Tuesday, October 17, 2017

गजल : याद छ

यादहरु धेरै याद छन्,सोध्छ्यौ के याद छ
निमेष गन्ने बानी छैन, सोध्छ्यौ के याद छ ?

हातको चुरा छन् छन् बजाउँदै
रेशमी कपाल मिलाएको याद छ

कविता : कुरा

कविता : कुरा
- आविष्कार .

उस्ले यो भन्यो
त्यस्ले त्यो भन्यो
जस्ले जे भन्यो
आखिर
कुरो न भन्यो
कुरोको कुरो बुझिनसक्नु
कुरो को चुरो खुट्ट्याइनसक्नु
कुराले कुरासँग कुरा गर्छ

गजल : लुक्दै आउँछौ

गजल :
हर साँझ तिमी लुक्दै आउँछौ
बोकेर नशालु समय झुक्दै आउँछौ

मायाको नदीमा बगाएर सबैलाई
लाजको डुङ्गामा आफू सुक्दै आउँछौ

Friday, October 13, 2017

कविता : दर्पण-छायाँ

कविता : दर्पण-छायाँ
----------------------------

चिहानघाटमा आज
घुम्दै एस्सो चिहाएको
दर्पण देखाउँदै
सुतीरहेको भूत
ध्यानमग्न बर्तमान 

Monday, October 9, 2017

मुक्तक : जीवन-मृत्‍यु

मुक्तक
जीवनको उद्देश्य बाँच्नु होईन रहेछ
असली जीवन त मृत्‍युलाई जित्नु रहेछ

मुक्तक : परीपुरक

जीवन घाम मृत्‍यु साया 
जीवन दर्पन मृत्‍यु छाँया
बद्नाम को छ र ? परीपुरक हुन् यि
जीवन आत्मा मृत्‍यु काया । 

Friday, October 6, 2017

कविता : घण्टा

कविता : घण्टा
------------------------------
ट्याङ-टुङ ट्यङ-टिङ गर्दै
बज्छ घण्टा मन्दिरमा
मधुर ध्वनी निकाल्दै
तर घण्टा पिटिईन्छ
हर्दम

कविता : बहुलाही

कविता : बहुलाही
- आविष्कार
ऊ मुसुक्क मुस्काइ
उठी 
अनी फेरी जोरले चिच्याई
सरापी
तथानाम गाली गरी
फेरी चटक्क बसी
यस्सो नेत्र कोणबाट उसैलाई हेरी
मुस्काइ अलिकती
र भनी
तिमी मेरो असल प्रेमी
मैले जे भने पनि
सुनी रहन्छौ
अटल विश्वाश छ

सूत्रकथा : प्रेम

सूत्रकथा : प्रेम
-----------------
- के तिमी मलाई प्रेम गर्छौ ?
- गर्छु, कुनै शङ्का ?
- गर्छौ भने मलाई उपहार किन दिँदैनौ त ?

सूत्रकथा : प्रेम

सूत्रकथा : प्रेम

-----------------
- हेर भनेको मान, मलाई प्रेम गर्छु भन नत्र !
- नत्र के ?

Thursday, October 5, 2017

सूत्रकथा : खेत


अब त खेत बाँझो राख्न पाइँदैन !! त्यसैले त प्लटिङ गरेर सप्पै बेच्ने तर्खर गरेको !

व्यङ्ग्य कविता : जोगिहरु

व्यङ्ग्य कविता : जोगिहरु
-----------------------------------------
पहेलो अलिकती
अलिकती गेरु वस्त्रले
छोपिएर कतै
त कतै नग्न भस्म मात्र ओडेर

व्यङ्ग्य कविता : तटस्थ

कुरा यताको चुसुक्क सुन्छु
एहे ! हो त नि भन्छु
उताको कुरो छसक्क चाख्छु
ओहो ! त्यै त है भन्छु
सही को ? को गलत ?

छोटो कविता : उल्झन

अलिकती रिस उम्लियो
अनी धेरै शब्द पोखियो
अली धेरै आवेग छछल्कियो, शायद
उत्तौलो अहमले अझै उफार्यो
उफार्यो अलिकती मोहले पनि