Thursday, October 5, 2017

छोटो कविता : उल्झन

अलिकती रिस उम्लियो
अनी धेरै शब्द पोखियो
अली धेरै आवेग छछल्कियो, शायद
उत्तौलो अहमले अझै उफार्यो
उफार्यो अलिकती मोहले पनि
बकुलाको झैं सम्यम राखेको भए
कतै त्यो समय मेरो साटो हाम्रो हुन्थ्यो कि ?
उल्झन प्रश्नचिन्ह लिएर लखेटी रहन्छ ।
- आ'बिष;

No comments: