Friday, January 26, 2018

मुक्तक : नियति

भोक दन्केको बेला, ईश्वर घिउ हुन्छ
आशा जमेको बेला, शान्ती ठिउ हुन्छ
टुट्नु-फुट्नु-पिल्सिनु नै गरीबको नियति
जीवन बल्झेको बेला, कर्म बिउ हुन्छ । 

मुक्तक : बन्धन


पीडाको क्रन्दन
भोकको मर्दन
छुटोस् भन्छु बल्झन्छ झन्
जीवनको बन्धन ।

Monday, January 22, 2018

मुक्तक : भक्ती


तिम्रो नामबाट मात्र मेरो पहिचान हुन्छ
तिम्रो सफलताबाट मेरो क्षमता मापन हुन्छ
कोपिला निमोठेर फूललाई ल फक्र भन्छौ
तिम्रो पूजाबाट मात्र मेरो अपेक्षा प्रधान हुन्छ ।

Thursday, January 18, 2018

मुक्तक : साधना

मुक्तक :
यहाँ प्रश्न हज्जार तेर्सिएला
शब्दछर्रा निस्सार बर्सिएला
सुमार्ग व साधना ज्योतिर्पुञ्ज हो जीवनको, बिचार गर
भोकको क्षोभले निष्ठा पर्सिएला .
- आविष्कार