कतिलाई मार्ने बिचार  बिचरा ति सोझा-साझा , फेरी कयौ धल्ने भये आज एसरी नदल न किरिम्-सिरिम ।

उ मक्ख थिएए तर मेरो मनमा मकेअप धेरै नगरोस र पार्टिमा झट्टै निस्किन पाउँ भन्ने थियो । मेरो कुरालाई कानमा तेल हलेर सुने-नसुने झै गर्दी उस्ले अनी पहिले झै बिस्तारै आफ्नो काजकृयामा ब्यस्त रही ।

एतिकैमा मैले झसङ्ग सम्झे र उस्लाई सुनाएँ 'म अर्को हफ्त बिहीवार २ हफ्तको लागि सिङगापुर जाँदैछु , श्रीमती पनि लान पाईन्छ , जन्छेस ?' उस्ले फरक्क फर्केर मलाई हेरी ।

माथिल्लो ओठमा मात्र लिपिस्टिक लगएकी र कपाल छोडेकी भएर उ बिछट्टै राम्री देखिएकी थिई , उमेर दश-पत्रले ढाकिसकेको थियो अगिनै ।

उस्ले हत्त न पत्त सोधी 'सपिङ गर्न टाइम पाईन्छ, मैले हिजो मात्र नयाँ लिपिस्तिक र त्यो प्रिया छ नि के त त्यो सेरिअलको तेस्ले लगाको फाउन्डेशन सिङापुरमा मात्र पाईन्छ भेनेर गृह-लक्ष्मी पत्रीकामा पढेको मलाई त्यो किन्दी..... " भनेर उ टक्क रोकिई ।

मैले झोक्किदै भनें 'सुंगुरलाई स्वर्ग जान्छस भन्दा त्याँ गु पाईन्छ भन्या जस्तो , आफु चैं बुढीको मायामा उसँग समय बिताउँ न त भनेर लागेको यो आईमाईको जात सपिङ र मके-अप मै अद्क्याछ ।'

उु त कुना फर्केर सुक्क सुक्क गर्न थालिहाली । अनी किन चाउरिस मरिच आफ्नै पिरोले भन्या जसरी आफ्नो बचन र नजर कुनामा फ्याकेर उश्को श्रिङारपटार सकिने प्रतिक्ष्या गरेर घोस्सिएर बसें । म माथि आज फेरी ठुलो हतियार प्रायोग भयो । एउटा ठुलो हतियार ।

- आ'बिष'

Wednesday, May 9, 2012

म एउटा आधा मान्छे

म एउटा साधा मान्छे,म एउटा आधा मान्छे
अस्तिन कहिले पो हो सानो माया रोपिरहेथें
जल-मल हालेर माया-साथ छरेर हुर्कैसकेथें
झार-पात पन्छाउँदै तेस्लाई गोडीरहेथें
मौलाउँदै पलाउँदै हुर्‍केको आँफैले देखेथें
एक्कासी एक बिहान त्यो मायाबोट देखिन
हत्तासीएँ निस्सासिएँ
सेलाएको त्यो शरीरलाई च्याप अन्गालोमा बधें
भुक्लुक्क त्यहीं ढले अनी आफैलाई भेटिंन
म एउटा साधा मान्छे,म एउटा आधा मान्छे ।।

किताबमा छ रे ढुङ्गामा छ रे ईश्वर
अबिर दलेको ढुङ्गालाई सोधें
बन्द गरेको किताबमा खोजें
पीडितलाई पिडा थपिन्छ किन
चोखो माया जोखिन्छ किन
किताबले केही भन्नै सकेन
पथ्थर केही बोल्दै बोलेन
म एउटा साधा मान्छे,म एउटा आधा मान्छे ।।
-आ'बिष' (1-21-11)

मुक्तक : रोइबसेको छु


मसँग के छैन त्यो सम्झी रोइबसेको छु
आफ्नो सपना-लक्ष्य आँसुले धोइबसेको छु
पखलिएर मातोमा मिलिसकेको आश खोजी बसेको छु
मसँग के छैन त्यो सम्झी रोइबसेको छु ।।
-आ'बिष'

म त्यस्तो देश को नागरिक हो

म त्यस्तो देश को नागरिक होजहाँ आदेश को पालन गरिन्नन
जहाँ बुद्ध को बचन् पालन हुन्नन
जहाँ मान्छेले मान्छेलाई छुन्नन
जहाँ दाइले भाईलाई लूट्छन
जहाँ बुढाले बुढी कुट्छन ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ आफ्नोहरुले आफ्नोलाई सिलौटोमा पिन्छन
जहाँ बाबुले बम्बैमा आफ्नै छोरी बेच्छन
जहाँ दिनभरीको भोक रक्सी सँग पिउछन
जहाँ बिदेशिसँग हरेकदिन हाथ फैलाए माग्छन ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ बाबु-आमालाई मिल्छ ब्रिध-आश्रमको चिसो छिडी
जहाँ छ्याङ चुरोट र गान्जामा भूलेकोछ नयाँ पिडी
जहाँ सबलाई पाप धुन धाउनुपरेको छ पाशुपतको सिडी
जहाँ सबैलाई चाडनुपरेको छ मोटरबाइक र गाडी ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ हरेक मान्छे राजनीतिमा हुन्छ
जहाँ पिउन-हाकिम एक्कै भत्तिबाट निस्कन्छ
जहाँ घुस् बिना हजुरको फाइल पिउनकै टेबलमा अड्कन्छ
जहाँ कुरै नबुझी जनता तेस्सै भड्कन्छ ।।।

म त्यस्तो देश को नागरिक हो
जहाँ ढुङ्गालाई भगवान पुज्ज्छन
जहाँ सिधाकुरोलाई घुमाएर बुझ्छन
जहाँ नभएको कुरो बनाएर बेच्छन
जहाँ फाईदाकोलागी माया लाउछन ।।।

सचिकै सरापेकी रहिछन सतिले
छोडेन पिछा देशको दुर्गातिले
तैपनी बाँकी छ आझै केही आश
गरुन लक्ष्मीले मेरै देशमा बास
दुर्गातिलाई फ्यकेर मेरो देशमा प्रगती आओस
झगडालाई त्यागेर मेरो देशमा शान्ती छाओस
केही गरुँ आबत जाग हे जनता
चुप्प लाग्ने कती दिन तिमी आँफै भनत ।।।

आ'बिष'

This was my Nepal.........


This is my Nepal now.........



Where is Nepal that we loved....that we asked for....???

कोही नेपाली भएनन

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन्

हरेक मान्छे धनको धनि देश कंगाल नै रह्यो
हिजोका हामी-हाम्रो आज म - मेरो मात्र भयो

रगतले सजाएको सपना नै कौडीमा बेचीएछ  
आमाको छातीमा हात हालेर सिमाना फेरी मिचीएछ

खेत-बारी मैदान बन्न हतारो गर्दैछन
जोत्ने ति हातहरु सपना बोकेर हराउदैछन्

यहाँ ब्वाँसाहरु खेल खेल्न मै ब्यस्त अनि मस्त छन्
शायद अमुक निर्धा भेडाहरु हेर्न मै अव्यस्थ छन्

चारै दिशा घुमी घुमी कचौराहरु तेर्सिरहेछन
मन्दिरको कमाई याद रहे भगवानलाई त बिर्सिरहेछ्न

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन् ||

-आ'बिष'

कविता : जिउनै छाडिदिन्छु

ऊ मलाई उस्को सामु नआउ भन्छे
उश्ले अब त मलाई पराया ठान्छे
किन हो उ मलाई जड्याहामा गन्छे
उस्लाई के थाहा म उस्कै मायामा पिउदै छु
म उस्कै अभाबमा जिउदै छु
एक फेर नपिउ भनेर त हेर
एक फेर नजिउ भनेर त हेर
म पिउनै छाडिदिन्छु म जिउनै छाडिदिन्छु ||

-आ'बिष'
********************************O**********************************

Tuesday, January 24, 2012

कविता : बन्द बाकस भित्र आज एउटा लाश आएछ



आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ

भन्थ्यो सारा संसारको सुख तिमीलाई दिन्छु
आफु मात्र हैन तिमीसाथ हुँदा संसारै बिर्सिन्छु

सुटुक्क कानमा माया गर्छु तिमीलाई भन्थ्यो लजाएर
गयो पर्देश उ भबिश्यको स्वर्निम सपना कती सजाएर

डर लाग्छ यो बन्द बाकसले भोली को बोकी आउने हो
फर्क मेरो माया आफ्नै देशमा केही गरेपनी त भो

सम्झी यो बाकस उकुश्मुकुसिएको मनको तडप उर्लिरहन्छ
भोको-पय्सी तिमी घोटिरहँदा आत्मा मेरो यहाँ जलिरहन्छ

आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ ।।

-आ'बिष'