Tuesday, October 17, 2017

कविता : कुरा

कविता : कुरा
- आविष्कार .

उस्ले यो भन्यो
त्यस्ले त्यो भन्यो
जस्ले जे भन्यो
आखिर
कुरो न भन्यो
कुरोको कुरो बुझिनसक्नु
कुरो को चुरो खुट्ट्याइनसक्नु
कुराले कुरासँग कुरा गर्छ
कुरा सर्वपरी हो
कुरा सर्वस्व हो
कुराले कुरालाई हेपेर कुरो भन्छ
कुरोले हेप्यो भनेर कुरा गर्छ
सम्झौता गर्छ
धन्दामा लागेका कुराहरु
कुरा गर्छन्
मान्छे कुराको नराम्रो भन्दैछन् रे
कुरोमा कुरो गरेर
झूटलाई सत्य, सत्यलाई झूट भन्छन रे
कुराले मानिस अरु थिचेर
नियमहरु मिचेर
आफ्नो स्वार्थ सिँचेर
उन्मादमा तन्न घिचेर
कुरोको मर्म अनी अर्थको हत्या गरेछन् रे 
कुरोले मान्छेको कुरो नबुझेर
राइफल उठाउने कुरो गरेकाछन् रे
कुरै कुरामा कुराले आफ्नै पीडा
शब्दसँग पोखेर रोयो
शब्दले कुराको कुरै त हो
भनेर भूलिदियो । 

No comments: