Tuesday, November 7, 2017

कविता : भ्रम


गरीबले नि पाल्छ
धनीले नि पाल्छ
विद्यार्थीले नि धान्छ
ब्यापारी नि मान्छ
जो कोही नि नतमस्तक
सबैले सकीनसकी पालेका छन्
सबैले त्यस्कैलागी फाल हालेका छन्
थाहा छ उनिहरुलाई
उपलब्धी छैन केही
नाशैनाश हो पाउने
तैपनी मरिहत्ते गरेर
त्यही सँग माया लाउने
बुझ्दैनन कोही
क्रोधले मती भ्रममा पर्छ
भ्रमले अहम गोड्छ
अहमले बुद्धी भ्रष्ट गर्छ
भ्रष्ट बुद्धीले बिबेक तोड्छ
मौलाएको अबिबेक मनको शान्ती हर्छ
अनी बौरिएर रोष, क्रोधको कोर्रा छोड्छ
अताल्लिएर जीवन
हतास हुँदै अरुमा दोष थोपर्छ ।   

No comments: