Friday, November 24, 2017

मुक्तक : गुह्य कुरो

हर द्रिश्य देखिन्छ जो, सत्य नहोला !
हर कथा सुनिन्छ जो, काथ्य नहोला !
गुह्य कुरो लुकाई ढाकी राखिन्छ, राख्दा नै बेस
हर पथ हिँडिन्छ जो पच्य नहोला ।।  

Wednesday, November 22, 2017

मुक्तक : स्वार्थ

कृष्ण छलिया महादेव छन् भोले
यशु झुन्डे क्रसमा अल्लाह पनि खै कहाँ बोले
बनेका हुन् धर्म तिमीबाटै, बन्यो सँस्कार पनि त्यहीँ
इश्वर-अल्लाह-यशु भनी स्वार्थको रोटी पोले 

मुक्तक : तिरस्कार

मुक्तक:
यहाँ हर साँझ एउटा सपना रेटिन्छ
भोक ज्ञानको तिरस्कारको भारिले मेटिन्छ
उस्का आशा के , मात्र हेराईलाई पनि
मन्दिर छिर्ला कि भनी बहिरै छेकिन्छ ।।
#जातपात #नक्कलिधर्म #स्वार्थ
-आ'बिष'

Monday, November 20, 2017

मुक्तक : घरीघरी

आकाशमा एउटा तारा छ जो मुस्काउँछ घरीघरी
हेरेको हो कि तिमीले भनी भान पर्छ घरीघरी
सँगै थियौ जब लाग्थ्यो त्यहीँ छौ नि जस्तो
दूर आकाशमा सजियौ अनी मन रुन्छ घरीघरी ।

#missyoubuwa #hajurbuwapyaro #muskantyo

Tuesday, November 14, 2017

कथा : दास

कालो अनुहार , कालै शरीर, केहीमात्र तर फाटेका लुगा अनी त्यही च्यातिएको ठाउँबाट चिहाइ रहेका शरीरभरी यत्रतत्र घाऊका टाटाहरु-खाटाहरु, रसिला सेता आँखा, भद्दालाग्ने मोटा ओठ केही भन्न खोजेझैं प्रतित हुने तर चलयमान शून्य - यस्तै थियो त्यहाँको हालत । त्यहाँ यानकी लिबियाको राजधानी ट्राइपोलीको एउटा कुनामा रहेको एक सानो दुईतल्ले घरको तल्लो छिँडीमा कोचिएर गुन्द्रुक भएका आप्रवासीहरु हालत । उनिहरु गुन्द्रुककै झैं अमिलो भावका साथ हामीलाई हेर्दै थिए, झिनो आशाका त्यन्द्रो समाएर ।

Friday, November 10, 2017

कविता : के यही हो त ?

~आविष्कार

हिजोलाई कुल्ची आजलाई मिल्काइ
गर्नु भोलीको पूजा इमानलाई सल्काइ
यही हो त के जीवनको प्रगती भनेको ?

लेखाइमा बराई, आफ्नालाई पराइ

मुक्तक : मन

मन मिलेपछी केही तार-बार हुँदैन
कोही झुपडी कोही दरबार हुँदैन
प्यास लाग्नु पर्छ धरामा जहिले 

Wednesday, November 8, 2017

मुक्तक : ट्राई

पुर्पुरो र दैव अमुक छन्, सबै हो कर्म
असन्तोषी अबिबेकी मन बुझ्दैन किन मर्म
अटल आशा, दौडिने

मुक्तक : लौरी


जिन्दगीरुपी मेलोको चिनारी हो चाउरी
मह काडुन जतीनै, अनव्रत बनाउँछे माहुरी
माया जोगाएको धन हो कि म्याराथन धावक ?

Tuesday, November 7, 2017

कविता : मलाई आकाश बनाइदेउ


निलो,
कालो,
रङ्गिन,
असिमित,
परिवर्तनमय,
आभासी,
चिसो,

मुक्तक : जूनी


कालकूट नै अमृत हो, शिवका लागि
मुस्कानको नाम हुन्न, यो सबैका लागि
जूनी मनुष्य

मुक्तक : तिम्रो नाम

मुक्तक :
प्रितको हुक्कामा तमाखु तिम्रो नामको
मायाको कसौँडीमा सनासो तिम्रो नामको
तिम्रो कड्के हेराईले दनदन बाल्यो मुटु
जिन्दगीको अगेनामा ओदान तिम्रो नामको ।

कविता : भ्रम


गरीबले नि पाल्छ
धनीले नि पाल्छ
विद्यार्थीले नि धान्छ
ब्यापारी नि मान्छ
जो कोही नि नतमस्तक
सबैले सकीनसकी पालेका छन्
सबैले त्यस्कैलागी फाल हालेका छन्

मुक्तक : कसिङ्गर

मुक्तक :
सुन्न सबैलाई पर्छ, गर्न आफ्नो मनको
गन्न सबैलाई पर्छ, त्यागेर द्वेषको रन्को
तल्लो या उपल्लो

मुक्तक : हिरा

मुक्तक :
श्रिखण्ड नघोटीई चन्दन बन्दैन
स्वर्ण अग्नीले नतपि शुद्ध बन्दैन
चाप, राप र समय

Wednesday, November 1, 2017

मुक्तक : समर्पण

मुक्तक :
तिम्रो प्रितको पर्वमा रङ्गिन भएर
मायाको दीप जलाई दिव्य भएर
जीवनको दैलोमा विश्वाश र समर्पण लिप्दै बाँचुँ
सगरलाई सजाउने लाली भएर ..