Monday, December 31, 2012

कविता : यो मन्दिर हो


यहाँ हरेक को खुसि परिस्थितिको धारले रेटीन्छ  
प्रत्यक खालि मुटुमा अमर नाम अन्जानै लेखिन्छ

एउटीको मुटु चिरेर अर्कीको सिउँदो भरिन्छ
पाउनु र गुमाउनुलाइ भाग्यको तराजुमा जोखिन्छ


प्रेमको कथा अन्त्यमा व्यथा बनाई बजारमा बेचिन्छ
हो, यो एउटा बजार हो
यहाँ प्रत्यक मायाको मोल तोकिन्छ
यहाँ हरेक हाँसोलाइ बलिन्द्रधारा आँसुले सिन्चिंछ
मस्त जीवन निसास्सिएर रोकिएको हरेक कुनामा भेटिन्छ
असिमित चाहना र सपना लखेटिरहेको आत्मा, मौन भोलिमा थामिन्छ
हो, यो एउटा बधशाला हो
यहाँ प्रतिपल चंचल हृदयाभाव गिंडीन्छ
भोक र भोगको तुवाँलोमा ब्यर्थै धसिंछ
पबित्र एवं अनुपम प्रेम त्यागको कैदमा थुनिन्छ
अनि भन्न मन हुन्छ ,
यो मन्दिर हो ,
त्यागको मन्दिर ,
खुसिको मन्दिर ,
प्रेमको मन्दिर ,
पुजाको मन्दिर
जहाँ भगवान हैन माया पुजिन्छ ..


- आ'बिष'

No comments: