Tuesday, April 30, 2019

मुक्तक : जीवनचक्र

मुक्तक
भाग्दैछ बादल आकाशमा यत्रतत्र
पानी खोजेको कि गन्तव्य सर्वत्र
नभेटेर पो हो कि केही खोजेको
बर्सिदिन्छ भारी भए टुङ्गाएर जीवनचक्र ।
4.30.2019

मुक्तक : अर्थ

मुक्तक
पहाड पछाडिबाट अनव्रत चिहाउँछ सूर्य
पहाड पछाडि आफैलाई लुकाउँछ सूर्य
लुकामारी खेल्दै समय मापन मिथ्या हो भनी
पहाड जस्तो जीवनको अर्थ सिकाउँछ सूर्य  ।
4.30.2019

मुक्तक : झरी

मुक्तक
कहीं पोखिएर झरना बनी दिन्छे  ऊ 
कहीं जमेर दह बनी दिन्छे ऊ
थुनिनु फुक्किनु जम्नु बग्नु मात्र परीचय उस्को
कहीं बर्सेर झरी बनी दिन्छे ऊ । 
4.30.2019

मुक्तक : बानी

मुक्तक
मनका कुरा मनमा थुनी
हजार आकाङ्क्षा पहरेदार चुनी
हाँसोमात्र रोप्छे मुटुहरु माझ
बानी छ उस्को एकान्तमा रुनी
4.30.2019

Friday, April 26, 2019

मुक्तक : मिलिजुली

मुक्तक
पुरीईहाल्यो पोखरी अब रानीमहल बनाउँला
छोरा छोरी परेड खेल्न टुंडिखेल लगौँला
धन्न भुईँचालो आयो सम्पदा खण्डहर आफै बने
मिलिजुली त्यहाँ तिम्रो शपिङमल बनाउँला ।
4.26.2019

Thursday, April 25, 2019

मुक्तक : बिकार

मुक्तक :
यहाँ सबैमा केही न केही कार छ
कोही साहित्यकार छ कोही कलाकार छ
नयाँ गर्ने उत्साह देखेर केही भन्दिन म
सबैमा तर आफ्नो बिकारको किन तिरस्कार छ ?
4/25/2019

मुक्तक : ताज

मुक्तक :
थिएँ म जहाँ तिमी उभिएको छौ आज
सोध्छौ के हो सुखी जिन्दगीको राज
खुल्ला मन, अटल आस्था र आत्मबोध नै त हो पथ
खोज तिमीमै सबै छ भुलेर 'म'को ताज ।
4/25/2019

मुक्तक : गर्भ

मुक्तक :
भोलीको सपना आमा बिर्सिउन् कसरी
अङ्कुरित ममता आमा बिर्सिउन् कसरी
सन्तान थियो त्यो उसैको जस्ले लात बजार्यो
तुहिएको गर्भ आमा बिर्सिउन् कसरी ।
4/25/2019

मुक्तक : मूल

मुक्तक :
पूर्खा स्वभूमी त्यागी बसाई सरे मेरो के गल्ती थियो
जमिनको भागबण्डा राजाले गरे मेरो के गल्ती थियो
जन्मिएँ ,माटो चिनें, मेरो माटो के भन्दै थिएँ
तेरो मूल हैन भनी लखेटिएँ मेरो के गल्ती थियो ?
4/25/2019

Wednesday, April 24, 2019

मुक्तक : विश्वाश

मुक्तक :
प्रितको मातमा रमाउँदै
आत्मियता भव्य कमाउँदै
जीवन फक्रियोस्, झ्याङ्गियोस् विश्वाश
पल-क्षण एकअर्कामा हराउँदै ।
4/24/2019

Friday, April 19, 2019

मुक्तक : बहार

मुक्तक :
निकै भएछ बागमा बहार नआएको
गुलाब बनी मनमा तिमी नमुस्काएको
मौसम फेरिए ऋतु फेरियो समय अबिरल बग्यो
भन बदली भई हरप्रहर किन यादमा छाएको ?
4.11.2019

Sunday, April 14, 2019

English Haiku #2

In the chess board
betrayed by shadow
checkmate.
***************
2019-4-14

लघुकथा : गाली

लघुकथा : गाली
~आविष्कार

धुन्मुन्निदै पर्खाल समत्दै रत्नदास बल्लतल्ल गल्ली को एउटा कुनामा पुग्यो ।

कतै हेरेन उस्ले, गल्लीले अन्धकारको लपक्क दोलाईं ओढेको थियो ।

Friday, April 12, 2019

मुक्तक : जिन्दगी

भोगाइहरु न हो
बोकाईहरु न हो
आखिर जिन्दगी पग्लिएर बग्ने
सोंचाइहरु न हो । 
-------------------
4-12-2019

Thursday, April 11, 2019

18 English haiku#1

Melancholic chatter
Fire wood rumbles
Rattling stomach.
.............
Shadow of sun
Fluttering earth
New creation.
..............
Growling wind
Unsettling doubt
Snapping folk tale.

Wednesday, April 3, 2019

मुक्तक : माया र रक्सी

मायाको ढाक्रो बजारमा सस्तै भो 
स्वाद मदिराको जिब्रोमा धस्तै गो
माया र रक्सीमा