Friday, February 16, 2018

मुक्तक : मन्त्र

माया-क्षमा सबकोलागि घृणा रहोस् शून्य
बिमल मन जीवनरत्न हो आँत लागोस्  पिउन
फक्रँदो रहेछ हिलोमा नै अनित्य शान्त पद्म मुस्काई
मन्त्र अर्हत्त्वको हो यहि, अतृप्ति रहोस् न्यून .

Wednesday, February 14, 2018

मुक्तक : भुङ्ग्रो


सानो छँदा ठूलो हुने हुट्हुटी
ठूलो भएसी बलापनमा फर्किने छट्पटी
मनको आगो परिस्थिती झन दन्काउँछ 
भुङ्ग्रोमा भुटिन्छ सपना भट्भटी ।

मुक्तक : जमाना

उ भन्छ मेरा सपना छ
उ भन्छ मेरा आकङ्क्षा छ
कोपिल निमोठ्न उद्दत जमानामा
उ भन्छ मेरा  चाहना छ ।

Tuesday, February 6, 2018

सूत्रकथा : घोषणापत्र

सूत्रकथा : घोषणापत्र

नेता जि झोक्किँदै पार्टीकार्यकर्तालाई सोध्छन, "हैन घोषणापत्रमा यो पाली के लेख्नुभाको थियो हँ ? सप्पैले हम्ले ढाँट्यौँ पो भन्दैछन् त ?"

Monday, February 5, 2018

मुक्तक : गलती

मुक्तक :
मनिसबाटै हुने हो गलती
सिक्ने एक बाटो हो गलती
रुग्णरोगी, महापाप, अभिशापी ठान्छन् पाखण्डी जमात
अनुभव मुनाउने बाग हो गलती  ।

#छोरीकोलागी
#mistakes_are_the_teacher