Sunday, March 25, 2018

लघुकथा : पञ्चक

लघुकथा : पञ्चक
~आविष्कार
 
"ल आज बिष्णु दाई नि गएछन् परम्धाम ।", चुक्चुकाउँदै काँशीले श्रीमतीलाई सुनायो ।
 
"३ महिना अगाडि कान्छा भिनाजु, लग्भग २ महिना अगाडि मढु दाइ, अनी त्यो घरको खैरे कुकुर नि मर्याथ्यो १ महिना अगी अब बिष्णु दाइ नि जानु भो", श्रीमतीले केही कुरा कहीँ लुके झैँ , केही कुरा जुगुल्टिएको झैं भनिन् । अनी केही कुरो खोल्दै भनिन् , "हैन केशव दाइ पञ्चक मै बितेका हैनन्, ५ जना लिएर गए जस्तो छन् तिनले त बुढा....कस्तो कुबेलामा बितेछन् ति त छ्याss ।"
 
काँशी आँखिभूईं खुम्च्याउँदै, कुरो मन नपरेको भावमा भने, "त्यसो भन् त मरेकालाई त समय पञ्चकको के दोष ? तँ मर्दैनस् हो ? मरेकालाई नि डस्न छाडेनन् बा ।" 
 
मार्च २५, २०१८