Tuesday, October 17, 2017

गजल : याद छ

यादहरु धेरै याद छन्,सोध्छ्यौ के याद छ
निमेष गन्ने बानी छैन, सोध्छ्यौ के याद छ ?

हातको चुरा छन् छन् बजाउँदै
रेशमी कपाल मिलाएको याद छ

लाजमा प्रित घोलेर गुलाबी कमलपत्रे आँखा
उठाउँदै बिस्तारै बिस्तारै हेरेको याद छ

हाँसु कि नहाँसु गर्दै अधर कमाउँदै
मन्द मद्होसी मुस्कान रित्याएको याद छ

हावाको मधुर स्पर्शले सुवास छर्दै
हर पल माधुर्यमा पग्लिएको याद छ

शिरबिन्दी बालसँग आलिङ्गन गर्दै
निधारको चुम्बनातुर भएको याद छ

परेली उठाउँदै लोचनमा लालिमा भर्दै
जीवनको लुनिभा पोखिएको याद छ

साथ अघी बढ्दै हातमा हात राखी सगर छुँदै
हरदम एक आत्मा एक सास भएर रमेको माद छ ।

No comments: