Thursday, January 14, 2021

मुक्तक : शिक्षा

 मुक्तक : शिक्षा
शिक्षकलाई जागिर पकाउनुको टण्टा छ  
विद्यार्थीलाई प्रमाणपत्र बकाउनुको टण्टा छ
शिक्षाको स्तर उँधो लम्किँदो छ निरन्तर, तैपनी
अगुवालाई मेरो-मेरा फकाउनुको टण्टा छ ।

Monday, January 11, 2021

चार हाइकु


जमेको ताल
भित्र चञ्चल माछा
गहिराईमा ।
************
सिमल भुवा
हावासँगै उड्दै छ
नवआँकुरा
**********

Wednesday, January 6, 2021

Muktak : ईतिहास

 देखाउछन भत्किएका ति दरवारले  
बताउञ्छन रित्तिएका ति घरबारले
कथा पूर्खाको जिवितै छ, ईतिहास
सम्झाउञ्छन बत्तिएका ति तरबारले

muktak : जिवनमा

 सबैको हुन्छ दु:ख जिवनमा
सबैको हुन्छ सुख जिवनमा
ढकमक्क छौ अहिले  भन्दैमा  
नचलाए हुन्छ मुख जिवनमा