Sunday, April 14, 2019

लघुकथा : गाली

लघुकथा : गाली
~आविष्कार

धुन्मुन्निदै पर्खाल समत्दै रत्नदास बल्लतल्ल गल्ली को एउटा कुनामा पुग्यो ।

कतै हेरेन उस्ले, गल्लीले अन्धकारको लपक्क दोलाईं ओढेको थियो ।

आफैमा आफू भेटे झैं त्यही कुनामा उस्ले आफूलाई रित्यायो, बमन र पिसाब निब्रित्त भएर ऊ खाली हुँदै गयो । पिसाब गर्दै गर्दा बगेर उस्को जुत्ता र पेन्टको मोता भिज्यो तर उस्ले पत्तै पाएन । पूर्ण निब्रित्त भएपछी ऊ अगीबध्न खोज्यो तर केहीमा लर्बरीएर-अल्झेर लड्यो र आफ्नै मूतमा हात टेक्न पुग्यो । नशा यती थियो कि उस्ले त्यो के हो थाह पाएन र गाली मात्र गर्‍यो, "यो कस्ले पानी पोखायो अँध्यारो गल्लीमा, मान्छे लड्यो भने ? काम नभाका वाहियात मुर्दारहरु ।"

4-14-2019

No comments: