Tuesday, October 17, 2017

गजल : लुक्दै आउँछौ

गजल :
हर साँझ तिमी लुक्दै आउँछौ
बोकेर नशालु समय झुक्दै आउँछौ

मायाको नदीमा बगाएर सबैलाई
लाजको डुङ्गामा आफू सुक्दै आउँछौ

जलाएर त्रसित कोमल मनहरु
फिलूङ्गो रुपको बोकी फुक्दै आउँछौ

कड्के नजरको धारमा प्रितलाई राख्दै
कहिले रेट्दै कहिले रुक्दै आउँछौ

आँखाका हूलहरुको मोहमा लुट्पुटिँदै
मुस्कानको सुगन्ध छर्दै ढुक्दै आउँछौ ।।

- आविष

No comments: