Friday, November 10, 2017

कविता : के यही हो त ?

~आविष्कार

हिजोलाई कुल्ची आजलाई मिल्काइ
गर्नु भोलीको पूजा इमानलाई सल्काइ
यही हो त के जीवनको प्रगती भनेको ?

लेखाइमा बराई, आफ्नालाई पराइ भावना च्याती, स्वार्थी छ गराई
यही हो त मानवताको तस्विर कोरेको ?

अनुहारमा पोतो, ओठमा हँसाई 
व्यवहारमा खोक्रो , बोलिमा डसाई
यही हो त मित्रताको हिरा फोरेको ?

जयकार सामुन्ने, पिठ्युँमा छुरा धसाइ
आलु खाने भालु, कालुलाई फँसाई
यही हो त साथको काहानी लेखेको ?

सम्बेगलाई त्यागी, आबेगको रजाइँ
लगनलाई त्यागी, भजनको गवाई 
यही हो त इमानको माला उनेको ?
 

No comments: